< איוב 22 >
तब एलीपज तेमानीले जवाफ दिए र यसो भने,
הלאל יסכן-גבר-- כי-יסכן עלימו משכיל | 2 |
“के मानिस परमेश्वरको लागि उपयोगी हुन सक्छ र? के बुद्धिमान् मानिस उहाँको लागि उपयोगी हुन सक्छ र?
החפץ לשדי כי תצדק ואם-בצע כי-תתם דרכיך | 3 |
तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्छ भने, त्यो उहाँको लाभ हो र?
המיראתך יכיחך יבוא עמך במשפט | 4 |
तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?
הלא רעתך רבה ואין-קץ לעונתיך | 5 |
के तपाईंको दुष्टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?
כי-תחבל אחיך חנם ובגדי ערומים תפשיט | 6 |
किनकि विनाकारण तपाईंले आफ्नो भाइबाट ऋणको जमानत माग्नुभएको छ, अनि तपाईंले दरिद्रहरूको सबै लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुभएको छ ।
לא-מים עיף תשקה ומרעב תמנע-לחם | 7 |
थाकेका मानिसहरूलाई तपाईंले पानी पिउन दिनुभएको छैन । भोकाएका मानिसहरूले रोटी पाउन तपाईंले रोक्नुभएको छ ।
ואיש זרוע לו הארץ ונשוא פנים ישב בה | 8 |
तपाईं, शक्तिशाली मानिससित जग्गाजमिन भए पनि, तपाईं, इज्जतदार मानिस त्यसमा बसोबास गर्नुभए पनि,
אלמנות שלחת ריקם וזרעות יתמים ידכא | 9 |
तपाईंले विधवाहरूलाई रित्तो हात पठाउनुभएको छ । अनाथहरूका पाखुरा भाँचिएका छन् ।
על-כן סביבותיך פחים ויבהלך פחד פתאם | 10 |
त्यसकारण पासोहरू तपाईंको चारैतिर छन्, र एक्कासि आउने डरले तपाईंलाई कष्ट दिन्छ ।
או-חשך לא-תראה ושפעת-מים תכסך | 11 |
अन्धकार हुन्छ जसले गर्दा तपाईंले देख्न सक्नुहुन्न । पानीको भलले तपाईंलाई डुबाउँछ ।
הלא-אלוה גבה שמים וראה ראש כוכבים כי-רמו | 12 |
के परमेश्वर स्वर्गको उच्चमा हुनुहुन्न र? आकाशका ताराहरूको उच्चता हेर्नुहोस्, ती कति उच्चमा छन्!
ואמרת מה-ידע אל הבעד ערפל ישפוט | 13 |
तपाईं भन्नुहुन्छ, 'परमेश्वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्नहुन्छ र?
עבים סתר-לו ולא יראה וחוג שמים יתהלך | 14 |
उहाँले हामीलाई देख्न नसकून् भनेर बाक्ला बादलहरूले उहाँलाई घेरेका छन् । उहाँ आकाशको चक्रमा हिंड्नुहुन्छ ।'
הארח עולם תשמור-- אשר דרכו מתי-און | 15 |
दुष्ट मानिसहरू हिंडेका पुरानै मार्गमा, तपाईं पनि हिंड्नुहुन्छ र—
אשר-קמטו ולא-עת נהר יוצק יסודם | 16 |
तिनीहरूको समय हुनुअगि नै तिनीहरूको जीवन लिइयो, तिनीहरूका जगहरू नदीले झैं बगाएर लगेको छ,
האמרים לאל סור ממנו ומה-יפעל שדי למו | 17 |
जसले परमेश्वरलाई यसो भने, 'हामीबाट जानुहोस्, ' जसले यसो भने, 'सर्वशक्तिमान्ले हामीलाई के गर्न सक्नुहुन्छ र?'
והוא מלא בתיהם טוב ועצת רשעים רחקה מני | 18 |
तापनि उहाँले तिनीहरूका घरहरू असल कुराहरूले भर्नुभयो । दुष्ट मानिसहरूका योजनाहरू मबाटै धेरै टाढा छन् ।
יראו צדיקים וישמחו ונקי ילעג-למו | 19 |
धर्मी मानिसहरूले तिनीहरूको सुदिन देख्छन्, र खुसी हुन्छन् । निर्दोष मानिसहरूले हाँसेर तिनीहरूको उपहास गर्छन् ।
אם-לא נכחד קימנו ויתרם אכלה אש | 20 |
तिनीहरू भन्छन्, 'निश्चय नै हाम्रो विरुद्धमा उठ्नेहरू त्यागिएका छन् । आगोले तिनीहरूको धन-सम्पत्ति भस्म पारेको छ ।'
הסכן-נא עמו ושלם בהם תבואתך טובה | 21 |
अब परमेश्वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्यसरी तपाईंकहाँ भलाइ आउनेछ ।
קח-נא מפיו תורה ושים אמריו בלבבך | 22 |
म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्नो हृदयमा जम्मा गर्नुहोस् ।
אם-תשוב עד-שדי תבנה תרחיק עולה מאהלך | 23 |
तपाईं सर्वशक्तिमान्कहाँ फर्कनुहुन्छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्नुहुन्छ भने, तपाईंको निर्माण हुनेछ ।
ושית-על-עפר בצר ובצור נחלים אופיר | 24 |
आफ्नो खजाना भुइँको धूलोमा, ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा फाल्नुहोस्,
והיה שדי בצריך וכסף תועפות לך | 25 |
अनि सर्वशक्तिमान् तपाईंको खजाना, तपाईंको बहुमूल्य चाँदी बन्नुहुनेछ ।
כי-אז על-שדי תתענג ותשא אל-אלוה פניך | 26 |
किनकि त्यसपछि तपाईं सर्वशक्तिमान्मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्वरमा उचाल्नुहुनेछ ।
תעתיר אליו וישמעך ונדריך תשלם | 27 |
तपाईंले आफ्नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्ती सुन्नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ ।
ותגזר-אמר ויקם לך ועל-דרכיך נגה אור | 28 |
तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्ति त्यो कुरो पुरा हुनेछ । तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ ।
כי-השפילו ותאמר גוה ושח עינים יושע | 29 |
परमेश्वरले घमण्डी मानिसलाई निम्न स्तरमा झर्नुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।
ימלט אי-נקי ונמלט בבר כפיך | 30 |
जो निर्दोष छैन त्यो मानिसलाई पनि उहाँले छुटकारा दिनुहुन्छ । तपाईंका हातको शुद्धताले गर्दा तिनीहरूले छुटकारा पाउनेछन् ।”