< איוב 18 >

ויען בלדד השחי ויאמר 1
तब बिल्दद शुहीले जवाफ दिए र भने,
עד-אנה תשימון קנצי למלין תבינו ואחר נדבר 2
“आफ्नो कुरा तपाईं कहिले बन्द गर्नुहुन्छ? विचार गर्नुहोस्, र त्यसपछि हामी बोल्नेछौं ।
מדוע נחשבנו כבהמה נטמינו בעיניכם 3
तपाईंको दृष्‍टिमा हामीलाई किन जङ्गली पशुहरू जस्‍तै मूर्ख छौं?
טרף נפשו באפו הלמענך תעזב ארץ ויעתק-צור ממקמו 4
तपाईंले आफ्नो रिसमा आफैलाई छिया-छिया पार्नुहुन्छ, के तपाईंको निम्‍ति पृथ्वीलाई त्यागिदिने? वा चट्टानहरूलाई तिनीहरूका ठाउँबाट हटाइदिने?
גם אור רשעים ידעך ולא-יגה שביב אשו 5
वास्तवमा दुष्‍ट व्यक्तिको बत्ती निभाइनेछ । उसको आगोको ज्वाला बल्नेछैन ।
אור חשך באהלו ונרו עליו ידעך 6
उसको पालमा ज्योति नै अँध्यारो हुनेछ । ऊमाथि रहेको उसको बत्ती निभाइनेछ ।
יצרו צעדי אונו ותשליכהו עצתו 7
उसको शक्तिका पाइलाहरू छोटा बनाइनेछन् । उसका आफ्नै योजनाहरूले उसलाई तल पार्नेछन् ।
כי-שלח ברשת ברגליו ועל-שבכה יתהלך 8
किनकि उसको आफ्नै खुट्टाले उसलाई जालमा फल्‍नेछ । ऊ खल्‍डोतिर भौंतारिंदै जानेछ ।
יאחז בעקב פח יחזק עליו צמים 9
पासोले त्यसलाई कुर्कुच्‍चोमा समात्‍ने छ । जालले त्यसलाई पसाउनेछ ।
טמון בארץ חבלו ומלכדתו עלי נתיב 10
उसको लागि जमिनमा एउटा पासो लुकाइएको छ । अनि एउटा पासोले उसलाई समात्‍नेछ ।
סביב בעתהו בלהות והפיצהו לרגליו 11
त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्‍नेछन् ।
יהי-רעב אנו ואיד נכון לצלעו 12
उसको धन-सम्पत्तिले भोकमा पुर्‍याउनेछ, र विपत्तिले उसको छेउमै पर्खिनेछ ।
יאכל בדי עורו יאכל בדיו בכור מות 13
उसको शरीरका अंगहरू नष्‍ट पारिनेछन् । वास्तवमा, मृत्युको जेठो सन्तानले उसका अंगहरू निल्नेछ ।
ינתק מאהלו מבטחו ותצעדהו למלך בלהות 14
आफ्‍नो पालको सुरक्षाबाट उसलाई घिस्‍याइन्‍छ, र त्रासको राजाकहाँ लगिन्‍छ ।
תשכון באהלו מבלי-לו יזרה על-נוהו גפרית 15
अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्‍ने छैनन् ।
מתחת שרשיו יבשו וממעל ימל קצירו 16
उसका जराहरू तलतिरका नै सुक्‍नेछन् । माथिको उसको हाँगा काटिनेछ ।
זכרו-אבד מני-ארץ ולא-שם לו על-פני-חוץ 17
पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।
יהדפהו מאור אל-חשך ומתבל ינדהו 18
उसलाई उज्यालोबाट अँध्यारोमा धपाइनेछ, र यस संसारबाट लखेटिनेछ ।
לא נין לו ולא-נכד בעמו ואין שריד במגוריו 19
उसका मानिसका बिचमा उसको छोरो वा नाति हुनेछैन, न त ऊ बसेको ठाउँमा कुनै आफन्त हुनेछ ।
על-יומו נשמו אחרנים וקדמנים אחזו שער 20
एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।
אך-אלה משכנות עול וזה מקום לא-ידע-אל 21
निश्‍चय नै अधर्मी मानिसहरूका घरहरू यस्तै हुन्‍छन् । परमेश्‍वरलाई नचिन्‍नेहरूका ठाउँहरू यस्तै हुने छन् ।

< איוב 18 >