< איוב 15 >
ויען אליפז התימני ויאמר | 1 |
तब एलीपज तेमानीले जवाफ दिए र भने,
החכם יענה דעת-רוח וימלא קדים בטנו | 2 |
“के बुद्धिमान् मानिसले व्यर्थको ज्ञानले जवाफ दिनू? र के आफैलाई पूर्वीय बतासले भर्नू?
הוכח בדבר לא-יסכון ומלים לא-יועיל בם | 3 |
के उहाँले बेफाइदाका कुराले, अनि आफूले भलो गर्न नसक्ने बोलीले तर्क गर्नू?
אף-אתה תפר יראה ותגרע שיחה לפני-אל | 4 |
वास्तवमा तपाईंले परमेश्वरको आदर घटाउनुहुन्छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।
כי יאלף עונך פיך ותבחר לשון ערומים | 5 |
किनकि तपाईंको अधर्मले तपाईंको मुखलाई सिकाउँछ । धूर्त मानिसको जिब्रो तपाईंले रोज्नुभयो ।
ירשיעך פיך ולא-אני ושפתיך יענו-בך | 6 |
तपाईंको आफ्नै मुखले तपाईंलाई दोषी ठहराउँछ, मेरो होइन । वास्तवमा, तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा बोल्छ ।
הראישון אדם תולד ולפני גבעות חוללת | 7 |
जन्मेकामध्ये पहिलो मानिस तपाईं नै हुनुहुन्छ र? पहाडहरूभन्दा पहिले तपाईंलाई बनाइएको हो र?
הבסוד אלוה תשמע ותגרע אליך חכמה | 8 |
तपाईंले परमेश्वरको ज्ञानको गुप्त कुरा सुन्नुभएको छ? तपाईंले बुद्धिलाई आफूमा मात्रै सीमित गर्नुहुन्छ र?
מה-ידעת ולא נדע תבין ולא-עמנו הוא | 9 |
तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्नुहुन्छ, जुन हामीमा पनि नभएको होस्?
גם-שב גם-ישיש בנו-- כביר מאביך ימים | 10 |
कपाल फुलेका र पाका दुवै मानिसहरू हामीसित छन्, जो तपाईंका पिताभन्दा ज्यादै वृद्ध छन् ।
המעט ממך תנחומות אל ודבר לאט עמך | 11 |
परमेश्वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्यादै तुच्छ छन् र?
מה-יקחך לבך ומה-ירזמון עיניך | 12 |
तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?
כי-תשיב אל-אל רוחך והצאת מפיך מלין | 13 |
जसले गर्दा आफ्नो आत्मालाई तपाईंले परमेश्वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्नुहुन्छ?
מה-אנוש כי-יזכה וכי-יצדק ילוד אשה | 14 |
मानिस के हो र ऊ शुद्ध हुनुपर्यो? स्त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्यो?
הן בקדשו לא יאמין ושמים לא-זכו בעיניו | 15 |
हेर्नुहोस्, परमेश्वरले आफ्ना पवित्र जनमाथि पनि भरोसा राख्नुहुन्न । वास्तवमा उहाँको दृष्टिमा स्वर्ग पनि शुद्ध छैन ।
אף כי-נתעב ונאלח איש-שתה כמים עולה | 16 |
घृणित र भ्रष्ट व्यक्ति झन् कति कम शुद्ध होला, एक जना मानिस जसले अधर्मलाई पानीझैं पिउँछ।
אחוך שמע-לי וזה-חזיתי ואספרה | 17 |
म तपाईंलाई देखाउनेछु । मेरो कुरा सुन्नुहोस् । मैले देखेका कुराहरू म तपाईंलाई घोषणा गर्नेछु,
אשר-חכמים יגידו ולא כחדו מאבותם | 18 |
बुद्धिमान् मानिसहरूले आफ्ना पुर्खाहरूबाट हस्तान्त्रण गरेका कुरा, तिनीहरूका पुर्खाहरूले नलुकाएका कुरा भन्नेछु ।
להם לבדם נתנה הארץ ולא-עבר זר בתוכם | 19 |
यी तिनीहरूका पुर्खाहरू थिए, जसलाई मात्र यो देश दिइएको थियो, र जसका बिचमा कुनै विदेशी बसेन ।
כל-ימי רשע הוא מתחולל ומספר שנים נצפנו לעריץ | 20 |
दुष्टहरू आफ्नो जीवनकालभरि नै दुःखमा पर्छन् । दुःख पाउनलाई अत्याचारीहरूका लागि वर्षका सङ्ख्या तोकिएका छन् ।
קול-פחדים באזניו בשלום שודד יבואנו | 21 |
उसका कानमा त्रासको सोर सुनिन्छ । उसको उन्नति हुँदा नै विनाशक उसमा आउनेछ ।
לא-יאמין שוב מני-חשך וצפו (וצפוי) הוא אלי-חרב | 22 |
अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।
נדד הוא ללחם איה ידע כי-נכון בידו יום-חשך | 23 |
ऊ रोटी खोज्दै विभिन्न ठाउँमा यसो भन्दै जान्छ, ‘खोई त्यो कहाँ छ?' अन्धकारको समय नजिक आएको छ भनी उसलाई थाहा छ ।
יבעתהו צר ומצוקה תתקפהו כמלך עתיד לכידור | 24 |
निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्व जमाउँछन् ।
כי-נטה אל-אל ידו ואל-שדי יתגבר | 25 |
परमेश्वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,
ירוץ אליו בצואר בעבי גבי מגניו | 26 |
यो दुष्ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्वरलाई आक्रमण गर्न दौडन्छ ।
כי-כסה פניו בחלבו ויעש פימה עלי-כסל | 27 |
आफ्नो अनुहार आफ्नो बोसोले ढाकेको, अनि आफ्नो कम्मरमा बोसो जाम्मा गरेको भए पनि,
וישכון ערים נכחדות--בתים לא-ישבו למו אשר התעתדו לגלים | 28 |
र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।
לא-יעשר ולא-יקום חילו ולא-יטה לארץ מנלם | 29 |
ऊ धनी हुनेछैन । उसको धन-सम्पत्ति टिक्नेछैन, र उसका धनदौलत देशमा फैलिनेछैन ।
לא-יסור מני-חשך--ינקתו תיבש שלהבת ויסור ברוח פיו | 30 |
उसले अन्धकारबाट छुटकारा पाउनेछैन । ज्वालाले उसका हाँगाहरूलाई सुकाउनेछ । परमेश्वरको मुखको सासले ऊ मर्नेछ ।
אל-יאמן בשו נתעה כי-שוא תהיה תמורתו | 31 |
आफैलाई धोका दिंदै उसले व्यर्थका कुराहरूमा भरोस नगरोस् । किनभने व्यर्थका कुरा त्यसको इनाम हुनेछ ।
בלא-יומו תמלא וכפתו לא רעננה | 32 |
उसको मर्ने समयभन्दा पहिले नै यसो हुनेछ । उसको हाँगा हरियो हुनेछैन ।
יחמס כגפן בסרו וישלך כזית נצתו | 33 |
नपाकेका अङ्गुर झरेझैं ऊ झर्नेछ । भद्राक्षको बोटबाट फुलहरू झरेझैं ऊ जर्नेछ ।
כי-עדת חנף גלמוד ואש אכלה אהלי-שחד | 34 |
किनकि ईश्वरहीन मानिसहरूको समूह बाँझो हुनेछ । तिनीहरूको घुसका पालहरूलाई आगोले भष्म पार्नेछ ।
הרה עמל וילד און ובטנם תכין מרמה | 35 |
तिनीहरूले बदमासी गर्भाधारण गर्छन् र अधर्मलाई जन्म दिन्छन् । तिनीहरूको गर्भले धोकालाई ठाउँ दिन्छ ।