< איוב 11 >

ויען צפר הנעמתי ויאמר 1
सोपर नमातीले जवाफ दिए र यसो भने,
הרב דברים לא יענה ואם-איש שפתים יצדק 2
“यति धेरै शब्‍दका जवाफ दिनुहुँदैन र? धेरै बोल्‍ने यी मानिसलाई विश्‍वास गर्नुपर्छ र?
בדיך מתים יחרישו ותלעג ואין מכלם 3
तपाईंको अहङ्कारले अरूलाई मौन बनाउनुपर्छ र? तपाईंले खिसी गर्नुहुँदा, कसैले तपाईंलाई लाजमा पार्नेछैन र?
ותאמר זך לקחי ובר הייתי בעיניך 4
किनकि तपाईं परमेश्‍वरलाई भन्‍नुहुन्छ, 'मेरो विश्‍वास शुद्ध छ; तपाईंको दृष्‍टिमा म दोषरहित छु ।'
ואולם--מי יתן אלוה דבר ויפתח שפתיו עמך 5
तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।
ויגד-לך תעלמות חכמה-- כי-כפלים לתושיה ודע-- כי-ישה לך אלוה מעונך 6
उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।
החקר אלוה תמצא אם עד-תכלית שדי תמצא 7
परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ?
גבהי שמים מה-תפעל עמקה משאול מה-תדע (Sheol h7585) 8
यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्‍नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्‍न सक्‍नुहुन्छ? (Sheol h7585)
ארכה מארץ מדה ורחבה מני-ים 9
यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ ।
אם-יחלף ויסגיר ויקהיל ומי ישיבנו 10
उहाँ आउनुहुन्‍छ र कसैलाई थुन्‍नुहुन्‍छ, र कसैलाई इन्‍साफको लागि बोलाउनुहुन्‍छ भने, कसले उहाँलाई रोक्‍न सक्छ र?
כי-הוא ידע מתי-שוא וירא-און ולא יתבונן 11
किनकि झुटा मानिसहरूलाई उहाँले चिन्‍नुहुन्छ । जब उहाँले अधर्म देख्‍नुहुन्‍छ, तब उहाँले त्‍यो ख्याल गर्नुहुन्‍न र?
ואיש נבוב ילבב ועיר פרא אדם יולד 12
तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन् ।
אם-אתה הכינות לבך ופרשת אליו כפיך 13
तर मानौँ, तपाईंले आफ्नो हृदय ठिक राखेको भए, र आफ्ना हात परमेश्‍वरतिर फैलाएको भए,
אם-און בידך הרחיקהו ואל-תשכן באהליך עולה 14
मानौँ, अधर्म तपाईंको हातमा थियो, तर त्‍यसलाई तपाईंले आफूबाट टाढा पुर्‍याएको भए, अनि तपाईंका पालहरूभित्र अधार्मिकतालाई बस्‍न नदिएको भए ।
כי-אז תשא פניך ממום והיית מצק ולא תירא 15
तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।
כי-אתה עמל תשכח כמים עברו תזכר 16
तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्‍यो । तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्‍यो ।
ומצהרים יקום חלד תעפה כבקר תהיה 17
तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्‍थ्‍यो । त्‍यहाँ अँध्यारो भए पनि, त्‍यो बिहानजस्तै हुन्‍थ्‍यो ।
ובטחת כי-יש תקוה וחפרת לבטח תשכב 18
त्‍यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्‍थ्‍यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्‍थ्‍यो र तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो ।
ורבצת ואין מחריד וחלו פניך רבים 19
साथै, तपाईं विश्राममा पल्टनुहुन्‍थ्‍यो, र कसैले तपाईंलाई भयभीत पार्दैनथ्‍यो । वास्तवमा धेरैले तपाईंको निगाह खोज्‍थे ।
ועיני רשעים תכלינה ומנוס אבד מנהם ותקותם מפח-נפש 20
तर दुष्‍ट मानिसहरूका आँखा चुक्‍नेछन् । भाग्‍नलाई तिनीहरूको कुनै बाटो हुनेछैन । तिनीहरूको एक मात्र आशा जीवनको आखिरी सुस्केरा हुनेछ ।”

< איוב 11 >