< ישעה 13 >
משא בבל--אשר חזה ישעיהו בן אמוץ | 1 |
बेबिलोन बारेमा आमोजका छोरा यशैयाले प्राप्त गरेका घोषणाः
על הר נשפה שאו נס הרימו קול להם הניפו יד ויבאו פתחי נדיבים | 2 |
नाङ्गो पहाडमाथि चिन्हका झण्डाहरू खडा गर, तिनका निम्ति उच्च सोरले कराओ, भारदारहरूका ढोकाहरूमा जानलाई हातले इशारा गर ।
אני צויתי למקדשי גם קראתי גבורי לאפי עליזי גאותי | 3 |
मेरो पवित्र जनलाई मैले आज्ञा गरेको छु, हो, मेरो क्रोध पुरा गर्न आफ्ना शक्तिशाली मानिसहरूलाई, गर्भका साथ आनन्दित हुने मेरो जनलाई समेत मैले बोलाएको छु ।
קול המון בהרים דמות עם רב קול שאון ממלכות גוים נאספים--יהוה צבאות מפקד צבא מלחמה | 4 |
पर्वतहरूमा एउटा भीडको जस्तो धेरै जना मानिसहरूको हल्ला! धेरै जातिहरू भेला भएका राज्यहरूको होहल्लाको आवाज! सर्वशक्तिमान् परमप्रभुले युद्धका निम्ति फौज भेला पार्दै हुनुहुन्छ ।
באים מארץ מרחק מקצה השמים יהוה וכלי זעמו לחבל כל הארץ | 5 |
तिनीहरू टाढा देशहरूबाट, क्षितिज परको बाटोबाट आउँछन् । परमप्रभुले आफ्नो न्यायको माध्यामले सम्पूर्ण देशलाई नाश गर्नुहुन्छ ।
הילילו כי קרוב יום יהוה כשד משדי יבוא | 6 |
डाँको छोडेर रोओ, किनकि परमप्रभुको दिन नजिकै छ । यो सर्वशक्तिमान्बाट विनाशसँगै आउँछ ।
על כן כל ידים תרפינה וכל לבב אנוש ימס | 7 |
यसकारण सबै हात कमजोर हुन्छन् र हरेक मुटुले ठाउँ छोड्छ ।
ונבהלו--צירים וחבלים יאחזון כיולדה יחילון איש אל רעהו יתמהו פני להבים פניהם | 8 |
तिनीहरू त्रसित हुनेछन् । प्रसव वेदनामा परेकी स्त्रलाई झै तिनीहरूलाई पीडा र वेदनाले समात्छ । तिनीहरूले चकित हुँदै एकअर्कालाई हेर्नेछन् । तिनीहरूका अनुहारहरू राता हुनेछन् ।
הנה יום יהוה בא אכזרי ועברה וחרון אף--לשום הארץ לשמה וחטאיה ישמיד ממנה | 9 |
हेर, देशलाई विनाश पार्न र त्यसबाट पापीहरूलाई नाश पार्न, परमप्रभुको दिन निर्दयी क्रोध र प्रचूर रिस लिएर आउँछ ।
כי כוכבי השמים וכסיליהם לא יהלו אורם חשך השמש בצאתו וירח לא יגיה אורו | 10 |
आकाशका ताराहरू र तारा पुन्जहरूले आफ्ना प्रकाश दिनेछैनन् । बिहानैदेखि सूर्य नै अध्याँरो हुनेछ र चन्द्रमा चम्कनेछैन ।
ופקדתי על תבל רעה ועל רשעים עונם והשבתי גאון זדים וגאות עריצים אשפיל | 11 |
संसारलाई त्यसको दुष्टताको निम्ति अनि दुष्टहरूलाई तिनीहरूका अपराधको निम्ति म सजाय दिनेछु । घमण्डीको अहङ्कारलाई म अन्त गर्नेछु र निर्दयीको अहङ्कारलाई तल खसाल्नेछु ।
אוקיר אנוש מפז ואדם מכתם אופיר | 12 |
मानिसहरूलाई निखुर सुनभन्दा पनि दुर्लभ र मानवजाति भेट्न ओपीरको शुद्ध सुनभन्दा पनि कठिन म बनाउनेछु ।
על כן שמים ארגיז ותרעש הארץ ממקומה--בעברת יהוה צבאות וביום חרון אפו | 13 |
यसकारण सर्वशक्तिमान् परमभुको डरलाग्दो क्रोध र उहाँको प्रचण्ड रिसको दिनमा, आकाशलाई म हल्लाउनेछु, र पृथ्वी आफ्नो ठाउँमा हल्लिनेछ ।
והיה כצבי מדח וכצאן ואין מקבץ איש אל עמו יפנו ואיש אל ארצו ינוסו | 14 |
लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्नेछ ।
כל הנמצא ידקר וכל הנספה יפול בחרב | 15 |
भेट्टाइएका हरेक व्यक्तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्यक्ति तरवारले मर्नेछ ।
ועלליהם ירטשו לעיניהם ישסו בתיהם ונשיהם תשגלנה (תשכבנה) | 16 |
तिनीहरू दूधे बालकहरूलाई पनि तिनीहरूकै आँखाको सामु पछारेर टुक्रा-टुक्रा पारिनेछ । तिनीहरूका घरहरू लुटिनेछ र तिनीहरूका पत्नीहरूलाई बलत्कार गरिनेछ ।
הנני מעיר עליהם את מדי אשר כסף לא יחשבו וזהב לא יחפצו בו | 17 |
हेर, तिनीहरूलाई आक्रमण गर्न मैले मादीहरूलाई उक्साउनै लागेको छु, जसले चाँदीको ख्याल गर्दैनन् न त तिनीहरू सुनमा नै खुसी हुन्छन् ।
וקשתות נערים תרטשנה ופרי בטן לא ירחמו על בנים לא תחוס עינם | 18 |
तिनीहरूका धनुले जवान मानिसहरूलाई प्रहार गर्नेछ । तिनीहरूले दूधे बालकहरूलाई दया देखाउँदैनन् र तिनीहरूले बालबालिकालाई दया देखाउँदैनन् ।
והיתה בבל צבי ממלכות תפארת גאון כשדים כמהפכת אלהים את סדם ואת עמרה | 19 |
त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्वरले सदोम र गमोरालाई झैं नष्ट पार्नुहुनेछ ।
לא תשב לנצח ולא תשכן עד דור ודור ולא יהל שם ערבי ורעים לא ירבצו שם | 20 |
पुस्तौं-पुस्तासम्म त्यसमा कोही बसोवास गर्नेछैनन् । अरबीले त्यहाँ आफ्नो पाल टाँग्नेछैन, न त गोठालाहरूले आफ्ना बगालहरूलाई त्यहाँ विश्राम गराउनेछन् ।
ורבצו שם ציים ומלאו בתיהם אחים ושכנו שם בנות יענה ושעירים ירקדו שם | 21 |
तर मरूभुमिका जङ्गली पशुहरू त्यहाँ बस्नेछन् । तिनीहरूका घरहरू लाटोकोसेराले भरिनेछन् । सुतुर्मुगहरू र घोरलहरू त्यहाँ उफ्रनेछन् ।
וענה איים באלמנותיו ותנים בהיכלי ענג וקרוב לבוא עתה וימיה לא ימשכו | 22 |
तिनीहरूका किल्लाहरूमा हुँडारहरू कराउनेछन् र तिनीहरूका सुन्दर दरबारहरूमा स्यालहरू हुनेछन् । त्यसको समय नजिकै छ र त्यसका दिनहरू बिलम्व हुनेछैनन् ।