< הושע 9 >
אל תשמח ישראל אל גיל כעמים כי זנית מעל אלהיך אהבת אתנן על כל גרנות דגן | 1 |
ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ । किनकि आफ्ना परमेश्वरलाई त्यागेर, तिमीहरूले विश्वासहीन भएका छौ । अन्नका सबै खलामा वेश्यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ ।
גרן ויקב לא ירעם ותירוש יכחש בה | 2 |
तर अन्नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन ।
לא ישבו בארץ יהוה ושב אפרים מצרים ובאשור טמא יאכלו | 3 |
तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्शूरमा अशुद्ध भोजन खानेछन् ।
לא יסכו ליהוה יין ולא יערבו לו--זבחיהם כלחם אונים להם כל אכליו יטמאו כי לחמם לנפשם לא יבוא בית יהוה | 4 |
तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्न तुल्याउनेछन् । तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ । जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन् । किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ । त्यो परमप्रभुको मन्दिरमा आउनेछैन ।
מה תעשו ליום מועד וליום חג יהוה | 5 |
तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ?
כי הנה הלכו משד מצרים תקבצם מף תקברם מחמד לכספם קמוש יירשם חוח באהליהם | 6 |
किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।
באו ימי הפקדה באו ימי השלם--ידעו ישראל אויל הנביא משגע איש הרוח--על רב עונך ורבה משטמה | 7 |
दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
צפה אפרים עם אלהי נביא פח יקוש על כל דרכיו--משטמה בבית אלהיו | 8 |
अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्वरको निम्ति रेखदेख गर्ने व्यक्ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्यसको परमेश्वरको मन्दिरमा त्योप्रति शत्रुता छ ।
העמיקו שחתו כימי הגבעה יזכור עונם יפקוד חטאותם | 9 |
गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्ट पारेका छन् । तिनीहरूको अधर्म परमेश्वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ ।
כענבים במדבר מצאתי ישראל--כבכורה בתאנה בראשיתה ראיתי אבותיכם המה באו בעל פעור וינזרו לבשת ויהיו שקוצים כאהבם | 10 |
परमप्रभु भन्नुहुन्छ, “मैले इस्राएललाई भेट्टाउँदा, त्यो उजाड-स्थानमा दाख पाएको जस्तै थियो । नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्टाएँ । तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्जास्पद मूर्तिकहाँ अर्पण गरे । तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए ।
אפרים כעוף יתעופף כבודם מלדה ומבטן ומהריון | 11 |
एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ । त्यहाँ कुनै जन्म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन ।
כי אם יגדלו את בניהם ושכלתים מאדם כי גם אוי להם בשורי מהם | 12 |
तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु । तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्कार होस् ।
אפרים כאשר ראיתי לצור שתולה בנוה ואפרים להוציא אל הרג בניו | 13 |
मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्या गर्नेछ ।”
תן להם יהוה מה תתן תן להם רחם משכיל ושדים צמקים | 14 |
हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस् ।
כל רעתם בגלגל כי שם שנאתים על רע מעלליהם מביתי אגרשם לא אוסף אהבתם כל שריהם סררים | 15 |
“तिनीहरूले गिलगालमा गरेका सबै दुष्टताका कारणले, तिनीहरूलाई मैले त्यहाँ घृणा गर्न सुरु गरें । तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्दिरबाट म तिनीहरूलाई धपाउनेछु । म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ । तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन् ।
הכה אפרים--שרשם יבש פרי בלי (בל) יעשון גם כי ילדון והמתי מחמדי בטנם | 16 |
एफ्राइम रोगले ग्रस्त भएको छ, र तिनीहरूको जरा सुकेका छ । तिनीहरूले फल दिंदैनन् । तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु ।”
ימאסם אלהי כי לא שמעו לו ויהיו נדדים בגוים | 17 |
मेरा परमेश्वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन् । जातिहरूका बिचमा तिनीहरू फिरन्तेहरू हुनेछन् ।