< הושע 6 >

לכו ונשובה אל יהוה כי הוא טרף וירפאנו יך ויחבשנו 1
“आओ, हामी परमप्रभुतर्फ फर्कौं । किनकि उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ । उहाँले हामीलाई घाइते बनाउनुभएको छ, तर उहाँले हाम्रो घाउमा पट्‍टी लगाउनुहुनेछ ।
יחינו מימים ביום השלישי יקמנו ונחיה לפניו 2
दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ । तेस्रो दिनमा उहाँले हामीलाई उठाउनुहुनेछ, र हामीहरू उहाँको सामु जिउनेछौं ।
ונדעה נרדפה לדעת את יהוה כשחר נכון מצאו ויבוא כגשם לנו כמלקוש יורה ארץ 3
हामी परमप्रभुलाई चिनौं । परमप्रभुलाई चिन्‍नुपर्ने दवावमा हामी परौं । झिसमिसे बिहानीझैं उहाँको आगमन निश्‍चित छ । उहाँ हामीकहाँ झरीझैं, जमिनलाई भिजाउने बसन्‍त ऋतुको झरीझैं आउनुहुनेछ ।”
מה אעשה לך אפרים מה אעשה לך יהודה וחסדכם כענן בקר וכטל משכים הלך 4
ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
על כן חצבתי בנביאים--הרגתים באמרי פי ומשפטיך אור יצא 5
यसैले तिनीहरूलाई मैले अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु, तिनीहरूलाई मैले आफ्‍नो मुखको वचनले मारेको छु । तिमीहरूका आदेशहरू चम्किने बिजुलीझैं छन् ।
כי חסד חפצתי ולא זבח ודעת אלהים מעלות 6
किनकि म बलिदान होइन, विश्‍वस्‍तता चाहन्छु, र होमबलिहरूभन्दा धैरे परमेश्‍वरको ज्ञान भएको चाहन्छु ।
והמה כאדם עברו ברית שם בגדו בי 7
आदमले झैं तिनीहरूले करार तोडेका छन्, तिनीहरू मप्रति विश्‍वासहीन भएका छन् ।
גלעד קרית פעלי און--עקבה מדם 8
गिलादचाहिं दुष्‍ट काम गर्नेहरूको सहर हो, जसका पाइलाहरूमा रगत छ ।
וכחכי איש גדודים חבר כהנים דרך ירצחו שכמה כי זמה עשו 9
डाँकुहरूका समुहले कसैलाई पर्खिरहेझैं, शकेम जाने बाटोमा पुजारीहरू मार्नलाई समुहमा बस्छन् । तिनीहरूले लज्‍जास्‍पद अपराधहरू गरेका छन् ।
בבית ישראל ראיתי שעריריה (שערוריה) שם זנות לאפרים נטמא ישראל 10
इस्राएलको घरानामा मैले घिनलाग्‍दो कुरा देखेको छु । त्यहाँ एफ्राइमको वेश्‍यागमन छ, र इस्राएल अशुद्ध भएको छ ।
גם יהודה שת קציר לך בשובי שבות עמי 11
ए यहूदा तेरो निम्ति पनि कटनी तोकिएको छ, जति बेला म आफ्‍ना मानिसहरूको सुदिन पुनर्स्थापना गर्नेछु ।

< הושע 6 >