< בראשית 48 >

ויהי אחרי הדברים האלה ויאמר ליוסף הנה אביך חלה ויקח את שני בניו עמו--את מנשה ואת אפרים 1
यी कुराहरू भएको केही समयपछि “हेर्नुहोस्, हजुरका पिता बिरामी हुनुहुन्‍छ” भनेर कसैले योसेफलाई खबर दियो । यसकारण तिनले आफ्‍ना दुई छोरा मनश्‍शे र एफ्राइमलाई आफ्‍नो साथमा ल्याए ।
ויגד ליעקב--ויאמר הנה בנך יוסף בא אליך ויתחזק ישראל וישב על המטה 2
जब “हेर्नुहोस्, तपाईंका छोरा योसेफ तपाईंलाई भेट गर्न आएका छन्‌” भन्‍ने खबर कसैले याकूबलाई सुनायो, इस्राएल आफै बल गरेर पलङ्गमा बसे ।
ויאמר יעקב אל יוסף אל שדי נראה אלי בלוז בארץ כנען ויברך אתי 3
याकूबले योसेफलाई भने, “सर्वशक्तिमान्‌ परमेश्‍वर कनान देशको लूजमा मकहाँ देखा पर्नुभयो । उहाँले मलाई आशीर्वाद दिनुभयो
ויאמר אלי הנני מפרך והרביתך ונתתיך לקהל עמים ונתתי את הארץ הזאת לזרעך אחריך--אחזת עולם 4
र भन्‍नुभयो, 'हेर, म तँलाई फल्‍दो-फुल्‍दो बनाउनेछु, र तेरो वृद्धि गराउनेछु । तँबाट म जातिहरूको समूह उत्‍पन्‍न गर्नेछु । म यो देश अनन्‍त अधिकारको रूपमा तेरा सन्‍तानलाई दिनेछु ।’
ועתה שני בניך הנולדים לך בארץ מצרים עד באי אליך מצרימה--לי הם אפרים ומנשה--כראובן ושמעון יהיו לי 5
अब म मिश्रमा आउनअगि मिश्रमा जन्‍मेका तेरा यी दुई जना छोराहरू मेरै हुन्‌ । रूबेन र शिमियोनझैँ एफ्राइम र मनश्‍शे मेरै हुनेछन्‌ ।
ומולדתך אשר הולדת אחריהם לך יהיו על שם אחיהם יקראו בנחלתם 6
तिनीहरूभन्‍दा पछि जन्‍मेका सन्‍तानहरूचाहिँ तेरा हुनेछन्‌ । यिनीहरूका नाम पनि यिनका दाजुभाइहरूले पाउने हकमा सूचीबद्ध गरिनेछ ।
ואני בבאי מפדן מתה עלי רחל בארץ כנען בדרך בעוד כברת ארץ לבא אפרתה ואקברה שם בדרך אפרת הוא בית לחם 7
म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्‍न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात्‌ बेथलेहेम जाने बाटोमा गाडेँ ।”
וירא ישראל את בני יוסף ויאמר מי אלה 8
योसेफका छोराहरूलाई देखेर इस्राएलले भने, “यिनीहरू को हुन्‌?”
ויאמר יוסף אל אביו בני הם אשר נתן לי אלהים בזה ויאמר קחם נא אלי ואברכם 9
योसेफले आफ्‍ना बुबालाई भने, “यिनीहरू परमेश्‍वरले मलाई यहाँ दिनुभएका मेरा छोराहरू हुन्‌ ।” इस्राएलले भने, “तिनीहरूलाई मकहाँ ले, ताकि म तिनीहरूलाई आशीर्वाद दिऊँ ।”
ועיני ישראל כבדו מזקן לא יוכל לראות ויגש אתם אליו וישק להם ויחבק להם 10
त्‍यस बेला तिनको उमेरले गर्दा इस्राएलका आँखा धमिला भइसकेका थिए, त्यसैले तिनले देख्‍न सकेनन् । यसकारण योसेफले तिनीहरूलाई तिनको नजिक लगिदिए, अनि तिनले तिनीहरूलाई म्‍वाइँ खाएर अँगालो हाले ।
ויאמר ישראל אל יוסף ראה פניך לא פללתי והנה הראה אתי אלהים גם את זרעך 11
इस्राएलले योसेफलाई भने, “मैले त तेरो मुख फेरि देख्‍न पाउँला भनी ठानेकै थिइनँ, तर मलाई परमेश्‍वरले तेरा सन्‍तान पनि देख्‍न दिनुभयो ।”
ויוצא יוסף אתם מעם ברכיו וישתחו לאפיו ארצה 12
तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्‍टेर दण्डवत् गरे ।
ויקח יוסף את שניהם--את אפרים בימינו משמאל ישראל ואת מנשה בשמאלו מימין ישראל ויגש אליו 13
योसेफले ती दुवैलाई लिएर एफ्राइमलाई आफ्‍नो दाहिनेपट्टि र इस्राएलको देब्रेपट्टि, र मनश्‍शेलाई आफ्‍नो देब्रेपट्टि र इस्राएलको दाहिनेपट्टि पर्ने गरी इस्राएलको नजिक ल्‍याए ।
וישלח ישראל את ימינו וישת על ראש אפרים והוא הצעיר ואת שמאלו על ראש מנשה שכל את ידיו כי מנשה הבכור 14
इस्राएलले आफ्‍नो दाहिने हात पसारेर कान्‍छा एफ्राइमको टाउकोमा र आफ्‍नो देब्रे हात मनश्‍शेको टाउकोमा राखे । मनश्शे जेठा भएकाले तिनले आफ्नो एउटा हात अर्को हातमाथि खप्ट्याए ।
ויברך את יוסף ויאמר האלהים אשר התהלכו אבתי לפניו אברהם ויצחק--האלהים הרעה אתי מעודי עד היום הזה 15
इस्राएलले योसेफलाई आशीर्वाद दिएर भने, “जुन परमेश्‍वरको सामुन्‍ने मेरा पिता अब्राहाम र इसहाक हिँडे, जुन परमेश्‍वरले मेरो जीवनभरि आजसम्‍म मेरो वास्ता गर्नुभएको छ,
המלאך הגאל אתי מכל רע יברך את הנערים ויקרא בהם שמי ושם אבתי אברהם ויצחק וידגו לרב בקרב הארץ 16
ती स्‍वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्‍वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
וירא יוסף כי ישית אביו יד ימינו על ראש אפרים--וירע בעיניו ויתמך יד אביו להסיר אתה מעל ראש אפרים--על ראש מנשה 17
जब योसेफले तिनका बुबाले आफ्‍ना दाहिने हात एफ्राइमको टाउकोमा राखेको देखे, यो उनलाई मन परेन । तिनले एफ्राइमको टाउकोबाट मनश्‍शेको टाउकोमा राख्‍न भनी तिनका बुबाको हात उठाए ।
ויאמר יוסף אל אביו לא כן אבי כי זה הבכר שים ימינך על ראשו 18
योसेफले आफ्ना बुबालाई भने, “हे मेरा बुबा, यसो होइन, किनकि जेठोचाहिँ यो हो । तपाईंको दाहिने हात यसको शिरमाथि राखिदिनुहोस्‌ ।”
וימאן אביו ויאמר ידעתי בני ידעתי--גם הוא יהיה לעם וגם הוא יגדל ואולם אחיו הקטן יגדל ממנו וזרעו יהיה מלא הגוים 19
तर तिनका बुबाले अस्‍वीकार गरी भने, “मलाई थाहा छ, मेरो छोरो, मलाई थाहा छ । यसको पनि एउटा वंश हुनेछ, र यो पनि महान् हुनेछ । तापनि यसको भाइचाहिँ योभन्‍दा महान्‌ हुनेछ, र त्‍यसका सन्‍तान जाति-जातिहरूको एक समूह हुनेछ ।”
ויברכם ביום ההוא לאמור בך יברך ישראל לאמר ישמך אלהים כאפרים וכמנשה וישם את אפרים לפני מנשה 20
इस्राएलले तिनीहरूलाई त्‍यस दिन यसो भनेर आशीर्वाद दिए, “इस्राएलका मानिसहरूले तिमीहरूका नाउँ लिएर यस्‍तो आशीर्वाद दिनेछन्, ‘परमेश्‍वरले तँलाई एफ्राइम र मनश्‍शेजस्‍तै बनाऊन्‌’।” यसरी तिनले मनश्‍शेभन्‍दा एफ्राइमलाई नै अगाडि राखे ।
ויאמר ישראל אל יוסף הנה אנכי מת והיה אלהים עמכם והשיב אתכם אל ארץ אבתיכם 21
इस्राएलले योसेफलाई भने, “हेर्, म मर्न लागेको छु, तर परमेश्‍वर तिमीहरूका साथमा हुनुहुनेछ, र तिमीहरूलाई फेरि तिमीहरूका पिता-पुर्खाहरूको देशमा फर्काएर लैजानुहुनेछ ।
ואני נתתי לך שכם אחד--על אחיך אשר לקחתי מיד האמרי בחרבי ובקשתי 22
त्‍यसबाहेक तेरा दाजुभाइहरूभन्‍दा तँमाथि भएकोले मैले आफ्‍नो तरवार र धनुको बलले एमोरीहरूबाट लिएको पहाडको पाखा म तँलाई दिन्छु ।”

< בראשית 48 >