< בראשית 10 >

ואלה תולדת בני נח שם חם ויפת ויולדו להם בנים אחר המבול 1
यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।
בני יפת--גמר ומגוג ומדי ויון ותבל ומשך ותירס 2
गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।
ובני גמר--אשכנז וריפת ותגרמה 3
अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।
ובני יון אלישה ותרשיש כתים ודדנים 4
एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।
מאלה נפרדו איי הגוים בארצתם איש ללשנו--למשפחתם בגויהם 5
यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।
ובני חם--כוש ומצרים ופוט וכנען 6
कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।
ובני כוש--סבא וחוילה וסבתה ורעמה וסבתכא ובני רעמה שבא ודדן 7
सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
וכוש ילד את נמרד הוא החל להיות גבר בארץ 8
कूश निम्रोदका पिता बने, जो पृथ्वीमाथिका पहिलो विजेता थिए ।
הוא היה גבר ציד לפני יהוה על כן יאמר כנמרד גבור ציד לפני יהוה 9
तिनी परमप्रभुको सामु शक्तिशाली शिकारी बने । त्यसैले यसो भनियो, “परमप्रभुको सामु निम्रोदजस्तै शक्‍तिशाली सिकारी ।”
ותהי ראשית ממלכתו בבל וארך ואכד וכלנה בארץ שנער 10
तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्‍कद र कल्नेह थिए ।
מן הארץ ההוא יצא אשור ויבן את נינוה ואת רחבת עיר ואת כלח 11
तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,
ואת רסן בין נינוה ובין כלח--הוא העיר הגדלה 12
र निनवे र कालह बिचमा पर्ने रेसेन निर्माण गरे । यो एउटा ठुलो सहर थियो ।
ומצרים ילד את לודים ואת ענמים ואת להבים--ואת נפתחים 13
मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही
ואת פתרסים ואת כסלחים אשר יצאו משם פלשתים--ואת כפתרים 14
पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।
וכנען ילד את צידן בכרו--ואת חת 15
कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,
ואת היבוסי ואת האמרי ואת הגרגשי 16
यबूसी, एमोरी,
ואת החוי ואת הערקי ואת הסיני 17
गिर्गाशी, हिव्वी, अरकी, सिनी,
ואת הארודי ואת הצמרי ואת החמתי ואחר נפצו משפחות הכנעני 18
अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।
ויהי גבול הכנעני מצידן--באכה גררה עד עזה באכה סדמה ועמרה ואדמה וצבים--עד לשע 19
कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
אלה בני חם למשפחתם ללשנתם בארצתם בגויהם 20
तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।
ולשם ילד גם הוא אבי כל בני עבר--אחי יפת הגדול 21
येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।
בני שם עילם ואשור וארפכשד ולוד וארם 22
एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
ובני ארם--עוץ וחול וגתר ומש 23
ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।
וארפכשד ילד את שלח ושלח ילד את עבר 24
अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।
ולעבר ילד שני בנים שם האחד פלג כי בימיו נפלגה הארץ ושם אחיו יקטן 25
एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।
ויקטן ילד את אלמודד ואת שלף ואת חצרמות ואת ירח 26
योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,
ואת הדורם ואת אוזל ואת דקלה 27
हदोरम, ऊजाल, दिक्ला,
ואת עובל ואת אבימאל ואת שבא 28
ओबाल, अबमाएल, शेबा,
ואת אופר ואת חוילה ואת יובב כל אלה בני יקטן 29
ओपीर, हवीला योबाबका पिता बने ।
ויהי מושבם ממשא באכה ספרה הר הקדם 30
तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।
אלה בני שם למשפחתם ללשנתם בארצתם לגויהם 31
तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।
אלה משפחת בני נח לתולדתם בגויהם ומאלה נפרדו הגוים בארץ--אחר המבול 32
तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

< בראשית 10 >