< יחזקאל 46 >
כה אמר אדני יהוה שער החצר הפנימית הפנה קדים יהיה סגור ששת ימי המעשה וביום השבת יפתח וביום החדש יפתח | 1 |
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: भित्री चोकको पूर्वपट्टि फर्किएको ढोका कामको हप्ताको छ दिनसम्म बन्द हुनेछ, तर शबाथको दिनमा त्यो खोलिनेछ र औंसीको दिनमा त्यो खोलिनेछ ।
ובא הנשיא דרך אולם השער מחוץ ועמד על מזוזת השער ועשו הכהנים את עולתו ואת שלמיו והשתחוה על מפתן השער ויצא והשער לא יסגר עד הערב | 2 |
बाहिरबाट ढोका र त्यसको दलान हुँदै शासक बाहिरी चोकमा आउनेछन्, र पुजारीहरूले होमबलि र मेलबलि चढाउँदा तिनी भित्री ढोकाको चौकोसको छेउमा खडा हुनेछन् । तब तिनले भित्री ढोकाको सँघारमा आराधना गर्नेछन् र बाहिर जानेछन्, तर त्यो ढोका भने साँझसम्म नै बन्द हुनेछैन ।
והשתחוו עם הארץ פתח השער ההוא בשבתות ובחדשים--לפני יהוה | 3 |
शबाथ र औंसीमा देशका मानिसहरूले पनि यही ढोकामा परमप्रभुको आराधना गर्नेछन् ।
והעלה אשר יקרב הנשיא ליהוה ביום השבת ששה כבשים תמימם--ואיל תמים | 4 |
शासकले परमप्रभुलाई शबाथ दिनमा चढाउने होमबलि छवटा निष्खोट थुमा र एउटा निष्खोट भेडो हुनेछ ।
ומנחה איפה לאיל ולכבשים מנחה מתת ידו ושמן הין לאיפה | 5 |
भेडोसँग चढाइने अन्नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्नको हरेक एपासँग एक हीन तेल होस् ।
וביום החדש פר בן בקר תמימם וששת כבשים ואיל תמימם יהיו | 6 |
औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् ।
ואיפה לפר ואיפה לאיל יעשה מנחה ולכבשים כאשר תשיג ידו ושמן הין לאיפה | 7 |
तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्नबलि चढाउन्, र अन्नको हरेक एपाको निम्ति एक हीन तेल होस् ।
ובבוא הנשיא--דרך אולם השער יבוא ובדרכו יצא | 8 |
जब शासक ढोका र त्यसको दलानको बाटोबाट आउँछन्, तब तिनी त्यही बाटोबाट भएर बाहिर जानुपर्छ ।
ובבוא עם הארץ לפני יהוה במועדים הבא דרך שער צפון להשתחות יצא דרך שער נגב והבא דרך שער נגב יצא דרך שער צפונה לא ישוב דרך השער אשר בא בו--כי נכחו יצאו (יצא) | 9 |
तर जब देशका मानिसहरू तोकिएका चाडहरूमा परमप्रभुको सामु आउँछन्, तब उत्तरी ढोकाबाट आउनेहरू दक्षिणी ढोकाबाट बाहिर जानुपर्छ, र दक्षिणी ढोकाबाट आउनेहरू उत्तरी ढोकाबाट बाहिर जानुपर्छ । कोही पनि आफू भित्र पसेको ढोकातिर फर्कनुहुँदैन, किनकि त्यो सिधै अगाडि जानुपर्छ ।
והנשיא--בתוכם בבואם יבוא ובצאתם יצאו | 10 |
शासक तिनीहरूका बिचमा हुनुपर्छ । तिनीहरू भित्र जाँदा उनी पनि भित्र जानुपर्छ, र तिनीहरू बाहिर निस्कँदा, उनी पनि बाहिर निस्कनुपर्छ ।
ובחגים ובמועדים תהיה המנחה איפה לפר ואיפה לאיל ולכבשים מתת ידו ושמן הין לאיפה | 11 |
चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् ।
וכי יעשה הנשיא נדבה עולה או שלמים נדבה ליהוה ופתח לו את השער הפנה קדים ועשה את עלתו ואת שלמיו כאשר יעשה ביום השבת ויצא וסגר את השער אחרי צאתו | 12 |
जब शासकले स्वइच्छा भेटी चढाउँछन्, चाहे त्यो परमप्रभुको निम्ति होमबलि होस् वा मेलबलि, पूर्वपट्टि फर्केको ढोका तिनको निम्ति खोलिनेछ । तिनले शबाथ दिनमा झैं होमबलि वा मेलबलि चढाउनुपर्छ । तब तिनी बाहिर जानुपर्छ, र तिनी बाहिर गएपछि, त्यो ढोका बन्द गरिनेछ ।
וכבש בן שנתו תמים תעשה עולה ליום--ליהוה בבקר בבקר תעשה אתו | 13 |
यसका अतिरक्त, तिमीहरूले दैनिक रूपमा परमप्रभुलाई एक वर्षे निष्खोट भेडो होमबलिको रूपमा चढाउनु । यो तिमीहरूले हरेक बिहान गर्नुपर्छ ।
ומנחה תעשה עליו בבקר בבקר ששית האיפה ושמן שלישית ההין לרס את הסלת מנחה ליהוה--חקות עולם תמיד | 14 |
त्योसँगै तिमीहरूले हरेक बिहान अन्नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।
ועשו (יעשו) את הכבש ואת המנחה ואת השמן בבקר בבקר עולת תמיד | 15 |
तिनीहरूले थुमा, अन्नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ ।
כה אמר אדני יהוה כי יתן הנשיא מתנה לאיש מבניו--נחלתו היא לבניו תהיה אחזתם היא בנחלה | 16 |
परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ: शासकले आफ्ना कुनै पनि छोरोलाई बकस दिन्छन् भने त्यो तिनको उत्तराधिकार हुनेछ । त्यो तिनका छोराहरूका सम्पत्ति, अर्थात् उत्तराधिकार हुनेछ ।
וכי יתן מתנה מנחלתו לאחד מעבדיו--והיתה לו עד שנת הדרור ושבת לנשיא אך נחלתו--בניו להם תהיה | 17 |
तर तिनले आफ्नो उत्तराधिकारबाट आफ्ना सेवकमध्ये एक जनालाई बकस दिन्छन् भने, स्वन्त्रताको वर्ष नभएसम्म त्यो त्यस सेवकको हुनेछ, र त्यसपछि त्यो उक्त शासकलाई फिर्ता हुनेछन् । तिनको उत्तराधिकार निश्चय पनि तिनका छोराहरूकै हुनेछ ।
ולא יקח הנשיא מנחלת העם להונתם מאחזתם--מאחזתו ינחל את בניו למען אשר לא יפצו עמי איש מאחזתו | 18 |
शासकले मानिसहरूका उत्तराधिकार कब्जा गरेर तिनीहरूलाई आफ्नो सम्पत्तिबाट अलग गर्नुहुँदैन। तिनले आफ्ना छोराहरूलाई आफ्नै सम्पत्तिबाट दिनुपर्छ ताकि मेरा मानिसहरू आफ्नो सम्पत्तिबाट तितर-बितर हुनेछैनन् ।’”
ויביאני במבוא אשר על כתף השער אל הלשכות הקדש אל הכהנים הפנות צפונה והנה שם מקום בירכתם (בירכתים) ימה | 19 |
त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्चिमतर्फ एउटा ठाउँ थियो ।
ויאמר אלי--זה המקום אשר יבשלו שם הכהנים את האשם ואת החטאת אשר יאפו את המנחה לבלתי הוציא אל החצר החיצונה לקדש את העם | 20 |
तिनले मलाई भने, “यो त्यही ठाउँ हो जहाँ पुजारीहरूले पापबलि र दोषबलिलाई उमाल्छन् र जहाँ तिनीहरूले अन्नबलिलाई पोल्छन् । तिनीहरूले ती बलिहरूलाई बाहिरी चोकमा लानुहुँदैन, किनकि त्यसो गरे मानिसहरू पवित्र हुनेछन् ।”
ויוציאני אל החצר החיצונה ויעברני אל ארבעת מקצועי החצר והנה חצר במקצע החצר חצר במקצע החצר | 21 |
तब तिनले मलाई बाहिरी चोकमा ल्याए र तिनले मलाई त्यस चोकका चार कुनाबाट हिंड्न लगाए, र मैले चोकका हरेक कुनामा अर्को एउटा चोक देखें ।
בארבעת מקצעות החצר חצרות קטרות--ארבעים ארך ושלשים רחב מדה אחת לארבעתם מהקצעות | 22 |
बाहिरी चोकको चार कुनामा चारवटा स-साना, चालिस हात लामो र तिस हात चौडा चोकहरू थिए । चारै चोकका एउटै नाप थियो ।
וטור סביב בהם סביב לארבעתם ומבשלות עשוי מתחת הטירות סביב | 23 |
ती चारैको वरिपरि ढुङ्गाको एउटा लहर थियो, र ती ढुङ्गाको लहरमुनि चुलाहरू थिए ।
ויאמר אלי אלה בית המבשלים אשר יבשלו שם משרתי הבית את זבח העם | 24 |
ती मानिसले मलाई भने, “यी ठाउँहरूमा मन्दिरका सेवकहरूले मानिसहरूका बलिहरूलाई उमाल्नेछन् ।”