< יחזקאל 27 >

ויהי דבר יהוה אלי לאמר 1
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
ואתה בן אדם שא על צר קינה 2
“अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर्‌ ।
ואמרת לצור הישבתי (הישבת) על מבואת ים רכלת העמים אל איים רבים כה אמר אדני יהוה צור את אמרת אני כלילת יפי 3
र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्‍ने मानिसहरूमा व्‍यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्‍वर तिमीहरूलाई यसो भन्‍नुहुन्‍छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।'
בלב ימים גבוליך בניך כללו יפיך 4
तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्‍दर बनाए ।
ברושים משניר בנו לך את כל לחתים ארז מלבנון לקחו לעשות תרן עליך 5
तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्‍लाहरूबाट बनाए । तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु ल्‍याए ।
אלונים מבשן עשו משוטיך קרשך עשו שן בת אשרים מאיי כתים 6
तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्‍याएका फलाँटबाट बनाए । साइप्रसका सल्‍लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्‍यसलाई हस्‍ती-हाडको जलप लगाए ।
שש ברקמה ממצרים היה מפרשך להיות לך לנס תכלת וארגמן מאיי אלישה היה מכסך 7
तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्‍यसैले तेरो झन्‍डाको काम गर्‍यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्‍ति प्रयोग भए ।
ישבי צידון וארוד היו שטים לך חכמיך צור היו בך המה חבליך 8
सीदोन र अर्वादमा बस्‍ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए । टुरोसका ज्ञानीहरू तँसँग थिए । तिनीहरू तेरा नावीहरू थिए ।
זקני גבל וחכמיה היו בך מחזיקי בדקך כל אניות הים ומלחיהם היו בך לערב מערבך 9
गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे ।
פרס ולוד ופוט היו בחילך אנשי מלחמתך מגן וכובע תלו בך המה נתנו הדרך 10
फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्‍ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।
בני ארוד וחילך על חומותיך סביב וגמדים במגדלותיך היו שלטיהם תלו על חומותיך סביב--המה כללו יפיך 11
तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए । गमादका मानिसहरू तेरा धरहरामा थिए । तिनीहरूले आ-आफ्‍ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे । तिनीहरूले तेरो सुन्‍दरता पूर्ण बनाए ।
תרשיש סחרתך מרב כל הון בכסף ברזל בדיל ועופרת נתנו עזבוניך 12
तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्‍ता र सीसाजस्ता सामानका प्रशस्‍त धनसम्‍पत्ति भएको कारणले तर्शीश तेरो व्‍यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।
יון תבל ומשך המה רכליך בנפש אדם וכלי נחשת נתנו מערבך 13
यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्‍यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे ।
מבית תוגרמה סוסים ופרשים ופרדים נתנו עזבוניך 14
बेथ-तोगर्माका मानिसहरूले तेरो व्‍यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्‍चरहरू दिए ।
בני דדן רכליך איים רבים סחרת ידך קרנות שן והובנים (והבנים) השיבו אשכרך 15
तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्‍यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्‍ती हाड र अब्‍नुसको काठ दाम रूपमा दिए ।
ארם סחרתך מרב מעשיך בנפך ארגמן ורקמה ובוץ וראמת וכדכד נתנו בעזבוניך 16
तेरा धेरै उत्‍पादनमा अरामले व्‍यापार गर्‍यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्‍त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्‍यापारका सामानको रूपमा उपलव्‍ध गराए ।
יהודה וארץ ישראל המה רכליך בחטי מנית ופנג ודבש ושמן וצרי נתנו מערבך 17
यहूदा र इस्राएलको देशले तँसित व्‍यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्‍नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्‍ध गराए ।
דמשק סחרתך ברב מעשיך מרב כל הון ביין חלבון וצמר צחר 18
तेरा सबै उत्‍पादन, धेरै धन-सम्‍पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्‍कस थियो ।
ודן ויון מאוזל בעזבוניך נתנו ברזל עשות קדה וקנה במערבך היה 19
इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने ।
דדן רכלתך בבגדי חפש לרכבה 20
ददानले तँसित घोडाका जीनपोशको व्‍यापार गर्‍यो ।
ערב וכל נשיאי קדר המה סחרי ידך בכרים ואילם ועתודים בם סחריך 21
अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्‍यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए ।
רכלי שבא ורעמה המה רכליך בראש כל בשם ובכל אבן יקרה וזהב נתנו עזבוניך 22
हरेक असल मसला र सबै किसिमका बहुमूल्‍य रत्‍नहरू बेच्‍न शेबा र रामाहका व्‍यापारीहरू तँकहाँ आए । व्‍यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए ।
חרן וכנה ועדן רכלי שבא אשור כלמד רכלתך 23
शेबा, अश्‍शूर र किल्‍मदसँगै हारान, कन्‍नेह र अदनका व्‍यापारीहरूले तँसित व्‍यापार गरे ।
המה רכליך במכללים בגלומי תכלת ורקמה ובגנזי ברמים בחבלים חבשים וארזים במרכלתך 24
नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू, र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्‍नेहरू यिनीहरू नै थिए ।
אניות תרשיש שרותיך מערבך ותמלאי ותכבדי מאד בלב ימים 25
तर्शीशका जहाजहरूले तेरा व्‍यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्‍यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।
במים רבים הבאוך השטים אתך רוח הקדים שברך בלב ימים 26
तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्‍वंस पारेको छ ।
הונך ועזבוניך מערבך מלחיך וחבליך מחזיקי בדקך וערבי מערבך וכל אנשי מלחמתך אשר בך ובכל קהלך אשר בתוכך יפלו בלב ימים ביום מפלתך 27
तेरा धन-सम्‍पत्ति, सामान र व्‍यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्‍यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्‍नेछन्‌ ।
לקול זעקת חבליך ירעשו מגרשות 28
समुद्रका सहरहरू तेरा नावीहरूका चित्‍कारको आवाजले थरथर हुनेछन्‌ ।
וירדו מאניותיהם כל תפשי משוט--מלחים כל חבלי הים אל הארץ יעמדו 29
दाबिलो खियाउनेहरू सबै जना आफ्‍ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन्‌ ।
והשמיעו עליך בקולם ויזעקו מרה ויעלו עפר על ראשיהם באפר יתפלשו 30
तब तिनीहरूले आफ्‍ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्‍वरले विलाप गर्नेछन्‌ । तिनीहरूले आफ्‍ना टाउकोमा धुलो हाल्‍नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन्‌ ।
והקריחו אליך קרחה וחגרו שקים ובכו אליך במר נפש מספד מר 31
तिनीहरूले तेरो लागि आफ्‍नो कपाल मुण्‍डन गर्नेछन्, र आफूमा भाङ्‌ग्रा बाँध्‍नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन्‌ ।
ונשאו אליך בניהם קינה וקוננו עליך מי כצור כדמה בתוך הים 32
तेरो निम्‍ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्‍त पारिएको छ ।
בצאת עזבוניך מימים השבעת עמים רבים ברב הוניך ומערביך העשרת מלכי ארץ 33
जब समुद्र किनारमा तेरा व्‍यापारका माल जान्‍थे, तिनले धेरै जना मानिसलाई सन्‍तुष्‍ट पार्थे । तेरा धेरै धन-सम्‍पत्ति र व्‍यापारका मालले तैंले पृथ्‍वीका राजाहरूलाई धनी तुल्‍याइस्‌ ।
עת נשברת מימים במעמקי מים מערבך וכל קהלך בתוכך נפלו 34
तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्‍यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।
כל ישבי האיים שממו עליך ומלכיהם שערו שער רעמו פנים 35
किनारका सबै बासिन्‍दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे ।
סחרים בעמים שרקו עליך בלהות היית ואינך עד עולם 36
मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन्‌ । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।

< יחזקאל 27 >