< יחזקאל 21 >
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
בן אדם שים פניך אל ירושלם והטף אל מקדשים והנבא אל אדמת ישראל | 2 |
“ए मानिसको छोरो, तेरो अनुहार यरूशलेमको विरुद्धमा फर्का र पवित्रस्थानहरूका विरुद्धमा बोल् । इस्राएल देशको विरुद्धमा अगमवाणी गर् ।
ואמרת לאדמת ישראל כה אמר יהוה הנני אליך והוצאתי חרבי מתערה והכרתי ממך צדיק ורשע | 3 |
इस्राएल देशलाई यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर्, म तेरो विरुद्धमा छु । म आफ्नो तरवार त्यसको म्यानबाट थुत्नेछु र तेरा धर्मी मानिस र दुष्ट मानिस दुवैलाई काट्नेछु ।
יען אשר הכרתי ממך צדיק ורשע לכן תצא חרבי מתערה אל כל בשר--מנגב צפון | 4 |
धर्मी र दुष्ट दुवैलाई म खतम गर्नलाई दक्षिणदेखि उत्तरसम्म हरेक प्राणीको विरुद्ध मेरो तरवार म्यानबाट निस्कनेछ ।
וידעו כל בשר כי אני יהוה הוצאתי חרבי מתערה לא תשוב עוד | 5 |
तब सबै प्राणीले थाहा पाउनेछन्, कि म परमप्रभुले नै मेरो तरवार म्यानबाट झिकेको छु । त्यो फेरि म्यानमा हालिनेछैन' ।
ואתה בן אדם האנח בשברון מתנים ובמרירות תאנח לעיניהם | 6 |
तेरो बारेमा, ए मानिसको छोरो, तेरो पटुका चुडिंदा सुस्केरा हाल् । तीतो मन लिएर तिनीहरूले देख्ने गरी सुस्केरा हाल् ।
והיה כי יאמרו אליך על מה אתה נאנח ואמרת אל שמועה כי באה ונמס כל לב ורפו כל ידים וכהתה כל רוח וכל ברכים תלכנה מים--הנה באה ונהיתה נאם אדני יהוה | 7 |
तब तिनीहरूले तँलाई सोध्नेछन्, ‘के कारणले तिमी सुस्केरा हाल्दैछौ?' अनि तैंले यसो भन्नेछस्, 'आएको समाचारको कारणले, किनकि हरेकको हृदयले मुर्छा खानेछ र हरेकको हात शिथिल हुनेछ । हरेकको आत्मा मुर्छित हुनेछ र हरेकको घुँडा पानीजस्तै कमजोर हुनेछ । हेर, त्यो आउँदैछ र त्यो यस्तो हुनेछ!— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”
तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
בן אדם--הנבא ואמרת כה אמר אדני אמר חרב חרב הוחדה וגם מרוטה | 9 |
“ए मानिसको छोरो, अगमवाणी बोल् र यसो भन्, 'परमप्रभु यसो भन्नुहुन्छः “भन्: एउटा तरवार, एउटा तरवार! त्यो धारिलो र चम्किलो हुनेछ ।
למען טבח טבח הוחדה למען היה לה ברק מרטה או נשיש שבט בני מאסת כל עץ | 10 |
धेरै जनालाई काट्नलाई त्यसमा धार लगाइनेछ । बिजुलीझैं चम्कनलाई त्यसलाई टल्काइनेछ । के हामी मेरो छोराको राजदण्डमा आनन्दित हुनुपर्छ र? आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ ।
ויתן אתה למרטה לתפש בכף היא הוחדה חרב והיא מרטה לתת אותה ביד הורג | 11 |
यसैले त्यो तरवारलाई टल्काउन दिइनेछ र तब हातले समाइनेछ । त्यो तरवार धारिलो बनाइएको छ र त्यो टल्काइएको छ र मार्ने व्यक्तिको हातमा त्यो दिइएको छ ।”
זעק והילל בן אדם--כי היא היתה בעמי היא בכל נשיאי ישראל מגורי אל חרב היו את עמי לכן ספק אל ירך | 12 |
ए मानिसको छोरो, गुहार माग् र विलाप गर् । किनकि त्यो तरवार मेरा मानिसहरूका विरुद्धमा आएको छ । त्यो इस्राएलका सबै अगुवाको विरुद्धमा छ। तिनीहरूलाई मेरा मानिसहरूसँगै तरवारमा फालिएका छन् । यसकारण आफ्नो तिग्रा ठटा ।
כי בחן--ומה אם גם שבט מאסת לא יהיה נאם אדני יהוה | 13 |
किनकि जाँच आउनेछ, तर यहूदाको राजदण्ड रहेन भने नि?— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
ואתה בן אדם--הנבא והך כף אל כף ותכפל חרב שלישתה חרב חללים--היא חרב חלל הגדול החדרת להם | 14 |
अब ए मानिसको छोरो, अगमवाणी बोल् र आफ्ना हातले ताली बजा, किन तरवारले तेस्रो पल्ट पनि आक्रमण गर्नेछ । एक-एक जनालाई मार्ने तरवार । यो तरवार धेरै जनालाई मार्न र हरेक दिशाबाट तिनीहरूलाई छेड्नलाई हो ।
למען למוג לב והרבה המכשלים--על כל שעריהם נתתי אבחת חרב אח עשויה לברק מעטה לטבח | 15 |
तिनीहरूका हृदयहरू गलाउन र तिनीहरूका ढल्नेहरूको संख्या बढाउन, तिनीहरूका सबै ढोकामा मैले मार्नलाई तरवार राखेको छु । बिजुलीजस्तै चम्कनलाई त्यो बनाइएको छ, मार्नलाई त्यो समातिएको छ ।
התאחדי הימני השימי השמילי אנה פניך מעדות | 16 |
ए तरवार, दाहिनेतिर हान् । र देब्रेतिर प्रहार गर् । तेरो धार जता फर्काइन्छ त्यतै जा ।
וגם אני אכה כפי אל כפי והניחתי חמתי אני יהוה דברתי | 17 |
किन म पनि आफ्ना दुई हातले ताली बजाउनेछु, र मेरो क्रोध शान्त पार्नेछु । म, परमप्रभुले यो घोषणा गर्छु ।”
ויהי דבר יהוה אלי לאמר | 18 |
परमप्रभुको वचन फेरि पनि यसो भनेर मकहाँ आयो,
ואתה בן אדם שים לך שנים דרכים לבוא חרב מלך בבל--מארץ אחד יצאו שניהם ויד ברא בראש דרך עיר ברא | 19 |
“ए मानिसको छोरो, बेबिलोनका राजाको तरवार आउनलाई दुई वटा बाटो रोज् । ती दुवै बाटो एउटै देशबाट सुरु हुनेछन् र तीमध्ये एउटामा सहरतिर जाने चिन्ह हुनेछ ।
דרך תשים--לבוא חרב את רבת בני עמון ואת יהודה בירושלם בצורה | 20 |
अम्मोनीहरूको सहर रब्बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।
כי עמד מלך בבל אל אם הדרך בראש שני הדרכים--לקסם קסם קלקל בחצים שאל בתרפים ראה בכבד | 21 |
किनभने बेबिलोनका राजा जोखना हेर्नलाई चौबाटोमा, दोबाटोमा खडा हुनेछ । त्यसले केही काँडहरू चालाउनेछ र मूर्तिहरूसित सल्लाह लिनेछ, र त्यसले कलेजो जाँच्नेछ ।
בימינו היה הקסם ירושלם לשום כרים לפתח פה ברצח להרים קול בתרועה--לשום כרים על שערים לשפך סללה לבנות דיק | 22 |
यसको विरुद्धमा भत्काउने मूढा राख्नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ ।
והיה להם כקסום (כקסם) שוא בעיניהם שבעי שבעות להם והוא מזכיר עון להתפש | 23 |
युद्धको निम्ति राजासित मित्रताको शपथ खाने यरूशलेका मानिसहरूलाई त्यो बेकारको जोखना हेरेजस्तो देखिनेछ । तर राजाले तिनीहरूलाई घेरा हल्नलाई तिनीहरूले सम्झौता उलङ्घन गरे भनेर तिनीहरूलाई दोष लगाउनेछ ।
לכן כה אמר אדני יהוה יען הזכרכם עונכם בהגלות פשעיכם להראות חטאותיכם בכל עלילותיכם--יען הזכרכם בכף תתפשו | 24 |
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले आफ्ना सबै पाप कामहरू देखिने गरी आफ्ना अपराधलाई प्रकट गरेर तिमीहरूका दोष मलाई सम्झना गराएका हुनाले— तिमीहरूले यसो गरेका हुनाले, तिमीहरू हातले समातिनेछौ ।
ואתה חלל רשע נשיא ישראל אשר בא יומו בעת עון קץ | 25 |
ए इस्राएल अपवित्र र दुष्ट शासक, जसको दण्डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
כה אמר אדני יהוה הסיר המצנפת והרים העטרה זאת לא זאת--השפלה הגבה והגבה השפיל | 26 |
परमप्रभु परमेश्वर तँलाई यसो भन्नुहुन्छः फेटा हटा र मुकुट उतार् । कुराहरू फेरि त्यस्तै हुनेछैनन् । खसालिएको व्यक्तिलाई उठाइनेछ, र उच्च सम्झने व्यक्तिलाई खसालिनेछ ।
עוה עוה עוה אשימנה גם זאת לא היה עד בא אשר לו המשפט ונתתיו | 27 |
भग्नावशेष! भग्नावशेष! त्यसलाई म भग्नावशेष बनाउनेछु । न्याय गर्न नियुक्त व्यक्ति नआएसम्म त्यो फेरि पुनर्निर्माण गरिनेछैन ।
ואתה בן אדם הנבא ואמרת כה אמר אדני יהוה אל בני עמון ואל חרפתם ואמרת חרב חרב פתוחה לטבח מרוטה להכיל למען ברק | 28 |
यसैले, ए मानिसको छोरो, तँ अगमवाणी बोल् र यसो भन्, 'अम्मोनका मानिसहरूमा आउन लागेको अपमानको बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः एउटा तरवार, एउटा तरवार तरवार थुतिएको छ । नष्ट गर्नलाई त्यसमा धार लगाइएको छ । त्यसैले त्यो बिजुलीझैं हुनेछ!
בחזות לך שוא בקסם לך כזב--לתת אותך אל צוארי חללי רשעים אשר בא יומם בעת עון קץ | 29 |
अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ ।
השב אל תערה במקום אשר נבראת בארץ מכרותיך אשפט אתך | 30 |
त्यो तरवारलाई त्यसको म्यानमा हाल् । तँ सृष्ट गरिएको ठाउँमा, तेरा सुरुको देशमा म तेरो इन्साफ गर्नेछु ।
ושפכתי עליך זעמי באש עברתי אפיח עליך ונתתיך ביד אנשים בערים חרשי משחית | 31 |
म मेरो क्रोध तँमाथि खन्याउनेछु! तेरो विरुद्धमा दन्केको मेरो रिस आगोझैं तँमाथि फुकिदिनेछु र तँलाई नाश गर्नलाई सिपालु, क्रूर मानिसहरूका हातमा सुम्पिदिनेछु ।
לאש תהיה לאכלה דמך יהיה בתוך הארץ לא תזכרי כי אני יהוה דברתי | 32 |
तँ आगोको लागि दाउरा हुनेछस् । तेरो रगत देशको माझमा बग्नेछ । तेरो सम्झना फेरि कहिल्यै हुनेछैन, किनकि म परमप्रभुले नै यो घोषणा गरेको छु' ।”