< עמוס 5 >
שמעו את הדבר הזה אשר אנכי נשא עליכם קינה--בית ישראל | 1 |
ए इस्राएलको घराना, तिमीहरूका विषयमा मेरो यो विलापको वचन सुन ।
נפלה לא תוסיף קום בתולת ישראל נטשה על אדמתה אין מקימה | 2 |
कुमारी इस्राएल पतन भएकी छ, त्यो फेरि उठ्नेछैन, त्यो आफ्नै भूमिमा त्यागिएकी छ, त्यसलाई उठाउने त्यहाँ कोही छैन ।
כי כה אמר אדני יהוה העיר היצאת אלף תשאיר מאה והיוצאת מאה תשאיר עשרה לבית ישראל | 3 |
किनभने परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छः “इस्राएलको घरानामा भएकाका, एक हजार जना लिएर निस्केको सहरमा सय जना बाँकी हुनेछन्, र सय जना लिएर निस्केको सहरमा दस जना बाँकी हुनेछन् ।”
כי כה אמר יהוה לבית ישראל דרשוני וחיו | 4 |
किनभने इस्राएलको घरानालाई परमप्रभु यस्तो भन्नुहुन्छः “मेरो खोजी गर र जीवित रहो!
ואל תדרשו בית אל והגלגל לא תבאו ובאר שבע לא תעברו כי הגלגל גלה יגלה ובית אל יהיה לאון | 5 |
बेथेलको खोजी नगर, न त गिलगालमा प्रवेश गर, बेर्शेबातर्फ यात्रा नगर । किनभने गिलगाल निश्चय नै कैदमा जानेछ, र बेथेल शून्य हुनेछ ।
דרשו את יהוה וחיו פן יצלח כאש בית יוסף ואכלה ואין מכבה לבית אל | 6 |
परमप्रभुको खोजी गर र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोझैं दन्कनुहुनेछ । त्यसले भस्म पार्नेछ र बेथेलमा त्यसलाई निभाउने कुनै व्यक्ति हुनेछैन ।
ההפכים ללענה משפט וצדקה לארץ הניחו | 7 |
ती मानिसहरूले इन्साफलाई एउटा तितो कुरामा परिणत गर्छन् र धार्मिकतालाई भुइँमा फालिदिन्छन्!”
עשה כימה וכסיל והפך לבקר צלמות ויום לילה החשיך הקורא למי הים וישפכם על פני הארץ--יהוה שמו | 8 |
परमेश्वरले किरकिटी र मृगशिरालाई बनाउनुभयो । उहाँले अन्धकारलाई बिहानमा परिणत गर्नुहुन्छ । उहाँले दिनलाई रातको अन्धकार बनाउनुहुन्छ र समुद्रको पानीलाई बोलाउनुहुन्छ । उहाँले त्यसलाई पृथ्वीको सतहमा खन्याउनुहुन्छ । उहाँको नाउँ परमप्रभु हो ।
המבליג שד על עז ושד על מבצר יבוא | 9 |
उहाँले बलियामाथि एक्कासि विनाश ल्यानुहुन्छ, जसले गर्दा किल्लाहरूमा विनाश आउँछन् ।
שנאו בשער מוכיח ודבר תמים יתעבו | 10 |
सहरको मूलद्वारमा तिनीहरूलाई ठिक कुरा सिकाउनेलाई तिनीहरू घृणा गर्छन्, र सत्य बोल्नेलाई कुनै पनि व्यक्तिलाई तिनीहरू उपहास गर्छन् ।
לכן יען בושסכם על דל ומשאת בר תקחו ממנו--בתי גזית בניתם ולא תשבו בם כרמי חמד נטעתם ולא תשתו את יינם | 11 |
किनभने तिमीहरूले गरिबहरूलाई कुल्चिन्छौ र ऊबाट गहुँको भाग लिन्छौ— तिमीहरूले कँदेका ढुङ्गाले घरहरू बनाएको भए तापनि, तिमीहरू त्यसमा बस्नेछैनौ । तिमीहरूसँग लहलहाउँदा दाखबारीहरू छन्, तर तिमीहरूले त्यसको दाखमद्य पाउनेछैनौ ।
כי ידעתי רבים פשעיכם ועצמים חטאתיכם צררי צדיק לקחי כפר ואביונים בשער הטו | 12 |
किनकि तिमीहरूका अपराधहरू कति छन् अनि तिमीहरूका पाप कति ठुला छन् भनी म जान्दछु— तिमीहरू जसले धर्मीलाई कष्ट दिन्छौ, घूस लिन्छौ, र सहरको मूलद्वारका दरिद्रहरूको न्यायहरण गर्छौ
לכן המשכיל בעת ההיא--ידם כי עת רעה היא | 13 |
यसकारण यस्तो समयमा विवेकी मानिस पनि चूपै लाग्छ, किनभने यो खराब समय हो ।
דרשו טוב ואל רע למען תחיו ויהי כן יהוה אלהי צבאות אתכם--כאשר אמרתם | 14 |
असल कुराको खोजी गर, खराबको होइन, जसले गर्दा तिमीहरू बाँच्नेछौ । यसरी तिमीहरूले भनेझैं, परमप्रभु, सर्वशक्तिमान् परमेश्वर, साँच्चै नै तिमीहरूसँग हुनुहुनेछ ।
שנאו רע ואהבו טוב והציגו בשער משפט אולי יחנן יהוה אלהי צבאות--שארית יוסף | 15 |
दुष्टतालाई घृणा गर, असल कुरालाई प्रेम गर, सहरको मूलद्वारमा न्याय कायम गर । सायद परमप्रभु, सर्वशक्तिमान् परमेश्वर योसेफका बाँकी रहेकाहरूसँग अनुग्रही हुनुहुनेछ ।
לכן כה אמר יהוה אלהי צבאות אדני בכל רחבות מספד ובכל חוצות יאמרו הו הו וקראו אכר אל אבל ומספד אל יודעי נהי | 16 |
यसकारण, परमप्रभु, सर्वशक्तिमान् परमेश्वर यस्तो भन्नुहुन्छ, “सबै चोकहरूमा रुवाबासी हुनेछ, र तिनीहरूले सबै सडकहरूमा यस्तो भन्नेछन्, ‘धिक्कार! धिक्कार!’ तिनीहरूले किसानहरूलाई विलाप गर्न र मलामीहरूलाई शोक गर्न बोलाउनेछन् ।
ובכל כרמים מספד כי אעבר בקרבך אמר יהוה | 17 |
सबै दाखबारीहरूमा रुवाबासी हुनेछ, किनकि म तिमीहरूका बिचबाट भएर जानेछु,” परमप्रभु भन्नुहुन्छ ।
הוי המתאוים את יום יהוה למה זה לכם יום יהוה הוא חשך ולא אור | 18 |
परमप्रभुको दिन चाहना गर्नेहरूलाई धिक्कार! तिमीहरू किन परमप्रभुको दिनको चाहना गर्दछौ? त्यो उज्यालो होइन तर अन्धकार हुनेछ,
כאשר ינוס איש מפני הארי ופגעו הדב ובא הבית--וסמך ידו על הקיר ונשכו הנחש | 19 |
जसरी कोही मानिस एउटा सिंहबाट भाग्छ र एउटा भालुले उसलाई भेटाउँछ, अर्थात् ऊ कुनै घरभित्र जान्छ र आफ्नो हात भित्तामा राख्छ अनि एउटा सर्पले उसलाई डस्छ ।
הלא חשך יום יהוה ולא אור ואפל ולא נגה לו | 20 |
के परमप्रभुको दिन उज्यालो नभई अन्धकार हुनेछैन र? अन्धकार र कुनै उज्यालो नभएको?
שנאתי מאסתי חגיכם ולא אריח בעצרתיכם | 21 |
“म तिमीहरूका चाडहरूलाई घृणा गर्दछु, म तिरस्कार गर्दछु, तिमीहरूका धार्मिक सभाहरूमा म खुसी हुन्नँ ।
כי אם תעלו לי עלות ומנחתיכם לא ארצה ושלם מריאיכם לא אביט | 22 |
तिमीहरूले मलाई होमबलि र अन्नबलि चढाए तापनि, म ती ग्रहण गर्नेछैनँ, न त तिमीहरूका मोटा पशुहरूको मेलबलि नै म हेर्नेछु ।
הסר מעלי המון שריך וזמרת נבליך לא אשמע | 23 |
तिमीहरूका गीतहरूको हल्ला मबाट हटाओ । तिमीहरूका वीणाहरूका धुन म सुन्नेछैनँ ।
ויגל כמים משפט וצדקה כנחל איתן | 24 |
बरु, इन्साफ पानीझैं बगोस्, र धार्मिकताचाहिं निरन्तर बगिरहने खोलाझैं होस् ।
הזבחים ומנחה הגשתם לי במדבר ארבעים שנה--בית ישראל | 25 |
ए इस्राएलको घराना, चालिस वर्ष मरुभूमिमा हुँदा, के तिमीहरूले मेरो निम्ति बलिदानहरू र भेटीहरू ल्यायौ र?
ונשאתם את סכות מלככם ואת כיון צלמיכם--כוכב אלהיכם אשר עשיתם לכם | 26 |
तिमीहरूले आफ्ना राजा सिक्कुथ, र आफ्ना तारा-देवता काइवानको मूर्ति खडा गरेका छौ, जसलाई तिमीहरूले आफ्ना निम्ति बनायौ ।
והגליתי אתכם מהלאה לדמשק אמר יהוה אלהי צבאות שמו | 27 |
यसकारण म तिमीहरूलाई दमस्मसभन्दा पर निर्वासनमा पठाउनेछु,” परमप्रभु भन्नुहुन्छ, जसको नाउँ सर्वशक्तिमान् परमेश्वर हो ।