< שמואל ב 10 >

ויהי אחרי כן וימת מלך בני עמון וימלך חנון בנו תחתיו 1
पछि यस्‍तो भयो, अम्‍मोनका मानिसहरूका राजाको मृत्यु भयो, र पछि तिनका छोरा हानून तिनको सट्टामा राजा भए ।
ויאמר דוד אעשה חסד עם חנון בן נחש כאשר עשה אביו עמדי חסד וישלח דוד לנחמו ביד עבדיו אל אביו ויבאו עבדי דוד ארץ בני עמון 2
दाऊदले भने, “तिनका बुबा नाहाशेले मलाई दया देखाएझैँ, म नाहाशका छोरा हानूनलाई दया देखाउने छु ।” त्यसैले दाऊदले तिनका बुबाको सम्बन्धमा हानूनलाई सान्त्वना दिन आफ्‍ना सेवकहरूलाई पठाए । तिनका सेवकहरू अम्‍मोनको मानिसहरूको देशमा पसे ।
ויאמרו שרי בני עמון אל חנון אדניהם המכבד דוד את אביך בעיניך--כי שלח לך מנחמים הלוא בעבור חקר את העיר ולרגלה ולהפכה שלח דוד את עבדיו אליך 3
तर अम्‍मोनका मानिसहरूका अगुवाहरूलले आफ्‍ना मालिक हानूनलाई भने, “के साँच्‍चै दाऊदले तपाईंलाई सान्त्वना दिन मानिसहरू पठाएर तपाईंको बुबालाई आदर गर्दै छन् भनी तपाईं साँच्‍चै विचार गर्नुहुन्‍छ? के दाऊदले यो सहरलाई नाश गर्न यसको जासुसी गर्न र यसलाई हेर्न तिनका सेवकहरूलाई पठाएका होइनन् र?”
ויקח חנון את עבדי דוד ויגלח את חצי זקנם ויכרת את מדויהם בחצי עד שתותיהם וישלחם 4
त्यसैले हानूनले दाऊदका सेवकहरूलाई समाते, तिनीहरूका दाह्री आधा खौरे, तिनीहरूको जाँघसम्म तिनीहरूको पोशाक काटिदिए र तिनीहरूलाई पठाए ।
ויגדו לדוד וישלח לקראתם כי היו האנשים נכלמים מאד ויאמר המלך שבו בירחו עד יצמח זקנכם ושבתם 5
जब तिनीहरूले यो कुरा दऊदलाई बताए, तब तिनले तिनीहरूलाई भेट्न मानिसहरूलाई पठाए, किनकि यी मानिसहरू साह्रै लज्‍जित भएका थिए । राजाले भने, “तिमीहरूको दाह्री फेरि नबढेसम्म यरीहोमा नै बस र त्‍यसपचि फर्क ।”
ויראו בני עמון כי נבאשו בדוד וישלחו בני עמון וישכרו את ארם בית רחוב ואת ארם צובא עשרים אלף רגלי ואת מלך מעכה אלף איש ואיש טוב שנים עשר אלף איש 6
जब अम्‍मोनका मानिसहरूले उनीहरू दाऊदको निम्ति दुर्गन्धित भएका थिए भन्‍ने थाहा पाए, अम्‍मोनका मानिसहरूले दूतहरू पठाए र बेथ-रहोब र सोबाका बिस हजार आरामी पैदल सिपाही, दश हजार सिपाहीसहित माकाका राजा र बाह्र हजार पुरुषसहित तोबका मानिसहरूलाई भाडामा लिए ।
וישמע דוד וישלח את יואב ואת כל הצבא הגברים 7
जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।
ויצאו בני עמון ויערכו מלחמה פתח השער וארם צובא ורחוב ואיש טוב ומעכה לבדם בשדה 8
अम्‍मोनीहरू बाहिर निस्‍के र आफ्‍नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।
וירא יואב כי היתה אליו פני המלחמה מפנים ומאחור ויבחר מכל בחורי בישראל (ישראל) ויערך לקראת ארם 9
जब योआबले अगाडी र पछाडी दुवैतिरबाट युद्धको मोर्चाले आफूतिर सामना गरेको देखे, तिनले इस्राएलका केही उत्कृष्‍ट योद्धाहरूलाई छाने र तिनीहरूलाई आरामीहरूको विरुद्ध परिचालन गरे ।
ואת יתר העם נתן ביד אבשי אחיו ויערך לקראת בני עמון 10
तिनका बाँकी मानिसलाई तिनले आफ्नो भाइ अबीशैको अधीनमा दिए र तिनले उनीहरूलाई बाहिर अम्‍मोनको फौज विरुद्ध लड्नलाई पठाए ।
ויאמר אם תחזק ארם ממני--והיתה לי לישועה ואם בני עמון יחזקו ממך והלכתי להושיע לך 11
योआबले भने, “आरामीहरू मेरो निम्ति साह्रै बलियो भए भने तिमी अबीशै मेरो उद्धार गर्नुपर्छ । तर अम्‍मोनका फौज तिम्रो निम्ति निकै बलिया भए भने, म आउने छु र तिम्रो उद्धार गर्ने छु ।
חזק ונתחזק בעד עמנו ובעד ערי אלהינו ויהוה יעשה הטוב בעיניו 12
बलियो होओ, र हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरको सहरहरूका हामी आफूलाई बलियो प्रकट गरौं, किनकि परमप्रभुले आफ्‍ना मानिसका निम्‍ति जे असल हुन्‍छ सो गर्नुहुने छ ।”
ויגש יואב והעם אשר עמו למלחמה בארם וינסו מפניו 13
त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्‍न बाध्य भए ।
ובני עמון ראו כי נס ארם וינסו מפני אבישי ויבאו העיר וישב יואב מעל בני עמון ויבא ירושלם 14
जब अम्‍मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्‍मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।
וירא ארם כי נגף לפני ישראל ויאספו יחד 15
जब आरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भएको देखे, तब उनीहरूले फेरि आफूलाई एकसाथ भेला पारे ।
וישלח הדדעזר ויצא את ארם אשר מעבר הנהר ויבאו חילם ושובך שר צבא הדדעזר לפניהם 16
त्यसपछि हददेजेरले यूफ्रेटिस नदी पारिका आरामी सेनाहरूलाई पनि लिन पठाए । उनीहरू हेलाममा आए र हददेजरका फौजका कमाण्‍डर शोबाक तिनीहरूको अगिअगि गए ।
ויגד לדוד ויאסף את כל ישראל ויעבר את הירדן ויבא חלאמה ויערכו ארם לקראת דוד וילחמו עמו 17
जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।
וינס ארם מפני ישראל ויהרג דוד מארם שבע מאות רכב וארבעים אלף פרשים ואת שובך שר צבאו הכה וימת שם 18
आरामीहरू इस्राएलको सामुबाट भागे र दाऊदले उनीहरूका रथका सात सय मानिस र चालिस हजार घोडचढीलाई मारे । उनीहरूका फौजका कमाण्‍डर शोबक घाइते भए र त्यहीँ मरे ।
ויראו כל המלכים עבדי הדדעזר כי נגפו לפני ישראל וישלמו את ישראל ויעבדום ויראו ארם להושיע עוד את בני עמון 19
जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।

< שמואל ב 10 >