< דברי הימים א 4 >

בני יהודה פרץ חצרון וכרמי וחור ושובל 1
यहूदाका सन्‍तानहरू फारेस, हेस्रोन, कर्मी, हूर र शोबाल थिए ।
וראיה בן שובל הליד את יחת ויחת הליד את אחומי ואת להד אלה משפחות הצרעתי 2
शोबाल रायाहका पिता थिए । रायाह यहतका पिता थिए । यहत अहूमै र लहदका पिता थिए । सोरातीहरूका वंश यी नै थिए ।
ואלה אבי עיטם יזרעאל וישמא וידבש ושם אחותם הצללפוני 3
एताम सहरका वंशहरूका पुर्खाहरू यिनै थिएः यिजरेल, यिश्‍मा, यिदबश । तिनीहरूकी बहिनीको नाउँ हस्‍सलेलपोनी थियो ।
ופנואל אבי גדר ועזר אבי חושה אלה בני חור בכור אפרתה אבי בית לחם 4
पनूएलचाहिं गदोर सहरका वंशका पुर्खा थिए । एसेर हूशका वंश सुरु गर्ने व्यक्ति थिए । एप्रातका जेठा छोरा र बेथलेहेमको सुरु गर्ने व्यक्ति हूरका सन्तान थिए ।
ולאשחור אבי תקוע היו שתי נשים חלאה ונערה 5
तकोका पिता अश्‍शूरका दुई पत्‍नीहरू हेलह र नारा थिए ।
ותלד לו נערה את אחזם ואת חפר ואת תימני ואת האחשתרי אלה בני נערה 6
नाराले तिनको निम्‍ति अहुज्‍जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्‍माइन्‌ । नाराका छोराहरू यि नै थिए ।
ובני חלאה--צרת יצחר (וצחר) ואתנן 7
हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,
וקוץ הוליד את ענוב ואת הצבבה ומשפחת אחרחל בן הרום 8
र कोस थिए । कोसचाहिं आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।
ויהי יעבץ נכבד מאחיו ואמו קראה שמו יעבץ לאמר כי ילדתי בעצב 9
याबेस आफ्‍ना दाजुभाइभन्‍दा आदरणीय थिए । तिनकी आमाले तिनलाई याबेस नाउँ दिइन् । तिनले बनिन्, “किनभने मैले त्‍यसलाई वेदनामा जन्‍माएँ ।”
ויקרא יעבץ לאלהי ישראל לאמר אם ברך תברכני והרבית את גבולי והיתה ידך עמי ועשית מרעה לבלתי עצבי--ויבא אלהים את אשר שאל 10
याबेसले इस्राएलीहरूका परमेश्‍वरलाई पुकारा गरे र यसो भने, “तपाईंले मलाई साँच्‍चै आशिष्‌ दिनुहुन्‍छ भने, मेरो इलाका बढाउनुहोस्, र तपाईंको हात ममाथि रहोस् । तपाईंले यसो गर्नुहुँदा तपाईंले मलाई जोखिमबाट जोगाउनुहुन्‍छ, जसले गर्दा म पीडामुक्‍त हुन सक्‍छु ।” यसैले परमेश्‍वरले तिनको बिन्‍ती सुन्‍नुभयो ।
וכלוב אחי שוחה הוליד את מחיר הוא אבי אשתון 11
शूहहका भाइ कलूब मेहीरका पिता बने, जो एश्‍तोनका पिता थिए ।
ואשתון הוליד את בית רפא ואת פסח ואת תחנה אבי עיר נחש אלה אנשי רכה 12
एश्‍तोन बेथ-रापा, पसेह र इर-नाहशका पिता तहिन्‍नाका पिता बने । यिनीहरू रेकाका मानिसहरू थिए ।
ובני קנז עתניאל ושריה ובני עתניאל חתת 13
कनजका छोराहरू ओत्‍निएल र सरायाह थिए । ओत्‍निएलका छोराहरू हतत र मोनोतै थिए ।
ומעונתי הוליד את עפרה ושריה הוליד את יואב אבי גיא חרשים--כי חרשים היו 14
मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।
ובני כלב בן יפנה עירו אלה ונעם ובני אלה וקנז 15
यपुन्‍नेका छोरा कालेबका छोराहरू ईरू, एलाह र नआम थिए । एलाहका छोरा कनज थिए ।
ובני יהללאל--זיף וזיפה תיריא ואשראל 16
यहललेलका छोराहरू जीप, जीपा, तीरया र असरेल थिए ।
ובן עזרה--יתר ומרד ועפר וילון ותהר את מרים ואת שמי ואת ישבח אבי אשתמע 17
एज्रहका छोराहरू येतेर, मेरेद, एपेर, यालोन थिए । मेरेदले विवाह गरेकी मिश्री बित्‍याहले मिरियम, शम्‍मै र एश्‍तमोका पिता यिश्‍बहलाई जन्‍माइन्‌ ।
ואשתו היהדיה ילדה את ירד אבי גדור ואת חבר אבי שוכו ואת יקותיאל אבי זנוח ואלה בני בתיה בת פרעה אשר לקח מרד 18
यिनीहरू मेरेदले बिहा गरेर ल्याएकी फारोकी छोरी बित्याहका छोराहरू थिए । मेरेदकी यहूदी पत्‍नीले गदोरका पिता येरेद, सोखोका पिता हेबेर र जानोहका पिता यकूतीएललाई जन्माइन् ।
ובני אשת הודיה--אחות נחם אבי קעילה הגרמי ואשתמע המעכתי 19
नहमकी बहिनी होदियाहकी पत्‍नीका छोराहरूमध्ये एक गेरेमी कीलाहका पिता बने । अर्का माकाती एश्‍तमो थिए ।
ובני שימון--אמנון ורנה בן חנן ותולון (ותילון) ובני ישעי זוחת ובן זוחת 20
शिमोनका छोराहरू अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए ।
בני שלה בן יהודה--ער אבי לכה ולעדה אבי מרשה ומשפחות בית עבדת הבץ לבית אשבע 21
यहूदाका छोरा शेलहका सन्‍तानहरू लेकाका पिता एर्, मारेशाका पिता लादा, र बेथ-अश्‍बेयामा मलमलका कपडा बनाउनेहरूका वंशहरू,
ויוקים ואנשי כזבא ויואש ושרף אשר בעלו למואב--וישבי לחם והדברים עתיקים 22
योकीम, कोजेबाका मानिसहरू, र योआश र साराप, जसले मोआब र यशूबी-लेहेममा राज्‍य गरे । (यो विवरण प्राचीन लेखोटबाट लिइएको हो ।)
המה היוצרים וישבי נטעים וגדרה עם המלך במלאכתו ישבו שם 23
यि कुमालेहरू नतैम र गदेरामा बस्‍थे र राजाको निम्‍ति काम गर्थे ।
בני שמעון נמואל וימין יריב זרח שאול 24
शिमियोनका सन्‍तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए ।
שלם בנו מבשם בנו משמע בנו 25
शौलका छोरा शल्‍लूम थिए, शल्‍लूमका छोरा मिब्‍साम थिए, र मिब्‍सामका छोरा मिश्‍मा थिए ।
ובני משמע--חמואל בנו זכור בנו שמעי בנו 26
मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल, तिनका नाति जक्‍कूर, तिनका पनाति शिमी थिए ।
ולשמעי בנים ששה עשר ובנות שש ולאחיו אין בנים רבים וכל משפחתם לא הרבו עד בני יהודה 27
शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन ।
וישבו בבאר שבע ומולדה וחצר שועל 28
तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे ।
ובבלהה ובעצם ובתולד 29
तिनीहरू बिल्‍हा, एसेम, तोलद,
ובבתואל ובחרמה ובציקלג 30
बतूएल, होर्मा, सिक्‍लग,
ובבית מרכבות ובחצר סוסים ובבית בראי ובשערים אלה עריהם עד מלך דויד 31
बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए ।
וחצריהם עיטם ועין רמון ותכן ועשן ערים חמש 32
तिनीहरूका पाँच बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान थिए,
וכל חצריהם אשר סביבות הערים האלה--עד בעל זאת מושבתם והתיחשם להם 33
साथै बालातसम्‍मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्‍तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे ।
ומשובב וימלך ויושה בן אמציה 34
वंशका अगुवाहरू मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा,
ויואל ויהוא בן יושביה בן שריה בן עשיאל 35
योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
ואליועיני ויעקבה וישוחיה ועשיה ועדיאל וישימאל--ובניה 36
एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
וזיזא בן שפעי בן אלון בן ידיה בן שמרי בן שמעיה 37
र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए ।
אלה הבאים בשמות נשיאים במשפחותם ובית אבותיהם פרצו לרוב 38
माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे ।
וילכו למבוא גדר עד למזרח הגיא לבקש מרעה לצאנם 39
तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए ।
וימצאו מרעה שמן וטוב והארץ רחבת ידים ושקטת ושלוה כי מן חם הישבים שם לפנים 40
तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्‍त र सूनसान थियो । अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए ।
ויבאו אלה הכתובים בשמות בימי יחזקיהו מלך יהודה ויכו את אהליהם ואת המעינים (המעונים) אשר נמצאו שמה ויחרימם עד היום הזה וישבו תחתיהם כי מרעה לצאנם שם 41
यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्‍यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर ।
ומהם מן בני שמעון הלכו להר שעיר אנשים חמש מאות ופלטיה ונעריה ורפיה ועזיאל בני ישעי--בראשם 42
तिबाट, शिमियोनका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएललाई आफ्‍ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए ।
ויכו את שארית הפלטה לעמלק וישבו שם עד היום הזה 43
तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्‌ ।

< דברי הימים א 4 >