< דברי הימים א 23 >
ודויד זקן ושבע ימים וימלך את שלמה בנו על ישראל | 1 |
जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।
ויאסף את כל שרי ישראל והכהנים והלוים | 2 |
पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए ।
ויספרו הלוים מבן שלשים שנה ומעלה ויהי מספרם לגלגלתם לגברים שלשים ושמונה אלף | 3 |
तीस वर्ष र त्योभन्दा बढी उमेरका लेवीहरूको सङ्ख्याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो ।
מאלה לנצח על מלאכת בית יהוה עשרים וארבעה אלף ושטרים ושפטים ששת אלפים | 4 |
“तिमध्येका चौबीस हजारको काम परमप्रभुका मन्दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
וארבעת אלפים שערים וארבעת אלפים מהללים ליהוה בכלים אשר עשיתי להלל | 5 |
चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्नपर्छ,” दाऊदले भने ।
ויחלקם דויד מחלקות לבני לוי לגרשון קהת ומררי | 6 |
तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।
लादान र शिमी गेर्शोनका वंशका थिए ।
בני לעדן הראש יחיאל וזתם ויואל--שלשה | 8 |
लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए ।
בני שמעי שלמות (שלמית) וחזיאל והרן--שלשה אלה ראשי האבות ללעדן | 9 |
शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए ।
ובני שמעי--יחת זינא ויעוש ובריעה אלה בני שמעי ארבעה | 10 |
शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।
ויהי יחת הראש וזיזה השני ויעוש ובריעה לא הרבו בנים ויהיו לבית אב לפקדה אחת | 11 |
यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्ति एकै वंशको रूपमा गनिए ।
בני קהת עמרם יצהר חברון ועזיאל--ארבעה | 12 |
कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए ।
בני עמרם אהרן ומשה ויבדל אהרן להקדישו קדש קדשים הוא ובניו עד עולם--להקטיר לפני יהוה לשרתו ולברך בשמו עד עולם | 13 |
अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो ।
ומשה איש האלהים--בניו יקראו על שבט הלוי | 14 |
तर परमेश्वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए ।
मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए ।
गेर्शोमका सन्तानमा शूबाएल जेठा थिए ।
ויהיו בני אליעזר רחביה הראש ולא היה לאליעזר בנים אחרים ובני רחביה רבו למעלה | 17 |
एलीएजरका सन्तान रहब्याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्याहका धेरै सन्तानहरू थिए ।
यिसहारका छोरा अगुवा शलोमीत थिए ।
בני חברון--יריהו הראש אמריה השני יחזיאל השלישי ויקמעם הרביעי | 19 |
हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्छ थिए ।
בני עזיאל--מיכה הראש וישיה השני | 20 |
उज्जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए ।
בני מררי מחלי ומושי בני מחלי אלעזר וקיש | 21 |
मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।
וימת אלעזר ולא היו לו בנים כי אם בנות וישאום בני קיש אחיהם | 22 |
एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे ।
בני מושי מחלי ועדר וירמות--שלושה | 23 |
मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।
אלה בני לוי לבית אבותיהם ראשי האבות לפקודיהם במספר שמות לגלגלתם עשה המלאכה לעבדת בית יהוה--מבן עשרים שנה ומעלה | 24 |
आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्योभन्दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।
כי אמר דויד הניח יהוה אלהי ישראל לעמו וישכן בירושלם עד לעולם | 25 |
किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।
וגם ללוים--אין לשאת את המשכן ואת כל כליו לעבדתו | 26 |
लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्नुपर्दैन ।”
כי בדברי דויד האחרונים המה מספר בני לוי מבן עשרים שנה ולמעלה | 27 |
किनकि दाऊदका अन्तिम वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरूको सङ्ख्या गनिए ।
כי מעמדם ליד בני אהרן לעבדת בית יהוה על החצרות ועל הלשכות ועל טהרת לכל קדש--ומעשה עבדת בית האלהים | 28 |
तिनीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्वरका मन्दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।
וללחם המערכת ולסלת למנחה ולרקיקי המצות ולמחבת ולמרבכת ולכל משורה ומדה | 29 |
उपस्थितिको रोटी, अन्नबलिको मसिनो पीठो, पातला अखमिरी रोटी, पोलेका र तेलमा पकाएका भेटीहरूको हेरविचार गर्नुपर्ने, अनि विभिन्न कुराहरू नाप्नको निम्ति ढक र तराजू तयार गर्नुपर्ने जिम्मा पनि तिनीहरूको थियो ।
ולעמד בבקר בבקר להדות ולהלל ליהוה וכן לערב | 30 |
हरेक बिहान परमप्रभुलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि तिनीहरू खडा हुन्थे । तिनीहरूले बेलुका,
ולכל העלות עלות ליהוה לשבתות לחדשים ולמעדים--במספר כמשפט עליהם תמיד לפני יהוה | 31 |
र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्थित हुनुपर्थ्यो ।
ושמרו את משמרת אהל מועד ואת משמרת הקדש ומשמרת בני אהרן אחיהם--לעבדת בית יהוה | 32 |
तिनीहरूको जिम्मामा भेट हुने पाल र पवित्रस्थान थिए, र आफ्ना आफन्त हारूनका सन्तानहरूलाई परमप्रभुका मन्दिरको सेवामा सहयोग गर्थे ।