< 1 Timoti 5 >
1 Kada ka tsauta wa dattijo. Sai dai ka gargade shi kamar mahaifi. Ka gargadi samari kamar 'yan'uwa.
वृद्धमानिसलाई नहाप्काऊ । बरू आफ्नै बाबुलाई झैँ सम्झाऊ । जवानहरूलाई आफ्नै भाइझैँ सम्झाऊ ।
2 Gargadi dattawa mata kamar iyaye mata, 'yan mata kamar 'yan'uwa mata cikin dukkan tsarki.
वृद्ध स्त्रीहरूलाई आमालाई झैँ र जवान स्त्रीहरूलाई सारा शुद्धतामा दिदीबहिनीलाई झैँ सम्झाऊ ।
3 Ka girmama gwamraye, gwamraye na gaske.
जो साँचो विधवाहरू हुन् तिनीहरूको आदर गर ।
4 Amma gwamruwar da take da 'ya'ya ko jikoki, bari su fara nuna bangirma cikin danginsu. Bari su sakawa iya-yensu, domin Allah yana jin dadin haka.
तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्वरलाई खुसी तुल्याउने कुरा हो ।
5 Amma gwamruwa ta gaske da ke ita kadai, ta kafa begenta ga Allah. Kullum tana tsananta yin roke-roke da addu'o'i dare da rana.
तर वास्तविक विधवा एक्लै छोडिन्छन् । तिनको आत्मा भरोसा परमेश्वरमा नै हुन्छ । तिेनी रातदिन बिन्ती र प्रार्थनामा रहन्छिन् ।
6 Amma, mace mai son zaman annashuwa ta riga ta mutu, ko da shike tana raye.
तैपनि मोजमस्तीको लागि जिउने स्त्री जीउदै मरेकी जस्तै हुन्छिन ।
7 Kuma ka yi wa'azin wadannan al'amura donsu zama marasa abin zargi.
र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।
8 Amma idan mutum bai iya biyan bukatun 'yan'uwansa ba, musamman iyalin gidansa, ya musunci bangaskiya, kuma gara marar bi da shi.
तर यदि कसैले आफ्ना नातेदारहरू विशेषगरी आफ्नै घरानाहरूको लागि जुटाउदैन भने उसले विश्वासलाई इन्कार गरेको हुन्छ र एउटा विश्वास नगर्ने भन्दा पनि खराब हुन्छ ।
9 Bari a lisafta mace gwamruwa idan ba ta kasa shekara sittin ba, matar miji daya.
साठी वर्ष भन्दा कम उमेर नभएका एउटै पतिको पत्नी भएर बसेकी स्त्रीलाई मात्र विधवाको सूचीमा राख्नु ।
10 A san ta da kyawawan ayyuka, ko ta kula da 'ya'yanta, ko tana mai karbar baki, ko mai wanke kafafun masubi, ko mai taimakon wadanda ake tsanantawa, mai naciya ga kowanne kyakkyawan aiki.
तिनी असल कामहरूले चिनिएको हुनुपर्छ चाहे तिनले छोराछोरीहरूको वास्ता गरेकी हुन् वा परदेशीहरूको सत्कार गरेकी हुन्, वा विश्वासीहरूका खुट्टा धोएकी हुन् वा जुनसुकै काममा समर्पित भएकी हुन् ।
11 Amma game da gwamraye masu kuruciya, kada a sa su cikin lissafi. Domin idan suka fada cikin sha'awoyin jiki da ke gaba da Almasihu, sukan so su yi aure.
तर जवान बिधवाहरुलाई सूचीमा लेख्न इन्कार गर । किनभने जब तिनीहरूलाई ख्रीष्ट विरूद्ध शारीरिक अभिलाषाको अघि हार खान्छन्, तिनीहरूले विवाह गर्ने इच्छा गर्छन् ।
12 Ta wannan hanya ce sun tara wa kansu tsarguwa saboda sun tada alkawarinsu na fari.
यसरी तिनीहरूले पहिलेको प्रतिबद्धता तोडेर दोषको वशमा पर्छन् ।
13 Sun saba da halin ragwanci, suna yawo gida gida. Ba zama raggwaye kawai su ka yi ba. Amma sun zama magulmata, masu shishshigi, masu karambani. Suna fadin abin da bai dace ba.
तिनीहरू अल्छी गर्ने पनि हुन्छन् । तिनीहरू अल्छी गर्ने मात्र होइन तर कुरौटे र अर्काको काममा हस्तक्षेप गर्ने पनि बन्छन् । तिनीहरूल भन्न नहुने कुरा भन्छन् ।
14 Saboda haka ina so gwamraye masu kuruciya su yi aure, su haifi 'ya'ya, su kula da gida, domin kada a ba magabci zarafin zargin mu ga aikata mugunta.
यसकारण म चाहन्छु जवान स्त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्चा जन्माउन, घरवार चलाऊन् ।
15 Domin wadansu sun rigaya sun kauce zuwa ga bin shaidan.
किनभने कोही त अघि नै शैतानको पछि लागिसकेका छन् ।
16 Idan wata mace mai bada gaskiya tana da gwamraye, bari ta taimakesu, don kada a nawaita wa Ikilisiya, domin Ikilisiya ta iya taimakon gwamraye na gaske.
यदि कोही विश्वासी स्त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।
17 Dattawa wadanda suke mulki da kyau sun cancanci girmamawa ninki biyu, musamman wadanda suke aiki da kalma da kuma koyarwa.
असल तरिकाले प्रशासन चलाउने एल्डरहरू दोब्बर आदरकायोग्य ठानिऊन् ।
18 Gama nassi ya ce, “Kada a sa takunkumi a bakin takarkari lokacin da yake sussukar hatsi,” kuma “Ma'aikaci ya cancanci a biya shi hakinsa.”
किनभने पवित्रशास्त्र भन्छ, “तिमीहरूले दाँइ गर्दै गरेको गोरुको मुखमा मोहोलो नलगाऔ” र “कामदार उसको ज्यालाको योग्य हुन्छ ।”
19 Kada ka karbi zargi game da dattijo sai shaidu sun kai biyu ko uku.
दुई वा तीन जना साक्षीहरू बिना एउटा एल्डरको विरूद्ध लगाइएको आरोप स्वीकार नगर ।
20 Ka tsauta wa masu zunubi gaban kowa domin sauran su ji tsoro.
पापीहरूलाई सबैको सामु सुधार गर ताकि बाकी रहेकाहरू पनि डराऊन् ।
21 Na umarce ka a gaban Allah, da Almasihu Yesu, da zababbun mala'iku ka kiyaye ka'idodin nan ban da hassada kuma kada ka yi komai da nuna bambanci.
परमेश्वरको, ख्रीष्ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
22 Kada ka yi garajen dibiya wa kowa hannuwa. Kada ka yi tarayya cikin zunuban wani. Ka tsare kanka da tsabta.
कसैमाथि पनि हात राख्न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्नु पर्छ ।
23 Kada ka ci gaba da shan ruwa. Amma, maimakon haka ka sha ruwan inabi kadan saboda cikinka da yawan rashin lafiyarka.
तिमीले पानी मात्र नपिउनू बरू त्यसको सट्टा पेट र तिम्रो घरिघरि हुने बिमारको निम्ति थोरै दाखमद्य खाने गर ।
24 Zunuban wadansu mutane a bayyane suke, sun yi gaba da su cikin hukunci. Amma wadansu zunubansu na bin baya.
केही मानिसहरूका पापहरू स्पष्ट देखिने हुन्छन् र ती पापहरू तिनीहरू अघि नै न्यायमा जान्छन् । तर केही पापहरू पछि मात्र जान्छन् ।
25 Haka kuma, wadansu kyawawan ayyukansu a bayyane suke, amma wadan sun ma ba su boyuwa.
त्यसैगरी केही असल कामहरू स्पष्ट हुन्छन्, तर अरूहरू पनि लुकाउन सकिन्नन् ।