< Zabura 72 >

1 Ta Solomon. Ka tanada sarki da shari’arka ta gaskiya, ya Allah, ɗan sarki da adalcinka.
हे परमेश्‍वर, राजालाई आफ्‍नो धार्मिक आदेशहरू दिनुहोस् । राजाको छोरालाई तपाईंको धार्मिकता दिनुहोस् ।
2 Zai shari’anta mutanenka da adalci, marasa ƙarfinka da shari’ar gaskiya.
तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् ।
3 Duwatsu za su kawo wadata ga mutane, tuddai kuma su ba da amfani na adalci.
पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् ।
4 Zai kāre marasa ƙarfi a cikin mutane yă kuma cece’ya’yan masu bukata; zai murƙushe masu danniya.
उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
5 Zai jimre muddin rana tana nan, muddin akwai wata, har dukan zamanai.
सूर्य रहेसम्म र चद्रमा रहुन्‍जेलसम्म सबै पुस्ताहरूमा, तिनीहरूले तपाईंको आदर गरून् ।
6 Zai zama kamar ruwan sama mai fāɗuwa a filin ciyayin da aka yanka, kamar yayyafi mai ba wa duniya ruwa.
काटेको घाँसमा झरीपरेझैं र पृथ्वीलाई भिजाउने झरीझैं उनी तल आऊन् ।
7 A kwanakinsa adalai za su haɓaka wadata za tă yalwata har sai babu sauran wata.
उनको समयमा धर्मीहरूको फलिफाप होस् र चद्रमाको लोप नभएसम्‍म त्‍यहाँ प्रशस्‍त शान्ति होस् ।
8 Zai yi mulki daga teku zuwa teku kuma daga Kogi zuwa iyakar duniya.
उनले समुद्रदेखि समुद्रसम्म र नदीदेखि पृथ्वीको अन्तिम छेउसम्म अधीन गरून् ।
9 Kabilun hamada za su rusuna a gabansa abokan gābansa kuwa za su lashe ƙura.
उजाडस्‍थानमा बस्‍नेहरू उनको सामु घोप्‍टो परेर दण्डवत गरून् । उनका शत्रुहरूले धूलो चाटून् ।
10 Sarakunan Tarshish da na bakin kogi masu nisa za su ba da gandu gare shi; sarakunan Sheba da Seba za su ba shi kyautai.
तर्शीश र टापूहरूका राजाहरूले कर तिरून् । शेबा र शेबाका राजहरूले उपहारहरू ल्याऊन् ।
11 Dukan sarakuna za su rusuna masa kuma dukan al’ummai za su bauta masa.
वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
12 Gama zai ceci masu bukatan da suka yi kuka, marasa ƙarfin da ba su da mai taimako.
उनले पुकारा गर्ने दरिद्रलाई र अरू कुनै सहायक नभएका गरीबलाई सहायता गर्छन् ।
13 Zai ji tausayin gajiyayyu da masu bukata yă ceci masu bukata daga mutuwa.
उनले गरीब र दरिद्रहरूलाई दया गर्छन् र उनले दरिद्रहरूको जीवन बचाउँछन् ।
14 Zai kuɓutar da su daga danniya da rikici, gama jininsu yake a gabansa.
उनले थिचोमिचो र हिंसाबाट तिनीहरूको जीवन बचाउँछन्, उनको दृष्‍टिमा तिनीहरूका रगत बहुमूल्य हुन्‍छ ।
15 Bari yă yi doguwar rayuwa! Bari a ba shi zinariya daga Sheba. Bari mutane su riƙa yin addu’a dominsa su kuma albarkace shi dukan yini.
उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् ।
16 Bari hatsi yă yalwata a duk fāɗin ƙasar; bari yă cika bisan tuddai. Bari’ya’yan itatuwansa su haɓaka kamar Lebanon; bari yă bazu kamar ciyayi a gona.
देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् ।
17 Bari sunansa yă dawwama har abada; bari yă ci gaba muddin rana tana nan. Dukan al’ummai za su sami albarka ta wurinsa, za su kuma ce da shi mai albarka.
उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
18 Yabo ya tabbata ga Ubangiji Allah, Allah na Isra’ila, wanda shi kaɗai ya aikata abubuwa masu banmamaki.
परमप्रभु परमेश्‍वर, इस्राएलको परमेश्‍वर धन्यको होऊन्, जसले मात्र अचम्‍मका कामहरू गर्नुहुन्छ ।
19 Yabo ya tabbata ga sunansa mai ɗaukaka har abada; bari dukan duniya ta cika da ɗaukakarsa.
उहाँको महिमित नाउँ सदासर्वदा धन्यको होस् र सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण होस् । आमेन र आमेन ।
20 Wannan ya kammala addu’o’in Dawuda ɗan Yesse.
यिशैका छोरा दाऊदका प्रार्थनाहरू सकिएको छ ।

< Zabura 72 >