< Zabura 52 >
1 Don mai bi da kaɗe-kaɗe. Wani maskil ta Dawuda. Sa’ad da Doyeg mutumin Edom ya tafi wurin Shawulu ya ce masa, “Dawuda ya tafi gidan Ahimelek.” Me ya sa kake fariya game da mugunta, kai babban mutum? Me ya sa kake fariya dukan yini, kai da kake abin kunya a idanun Allah?
हे वीर मानिस, दुःख दिनमा तिमी किन घमण्ड गर्छौ? परमेश्वरको करारको विश्वस्तता हरेक दिन आउँछ ।
2 Harshenka kan shirya hallaka; yana nan kamar reza mai ci, kana ta ruɗu.
छलपूर्ण रूपले काम गरेर तिम्रो जिब्रोले धारिलो छुराले जस्तै विनाशको योजना बनाउँछ ।
3 Kana ƙaunar mugunta fiye da alheri, ƙarya a maimakon faɗin gaskiya. (Sela)
तिमीले असलभन्दा खराब र धार्मिकताभन्दा झुट बोल्न रुचाउँछौ । सेला
4 Kana ƙaunar kowace kalmar cutarwa, Ya kai harshe mai ruɗu!
तँ चली जिब्रो, तँ अरूलाई निल्ने सबै कुराहरू रुचाउँछस् ।
5 Tabbatacce Allah zai kai ka ga madawwamiyar hallaka. Zai fizge ka yă yayyage ka daga tentinka; zai tumɓuke ka daga ƙasar masu rai. (Sela)
परमेश्वरले तँलाई त्यसरी नै सदासर्वदाको निम्ति नाश पार्नुहुनेछ । उहाँले तँलाई माथि उठाउनुहुनेछ, तेरो पालबाट तँलाई निकाल्नुहुनेछ र जीवितहरूको देशबाट तँलाई उखेल्नुहुनेछ । सेला
6 Masu adalci za su ga su ji tsoro; za su yi masa dariya, suna cewa,
धर्मीहरूले यो देख्नेछन् र भय मान्नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्नेछन्,
7 “Yanzu, ga mutumin da bai mai da Allah mafakarsa ba amma ya dogara a yawan arzikinsa ya kuma yi ƙarfi ta wurin hallaka waɗansu!”
“हेर, यो मानिसले परमेश्वरलाई आफ्नो शरणस्थान बनाएन, तर त्यसले आफ्नो समपत्तिको प्रशस्ततामा भरोसा गर्यो । र त्यसले अरूको विनाश गर्दा त्यो बलियो थियो ।”
8 Amma ni kamar itace zaitun ne ina haɓaka a gidan Allah; na dogara ga ƙauna marar ƙarewa ta Allah har abada abadin.
तर मेरो बारेमा, परमेश्वरको मन्दिरमा म हरियो जैतूनको रूखजस्तो छु । म परमेश्वरको करारको विश्वस्ततामा सदासर्वदा भरोसा गर्नेछु ।
9 Zan yabe ka har abada game da abin da ka yi; a cikin sunanka zan dogara, gama sunanka yana da kyau. Zan yabe ka a gaban tsarkakanka.
तपाईंले जे गर्नुभएको छ त्यसको निम्ति म तपाईंलाई सदासर्वदा धन्यवाद चढाउनेछु । तपाईंका भक्तजनहरूका उपस्थितिमा म तपाईंको नाउँको आसा गर्नेछु, किनकि यो असल हो ।