< Zabura 14 >
1 Don mai bi da kaɗe-kaɗe. Ta Dawuda. Wawaye sukan ce a ransu, “Ba Allah.” Sun lalace, ayyukansu kuwa mugaye ne; babu wani da yake yi abu mai kyau.
मूर्खले आफ्नो हृदयमा भन्छ, “परमेश्वर हुनुहुन्न ।” तिनीहरू भ्रष्ट छन् र घृणित अधर्म गरेका छन् । असल गर्ने कोही छैन ।
2 Ubangiji ya duba daga sama a kan’yan adam don yă ga ko akwai wani da ya gane, wani wanda yake neman Allah.
बुझ्ने कोही छन् कि, परमप्रभुलाई खोज्ने कोही छन् कि भनी हेर्न उहाँले मानवजातिका छोराछोरीलाई स्वर्गबाट हेर्नुहुन्छ ।
3 Duka sun kauce, duka gaba ɗaya sun zama lalatattu; babu ɗaya wanda yake yin abu mai kyau, ba ko ɗaya.
तिनीहरू सबै बरालिएका छन् । तिनीहरू एकसाथ भ्रष्ट भएका छन् । असल गर्ने कोही छैन, अहँ, एक जना पनि छैन ।
4 Masu aikata mugunta za su taɓa koyo. Suna cin mutane yadda mutane ke cin gurasa kuma waɗanda ba sa kira bisa Ubangiji?
तिनीहरू जसले अधर्म गर्छन्, तिनीहरू जसले मेरा मानिसहरूलाई रोटीझैं खान्छन्, तर जसले पमरप्रभुलाई पुकारा गर्दैन, के तिनीहरूले केही कुरा पनि जान्दैनन् र?
5 Ga su, tsoro ya sha kansu, gama Allah yana cikin ƙungiyar adalai.
तिनीहरू डरले कम्छन्, किनकि परमेश्वर धर्मी सभामा हुनुहुन्छ ।
6 Ku masu mugunta kuna sa ƙoƙarin matalauta yă zama banza, amma Ubangiji ne mafakansu.
तिमीहरू गरीब व्यक्तिको अपमान गर्ने इच्छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ ।
7 Kash, da ceton Isra’ila zai fito daga Sihiyona mana! Sa’ad da Ubangiji zai maido da sa’ar mutanensa, bari Yaƙub yă yi farin ciki Isra’ila kuma yă yi murna!
ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्दित हुनेछ र इस्राएल खुसी हुनेछ ।