< Zabura 118 >

1 Ku gode wa Ubangiji, gama nagari ne shi; ƙaunarsa madawwamiya ce har abada.
परमप्रभुलाई धन्यवाद चढाओ, किनकि उहाँ भलो हुनुहुन्‍छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।
2 Bari Isra’ila yă ce, “Ƙaunarsa madawwamiya ce har abada.”
इस्राएलले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
3 Bari gidan Haruna yă ce, “Ƙaunarsa madawwamiya ce har abada.”
हारूनको घरानाले भनोस्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
4 Bari waɗanda suke tsoron Ubangiji su ce, “Ƙaunarsa madawwamiya ce har abada.”
बफादार भएर परमप्रभुको अनुसरण गर्नेहरूले भनून्, “उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्‍छ ।”
5 Cikin azabata na yi kuka ga Ubangiji, ya kuwa amsa ta wurin’yantar da ni.
मेरो संकष्‍टमा मैले परमप्रभुलाई पुकारा गरें । परमप्रभुले मलाई जवाफ दिनुभयो र मलाई स्‍वतन्त्र गर्नुभयो ।
6 Ubangiji yana tare da ni; ba zan ji tsoro ba. Me mutum zai yi mini?
परमप्रभु मसँग हुनुहुन्छ । म भयभीत हुनेछैन । मानिसले मलाई के गर्न सक्छ र?
7 Ubangiji yana tare da ni; shi ne mai taimakona. Zan yi nasara a kan abokan gābana.
परमप्रभु मेरो सहायकको रूपमा मेरो पक्षमा हुनुहुन्छ । मलाई घृणा गर्नेहरूलाई म विजयको दृष्‍टिले हे्र्नेछु ।
8 Ya fi kyau in nemi mafaka a wurin Ubangiji da in dogara ga mutum.
मानिसमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
9 Ya fi kyau in nemi mafaka a wurin Ubangiji da in dogara ga sarakuna.
कसैले शासकहरूमा भरोसा गर्नुभन्दा परमप्रभुमा शरण लिनु असल हुन्छ ।
10 Dukan al’ummai sun kewaye ni, amma a cikin sunan Ubangiji na hallaka su.
सबै जातिले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
11 Sun kewaye ni a kowane gefe, amma a cikin sunan Ubangiji na hallaka su.
तिनीहरूले मलाई घेरा हाले । हो, तिनीहरूले मलाई घेरा हाले । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
12 Sun rufe ni kamar ƙudan zuma, amma suka mutu nan da nan kamar ƙayayyuwa masu cin wuta; a cikin sunan Ubangiji na hallaka su.
तिनीहरूले मलाई मौरीहरूले झैं घेरा हाले । काँढाहरू बिचको आगो जत्तिकै छिटो तिनीहरू लोप भए । परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें ।
13 An ture ni baya na kusa fāɗuwa, amma Ubangiji ya taimake ni.
तिनीहरूले मलाई गिराउनलाई आक्रमण गरे, तर परमप्रभुले मलाई सहायता गर्नुभयो ।
14 Ubangiji ne ƙarfina da waƙata; ya zama mai cetona.
परमप्रभु मेरो बल र आनन्द हुनुहुन्छ, अनि मलाई बचाउने उहाँ नै हुनुहुन्छ ।
15 Sowa ta farin ciki da nasara sun fito a cikin tentunan adalai, “Hannun dama na Ubangiji ya aikata manyan abubuwa!
धर्मीहरूका पालहरूमा विजयको आनन्‍दित सोर सुनिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
16 An ɗaga hannun dama na Ubangiji sama; hannun dama na Ubangiji ya aikata manyan abubuwa!”
परमप्रभुको दाहिने बाहुली उच्‍च पारिन्छ । परमप्रभुको दाहिने बाहुलीले विजय प्राप्‍त गर्छ ।
17 Ba zan mutu ba amma zan rayu, zan kuwa yi shelar abin da Ubangiji ya yi.
म मर्नेछैन, तर जिउनेछु र परमप्रभुका कामहरू घोषणा गर्नेछु ।
18 Ubangiji ya hore ni sosai, amma bai ba da ni ga mutuwa ba.
परमप्रभुले मलाई कठोर किसिमले दण्ड दिनुभएको छ । तर उहाँले मलाई मृत्युमा सुम्पिनुभएको छैन ।
19 Buɗe mini ƙofofin adalci; zan shiga in kuma yi godiya ga Ubangiji.
मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।
20 Wannan ne ƙofar Ubangiji inda adalai za su shiga.
यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्‍छ ।
21 Zan yi maka godiya, domin ka amsa mini; ka zama mai cetona.
म तपाईंलाई धन्यवाद दिनेछु, किनकि तपाईंले मलाई जवाफ दिनुभयो र तपाईं मेरो उद्धार हुनुभएको छ ।
22 Zabura Dutsen da magina suka ƙi ya zama mai amfani;
निर्माण गर्नेहरूले इन्कार गरेको ढुङ्गो कुनेढुङ्गा बनेको छ ।
23 Ubangiji ne ya yi haka, kuma abu mai daraja ne a idanunmu.
यो परमप्रभुको काम हो । यो हाम्रा दृष्‍टिमा अचम्‍मको कुरा हो ।
24 Wannan ita ce ranar da Ubangiji ya yi; bari mu yi farin ciki mu kuma yi murna a cikinta.
यो दिनमा परमप्रभुले काम गर्नुभएको छ । यसमा हामी आनन्‍दित हुनेछौं र खुसी हुनेछौं ।
25 Ya Ubangiji, ka cece mu; Ya Ubangiji, ka ba mu nasara.
हे परमप्रभु, हामीलाई विजय दिनुहोस्! हे परमप्रभु, हामीलाई सफलता दिनुहोस्!
26 Mai albarka ne shi mai zuwa cikin sunan Ubangiji. Daga gidan Ubangiji muna sa muku albarka.
परमप्रभुको नाउँमा आउने धन्यको हो । तिमीलाई परमप्रभुको मन्‍दिरबाट हामी आशीर्वाद दिनेछौं ।
27 Ubangiji shi ne Allah ya kuma sa haskensa ya haskaka a kanmu. Da kwanoni a hannunmu, muka shiga jerin gwanon biki ku kai su ƙahoni na bagade.
परमप्रभु परमेश्‍वर हुनुहुन्छ र उहाँले हामीलाई ज्‍योति दिनुभएको छ । वेदीका सिङहरूमा बलिदानलाई डोरीहरूले बाँध ।
28 Kai ne Allahna, zan kuwa yi maka godiya; kai ne Allahna, zan kuwa ɗaukaka ka.
तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ, र म तपाईंलाई धन्यवाद दिनेछु । तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । म तपाईंलाई उच्‍च पार्नेछु ।
29 Ku gode wa Ubangiji, gama nagari ne shi; ƙaunarsa madawwamiya ce har abada.
परमप्रभुलाई धन्यवाद चढाओ । किनकि उहाँ भलो हुनुहुन्छ । किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।

< Zabura 118 >