< Zabura 103 >

1 Ta Dawuda. Yabi Ubangiji, ya raina; dukan abin da yake cikin cikina, yabi sunansa mai tsarki.
परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र मभित्र भएका सबै कुराले उहाँको पवित्र नाउँलाई म प्रशंसा दिनेछु ।
2 Yabi Ubangiji, ya raina, kada kuma ka manta dukan alheransa,
परमप्रभुलाई मेरो सारा जीवनले म प्रशंसा दिनेछु, र उहाँका सबै असल कामहरूलाई म सम्झिन्छु ।
3 wanda yake gafarta dukan zunubai yake kuma warkar da dukan cututtuka,
उहाँले तिम्रा सबै पाप क्षमा गर्नुहुन्छ । उहाँले तिम्रा सबै रोग निको पार्नुहुन्छ ।
4 wanda ya fanshi ranka daga rami ya naɗa maka rawani da ƙauna da kuma tausayi,
उहाँले तिम्रो जीवनलाई नाश हुनबाट बचाउनुहुन्छ । उहाँले तिमीलाई करारको विश्‍वस्‍तता र कोमल कृपाका कामहरूको मुकुट लगाउनुहुन्छ ।
5 Wanda ya ƙosar da kai da abubuwa masu kyau domin a sabunta ƙuruciyarka kamar na gaggafa.
उहाँले तिम्रो जीवनलाई असक थोकहरूले सन्‍तुष्‍ट पार्नुहुन्छ, ताकि तिम्रो जवानी चीलको झैं नयाँ हुन्‍छ ।
6 Ubangiji yana aikata adalci da kuma gaskiya ga duk waɗanda aka danne.
परमप्रभुले जे निष्पक्ष छ सो गर्नुहुन्छ र थिचोमिचोमा परेकाहरू सबैका निम्ति न्यायका कामहरू गर्नुहुन्छ ।
7 Ya sanar da hanyoyinsa wa Musa, ayyukansa ga mutanen Isra’ila.
उहाँले मोशालाई आफ्ना मार्गहरू र इस्राएलका सन्तानहरूलाई उहाँका कामहरू प्रकट गर्नुभयो ।
8 Ubangiji mai tausayi ne da kuma alheri, mai jinkirin fushi, cike da ƙauna.
परमप्रभु कृपालु र अनुग्रही हुनुहुन्छ । उहा धैर्यवान् हुनुहुन्छ । उहाँमा महान् करारको बफादारी छ ।
9 Ba zai yi ta zargi ba ba kuwa zai yi ta jin fushi har abada ba;
उहाँले सधैं ताड्ना दिनुहुन्‍न । उहाँ सधैं रिसाउनुहुन्‍न ।
10 ba ya yin da mu gwargwadon zunubanmu ko yă sāka mana bisa ga laifofinmu.
उहाँले हामीसँग हाम्रो पाप सुहाउँदो व्यवहार गर्नुहुन्‍न वा हाम्रा पापअनुसारको प्रतिफल दिनुहुन्‍न ।
11 Gama kamar yadda sammai suke can bisa duniya, haka girmar ƙaunarsa yake wa masu tsoronsa;
किनकि पृथ्वीमाथि आकाश जति अग्लो छ, उहाँलाई आदर गर्नेप्रति उहाँको करारको विश्‍वस्‍तता त्‍यति नै महान् छ ।
12 kamar yadda gabas yake daga yamma, haka ya cire laifofinmu daga gare mu.
पश्‍चिमबाट पूर्व जति टाढा छ, उहाँले हाम्रा पापहरूका दोषलाई हामीबाट त्‍यति नै टाढा हटाउनुभएको छ ।
13 Kamar yadda mahaifi yake jin tausayin’ya’yansa, haka Ubangiji yake jin tausayin waɗanda suke tsoronsa;
बुबाले आफ्‍ना छोराछोरीलाई जसरी दया गर्छन्, परमप्रभुले उहाँलाई आदर गर्नेहरूलाई त्यसरी नै दया गर्नुहुन्छ ।
14 gama ya san yadda aka yi mu, ya tuna cewa mu ƙura ne.
किनकि हामी कसरी बनिएका छौं भनी उहाँले जान्‍नुहुन्छ । हामी धूलो हौं भनी उहाँलाई थाहा छ ।
15 Game da mutum dai, kwanakinsa suna kamar ciyawa da suke haɓaka kamar fure a gona;
मानिसको बारेमा, त्यसका दिनहरू घाँसजस्ता छन् । मैदानको फूलझैं त्‍यो मौलाउँछ ।
16 iska kan hura a kansa sai ya ɓace ba a kuwa sāke tuna da inda dā yake.
त्‍यसमाथि हावा चल्छ र त्‍यो लोप हुन्छ, र त्‍यो कहाँ उम्रेको थियो भनी कसैले भन्‍न पनि सक्‍दैन ।
17 Amma daga madawwami zuwa madawwami ƙaunar Ubangiji tana tare da waɗanda suke tsoronsa, adalcinsa kuma tare da’ya’yansu,
तर परमप्रभुलाई आदर गर्नेहरूमाथि उहाँको करारको विश्‍वस्‍तता अनादिदेखि अनन्तसम्म रहन्छ । उहाँको धार्मिकता तिनीहरूका सन्तानहरूमा रहन्छ ।
18 tare da waɗanda suke kiyaye alkawarinsa suna kuma tuna su yi biyayya da farillansa.
तिनीहरूले उहाँको करार पालन गर्छन् र उहाँका शिक्षाहरू पालन गर्न सम्झिन्छन् ।
19 Ubangiji ya kafa kursiyinsa a sama, masarautarsa kuwa na mulki a bisa duka.
परमप्रभुले स्वर्गमा आफ्‍नो सिंहासन स्थापित गर्नुभएको छ र उहाँको राज्यले हरेकमाथि शासन गर्छ ।
20 Yabi Ubangiji, ku mala’ikunsa, ku jarumawa masu yi masa aiki, waɗanda suke yin biyayya da maganarsa.
ए परमप्रभुका दूतहरू हो, शक्तिशाली वीरहरू र उहाँको वचन पालन गर्नेहरू, अनि उहाँको वचनको आवाज पालन गर्नेहरूले समेत उहाँको प्रशंसा गर ।
21 Yabi Ubangiji, dukanku rundunarsa ta sama, ku bayinsa waɗanda kuke aikata nufinsa.
ए परमप्रभुका सबै फौज हो, तिमीहरू उहाँका सेवकहरू जसले उहाँको इच्छा पुरा गर्छौ, उहाँको प्रशंसा गर ।
22 Yabi Ubangiji, dukanku ayyukansa ko’ina a mulkinsa. Yabi Ubangiji, ya raina.
ए परमप्रभुका सबै प्राणी हो, उहाँले राज्‍य गर्ने सबै ठाउँमा उहाँको प्रशंसा गर । म आफ्‍नो सारा जीवनले परमप्रभुको प्रशंसा गर्नेछु ।

< Zabura 103 >