< Ƙidaya 33 >

1 Ga wuraren da Isra’ilawa suka yi sansani sa’ad da suka fito runduna-runduna a ƙarƙashin Musa da Haruna daga Masar.
मोशा र हारूनको नेतृत्वमा इस्राएलका मानिसहरूले तिनीहरूका हातहतियारसहितका समूहले मिश्रको भूमि छोडेपछि तिनीहरूको यात्रा विवरण यही हो ।
2 Bisa ga umarnin Ubangiji, Musa ya rubuta wuraren tafiye-tafiyensu da sansaninsu. Ga yadda tafiye-tafiyen suka kasance.
परमप्रभुले आज्ञा गर्नुभएबमोजिम तिनीहरू कहाँबाट कहाँ गए भनी मोशाले लेखे । तिनीहरूका यात्राहरूको नालीबेली यिनै थिए ।
3 Isra’ilawa sun tashi daga Rameses a rana ta goma sha biyar, ga watan fari, kashegarin Bikin Ƙetarewa. Suka fita gabagadi a gaban dukan Masarawa,
तिनीहरूले पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे । निस्तार-चाडपछिको बिहान इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे ।
4 waɗanda suke binne gawawwakin’ya’yan farinsu da Ubangiji ya karkashe; gama Ubangiji ya hukunta allolinsu.
मिश्रीहरूले तिनीहरूका जेठा छोराहरूको दफन गरिरहँदा यो भएको थियो, जसलाई परमप्रभुले मार्नुभएको थियो, किनभने उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो ।
5 Isra’ilawa suka tashi daga Rameses, suka yi sansani a Sukkot.
इस्राएलका मानिसहरू रामसेसबाट निस्के र सुक्‍कोतमा छाउनी लगाए ।
6 Suka tashi daga Sukkot, suka yi sansani a Etam, a gefen hamada.
तिनीहरू सुक्‍कोतबाट हिँडे र मरुभूमिको छेउमा भएको एथाममा छाउनी हाले ।
7 Suka tashi daga Etam, suka koma baya zuwa Fi Hahirot, wajen gabashin Ba’al-Zafon, suka yi sansani kusa da Migdol.
तिनीहरू एथामबाट हिँडे र पी-हहीरोततिर फर्के, जुन बाल-सेफोनको पारिपट्टि पर्छ, जहाँ तिनीहरूले मोग्दोलको पारिपट्टि छाउनी हाले ।
8 Suka tashi daga Fi Hahirot, suka ratsa cikin teku zuwa hamada, bayan sun yi tafiya kwana uku a cikin Hamadan Etam, sai suka yi sansani a Mara.
त्यसपछि तिनीहरू पी-हहीरोतबाट हिँडे र समुद्रको बिचबाट हुँदै मरुभूमितिर लागे । तिनीहरूले एथामको मरुभूमिमा तिन दिनसम्म यात्रा गरे र मारामा छाउनी हाले ।
9 Suka tashi daga Mara, suka tafi Elim, inda akwai maɓulɓulan ruwa goma sha biyu, da itatuwan dabino guda saba’in, suka yi sansani a can.
तिनीहरू माराबाट हिँडे र एलीममा आइपुगे । एलीममा बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख थिए । तिनीहरूले त्यहीँ नै छाउनी हाले ।
10 Suka tashi daga Elim, suka yi sansani kusa da Jan Teku.
तिनीहरू एलीमबाट हिँडे र लाल समुद्रको किनारमा छाउनी हाले ।
11 Suka tashi daga Jan Teku, suka yi sansani a Hamadan Sin.
तिनीहरू लाल समुद्रबाट हिँडे र सीनको मरुभूमिमा छाउनी हाले ।
12 Suka tashi daga Hamadan Sin, suka yi sansani a Dofka.
तिनीहरू सीनको मरुभूमिबाट हिँडे र दोफकामा छाउनी हाले ।
13 Suka tashi daga Dofka, suka yi sansani a Alush.
तिनीहरू दोफकाबाट हिँडे र आलूशमा छाउनी हाले ।
14 Suka tashi daga Alush, suka yi sansani a Refidim, inda babu ruwan da mutane za su sha.
तिनीहरू आलूशबाट हिँडे र रपीदीममा छाउनी हाले, जहाँ मानिसहरूलाई पिउनलाई पानी थिएन ।
15 Suka tashi daga Refidim, suka yi sansani a Hamadan Sinai.
तिनीहरू रपीदीमबाट हिँडे र सीनैको मरुभूमिमा छाउनी हाले ।
16 Suka tashi daga Hamadan Sinai, suka yi sansani a Kibrot Hatta’awa.
तिनीहरू सीनैको मरुभूमिबाट हिँडे र किब्रोथ-हत्तावामा छाउनी हाले ।
17 Suka tashi daga Kibrot Hatta’awa, suka yi sansani a Hazerot.
तिनीहरू किब्रोथ-हत्तावाबाट हिँडे र हसेरोतमा छाउनी हाले ।
18 Suka tashi daga Hazerot, suka yi sansani a Ritma.
तिनीहरू हसेरोतबाट हिँडे र रित्मामा छाउनी हाले ।
19 Suka tashi daga Ritma, suka yi sansani a Rimmon Ferez.
तिनीहरू रित्माबाट हिँडे र रिम्मोन-फारेसमा छाउनी हाले ।
20 Suka tashi daga Rimmon Ferez, suka yi sansani a Libna.
तिनीहरू रिम्मोन-फारेसबाट हिँडे र लिब्‍नामा छाउनी हाले ।
21 Suka tashi daga Libna, suka yi sansani a Rissa.
तिनीहरू लिब्‍नाबाट हिँडे र रिस्सामा छाउनी हाले ।
22 Suka tashi daga Rissa, suka yi sansani a Kehelata.
तिनीहरू रिस्साबाट हिँडे र केहेलातामा छाउनी हाले ।
23 Suka tashi daga Kehelata, suka yi sansani a Dutsen Shefer.
तिनीहरू केहेलाताबाट हिँडे र शेपेर पर्वतमा छाउनी हाले ।
24 Suka tashi daga Dutsen Shefer, suka yi sansani a Harada.
तिनीहरू शेपेर पर्वतबाट हिँडे र हरादामा छाउनी हाले ।
25 Suka tashi daga Harada, suka yi sansani a Makhelot.
तिनीहरू हरादाबाट हिँडे र मखेलोतमा छाउनी हाले ।
26 Suka tashi daga Makhelot, suka yi sansani a Tahat.
तिनीहरू मखेलोपबाट हिँडे र तहतमा छाउनी हाले ।
27 Suka tashi daga Tahat, suka yi sansani a Tera.
तिनीहरू तहतबाट हिँडे र तेरहमा छाउनी हाले ।
28 Suka tashi daga Tera, suka yi sansani a Mitka.
तिनीहरू तेरहबाट हिँडे र मित्कामा छाउनी हाले ।
29 Suka tashi daga Mitka, suka yi sansani a Hashmona.
तिनीहरू मित्काबाट हिँडे र हशमोनामा छाउनी हाले ।
30 Suka tashi daga Hashmona, suka yi sansani a Moserot.
तिनीहरू हशमोनाबाट हिँडे र मोसेरोतमा छाउनी हाले ।
31 Suka tashi daga Moserot, suka yi sansani a Bene Ya’akan.
तिनीहरू मोसेरोतबाट हिँडे र बने-याकानमा छाउनी हाले ।
32 Suka tashi daga Bene Ya’akan, suka yi sansani a Hor Haggidgad.
तिनीहरू बने-याकानबाट हिँडे र होर-हगिदगादमा छाउनी हाले ।
33 Suka tashi daga Hor Haggidgad, suka yi sansani a Yotbata.
तिनीहरू होर-हगिदगादबाट हिँडे र योतबातामा छाउनी हाले ।
34 Suka tashi daga Yotbata, suka yi sansani a Abrona.
तिनीहरू योतबाताबाट हिँडे र अब्रोनामा छाउनी हाले ।
35 Suka tashi daga Abrona, suka yi sansani a Eziyon Geber.
तिनीहरू अब्रोनाबाट हिँडे र एस्योन‍-गेबेरमा छाउनी हाले ।
36 Suka tashi daga Eziyon Geber, suka yi sansani a Kadesh, cikin Hamadan Zin.
तिनीहरू एस्योन‍-गेबेरबाट हिँडे र कादेशमा भएको सीनको मरुभूमिमा छाउनी हाले ।
37 Suka tashi daga Kadesh, suka yi sansani a Dutsen Hor, a iyakar Edom.
तिनीहरू कादेशबाट हिँडे र एदोमको सिमानामा पर्ने होर पर्वतमा छाउनी हाले ।
38 Bisa ga umarni Ubangiji, Haruna firist, ya hau Dutsen Hor, inda ya mutu a rana ta fari ga watan biyar, a shekara ta arba’in, bayan Isra’ilawa suka fito daga Masar.
हारून परमप्रभुको आज्ञामा होर पर्वतमाथि गए र इस्राएलका मानिसहरू मिश्रबाट आएका चालिसौँ वर्षको पाँचौँ महिनाको पहिलो दिनमा त्यहाँ तिनको मृत्यु भयो ।
39 Haruna yana da shekara ɗari da ashirin da uku, sa’ad da ya mutu a Dutsen Hor.
हारूनको मृत्यु हुँदा तिनी १२३ वर्षका थिए ।
40 Sarki Arad Bakan’ane, wanda yake zaune a Negeb na Kan’ana, ya ji labari cewa Isra’ilawa suna zuwa.
कनानको भूमिको दक्षिणी मरुभूमिमा बस्‍ने अरादका कनानी राजाले इस्राएलका मानिसहरू आइरहेका छन् भन्‍ने सुने ।
41 Suka tashi daga Dutsen Hor, suka yi sansani a Zalmona.
तिनीहरू होर पर्वतबाट हिँडे र सलमोनामा छाउनी हाले ।
42 Suka tashi daga Zalmona, suka yi sansani a Funon.
तिनीहरू सलमोनाबाट हिँडे र पूनोनमा छाउनी हाले ।
43 Suka tashi daga Funon, suka yi sansani a Obot.
तिनीहरू पूनोनबाट हिँडे र ओबोतमा छाउनी हाले ।
44 Suka tashi daga Obot, suka yi sansani a Iye Abarim, a iyakar Mowab.
तिनीहरू ओबोतबाट हिँडे र मोआबको सिमानामा पर्ने इयेअबारीममा छाउनी हाले ।
45 Suka tashi daga Iyim, suka yi sansani a Dibon Gad.
तिनीहरू इयेअबारीमबाट हिँडे र दीबोनगादमा छाउनी हाले ।
46 Suka tashi daga Dibon Gad, suka yi sansani a Almon Dibilatayim.
तिनीहरू दीबोनगादबाट हिँडे र अल्मोन-दिब्लातैममा छाउनी हाले ।
47 Suka tashi daga Almon Dibilatayim, suka yi sansani a duwatsun Abarim, kusa da Nebo.
तिनीहरू अल्मोन-दिब्लातैमबाट हिँडे र नेबोको अगिल्तिर अबारीम पर्वतमा छाउनी हाले ।
48 Suka tashi daga duwatsun Abarim, suka yi sansani a filayen Mowab kusa da Urdun, ɗaura da Yeriko.
तिनीहरू अबारीमबाट हिँडे र यरीहोमा यर्दन नजिकैको मोआबको मैदानमा छाउनी हाले ।
49 A can filayen Mowab, suka yi sansani kusa da Urdun ɗaura da Bet-Yeshimot har zuwa Abel-Shittim.
तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
50 A filayen Mowab kusa da Urdun ɗaura da Yeriko ne Ubangiji ya ce wa Musa,
परमप्रभु यरीहोमा यर्दन नदीको किनारमा मोआबको मैदानमा मोशासँग बोल्नुभयो,
51 “Ka gaya wa Isra’ilawa cewa, ‘Sa’ad da kuka haye Urdun zuwa Kan’ana,
“इस्राएलका मानिसहरूसँग कुरा गर् र तिनीहरूलाई भन्, 'जब तिमीहरू यर्दन तरेर कनानको मुलुकमा जान्छौ, तिमीहरूले तिमीहरूभन्दा अघि बस्‍ने सबै बासिन्दालाई धपाउनुपर्छ ।
52 ku kori dukan mazaunan ƙasar a gabanku. Ku rurrushe sassaƙaƙƙun duwatsu, da siffofinsu na zubi, ku kuma rurrushe dukan masujadansu na kan tudu.
तिमीहरूले तिनीहरूका सबै कुँदिएका प्रतिमाहरू नष्‍ट गर्नुपर्छ । तिमीहरूले तिनीहरूका ढलौटे मूर्तिहरू र तिनीहरूका उच्‍च स्थानहरू नष्‍ट पार्नुपर्छ ।
53 Ku mallaki ƙasar, ku kuma zauna a ciki, gama na ba ku ƙasar, ku mallake ta.
तिमीहरूले भूमिलाई कब्जा गर्नुपर्छ र यसमा बसोबास गर्नुपर्छ, किनभने मैले तिमीहरूलाई त्यो भूमि तिमीहरूको स्वामित्वमा दिएको छु ।
54 Ku rarraba ƙasar ta wurin jefan ƙuri’a, bisa ga kabilanku. Kabilar da take babba, a ba ta babban gādo, ƙarami kabila kuwa, a ba ta ƙaramin gādo. Duk abin da ƙuri’a ta ba su, shi zai zama nasu. Ku rarraba wannan bisa zuriyar kakanninku.
तिमीहरूले भूमिलाई चिट्ठा हालेर कुल-कुलअनुसार अंश बाँड्नुपर्छ । ठुलो कुललाई भूमिको ठुलो अंश दिनुपर्छ र सानो कुललाई भूमिको सानै अंश दिनुपर्छ । कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ । तिमीहरूले भूमिलाई आ-आफ्नो कुलअनुसार बाँड्ने छौ
55 “‘Amma in ba ku kori mazaunan ƙasar ba, waɗanda kuka bari su ci gaba da zama, za su zama muku hakki a idanunku, da kuma ƙayayyuwa a bayanku. Za su ba ku wahala a ƙasar da kuke zama.
तर यदि तिमीहरूले तिमीहरूभन्दा अघिका बासिन्दाहरूलाई धपाएनौ भने, तिमीहरूले बस्‍न दिएका मानिसहरू तिमीहरूका आँखाका कसिङ्गरहरू र जीउमा बिझेको काँढाहरूजस्ता हुने छन् । तिनीहरूले तिमीहरू बसोबास गर्ने भूमिलाई कठिन बनाउने छन् ।
56 Sa’an nan kuwa zan yi muku abin da na shirya yin musu.’”
त्यसपछि मैले ती मानिसहरूलाई जे गर्ने अभिप्राय राखेको छु सो म तिमीहरूलाई पनि गर्ने छु ।

< Ƙidaya 33 >