< Mahukunta 5 >

1 A wannan rana ce Debora da Barak ɗan Abinowam suka rera wannan waƙa.
त्यो दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
2 “Sa’ad da’ya’yan sarki a Isra’ila suka yi jagora, sa’ad da mutane suka niyya su ba da kansu, suna yabon Ubangiji!
“जब अगुवाहरूले इस्राएललाई नेतृत्व गर्छन्, जब मानिसहरू युद्धको निम्ति स्‍वइच्‍छाले राजी हुन्छन्, तब हामी परमप्रभुको प्रशंसा गर्छौं!
3 “Ya sarakuna, ku ji! Ku saurara, ku masu mulki! Zan yi waƙa ga Ubangiji, zan yi waƙa; zan yi kaɗe-kaɗe ga Ubangiji, Allah na Isra’ila.
ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा गाउनेछु ।
4 “Ya Ubangiji, sa’ad da ka bar Seyir, sa’ad da ka yi tafiya daga ƙasar Edom, ƙasa ta girgiza, sammai suka zubo, gizagizai sun zubo da ruwa.
हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्‍यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
5 Duwatsu suka girgizu a gaban Ubangiji, Wannan na Sinai, a gaban Ubangiji, Allah na Isra’ila.
परमप्रभुको मुहारको सामु पहाडहरू थरथर डराए । इस्राएलका परमप्रभु परमेश्‍वरको मुहारको सामु सिनै पर्वत पनि थरथर काँप्‍यो ।
6 “A zamanin Shamgar ɗan Anat, a zamanin Yayel, an yashe dukan hanyoyi; matafiye suka bi hanyoyin da suka yi kona-kona.
शमगर (अनातका छोरा) को समयमा, याएलको समयमा, मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे ।
7 Rayuwar ƙauye a Isra’ila ta daina, ta daina sai da ni, Debora, na taso, na taso mahaifiya a Isra’ila.
म, दबोरा, इस्राएलकी आमाको रूपमा खडा नभएसम्म, इस्राएलका गाउँहरूमा थोरै मानिसहरू मात्र थिए!
8 Sa’ad da suka zaɓi sababbin alloli, sai ga yaƙi a ƙofofin birnin, ba a kuwa ga garkuwa ko māshi a cikin mutum dubu arba’in a Isra’ila ba.
जब तिनीहरूले नयाँ देवताहरू चुने, तब त्‍यहाँ सहरका मुल ढोकाहरूमा युद्ध हुन्‍थ्‍यो र पनि त्यहाँ इस्राएलमा भएका चालिस हजार जनासँग कुनै ढाल वा भालाहरू देखिएन ।
9 Zuciyata tana tare da’ya’yan sarakunan Isra’ila, tare da masu niyyar ba da kansu da yardan rai cikin mutane. Yabo ya tabbata ga Ubangiji!
मेरो हृदय इस्राएलका कमाण्‍डरहरू र स्‍वइच्‍छाले सेवा गर्ने मानिसहरूप्रति छ । तिनीहरूका निम्ति हामी परमप्रभुको प्रशंसा गर्छौं!
10 “Ku da kuke hawan fararen jakuna, kuna zama a sirdin barguna, da ku da kuke tafiya a kan hanya, ku kula
ए सेता गधाहरूमा बसेर सवार हुनेहरू, पिठ्युँका राडीहरूमा बस्‍नेहरू र सडकमा हिंड्नेहरू हो, यसको बारेमा विचार गर ।
11 da muryoyin mawaƙa a wuraren ruwaye. Suna faɗi ayyukan adalcin Ubangiji, ayyukan adalcin mayaƙansa a Isra’ila. “Sa’an nan mutanen Ubangiji suka gangara zuwa ƙofofin birni.
पँधेराहरूमा गीत गाउनेहरूका सोर सुन । त्यहाँ तिनीहरू फेरि पनि परमप्रभुका धार्मिक कामहरू, र इस्राएलमा उहाँका योद्धाहरूका धार्मिक कामहरूका बारेमा बताउँछन् । अनि परमप्रभुका मानिसहरू सहरका प्रवेशद्वारहरूतिर लागे ।
12 ‘Ki farka, ki farka, Debora! Ki farka, ki farka, ki tā da waƙa! Ka farka, ya Barak! Ka ta sa kamammunka gaba, ya ɗan Abinowam.’
उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।
13 “Sa’an nan waɗanda aka bari suka sauko zuwa wajen shugabanni; mutane na Ubangiji suka zo wurina tare da masu ƙarfi.
तब बाँचेकाहरू कुलिनहरूकहाँ आए । परमप्रभुका मानिसहरू योद्धाहरूसँग मकहाँ तल आए ।
14 Waɗansu suka zo daga Efraim, waɗanda ainihinsu daga Amalek ne; Benyamin yana tare da mutanen da suka bi ka. Daga Makir, shugabannin sojoji suka gangaro, daga Zebulun waɗanda suke riƙe da sandan komanda suka fito.
तिनीहरू एफ्राइमबाट आए, जसको जग अमालेकमा छ । बेन्यामीनका मानिसहरू तिमीहरूका पछि आए । माकीरबाट कमाण्‍डरहरू, र जबूलूनबाट अधिकारीका लौरो लिनेहरू तल आए ।
15 ’Ya’yan sarautar Issakar suna tare da Debora; I, Issakar yana tare da Barak, yana binsa a guje zuwa kwari. A yankunan Ruben aka kuma bincike zuciya sosai.
इस्साखारका मेरा राजकुमारहरू दबोरासित थिए । र इस्साखार बाराकसित थिए उनको पछि-पछि उनको कमाण्‍डमा तिनीहरू बेसीमा गए । रूबेनका कुलहरूका माझमा हृदय खोज्ने काम धेरै भयो ।
16 Don me kuka tsaya a wutar sansani don ku ji makiyaya suna kiran garkuna? A yankunan Ruben aka yi bincike zuciya sosai.
गोठालाहरूले आफ्ना बगालको निम्ति बाँसुरी बजाएको सुन्दै, तिमीहरू किन आगोका वरिपरि बस्यौ? रूबेनका कुलहरूका बारेमा हृदय खोज्ने काम धेरै भयो ।
17 Gileyad ya tsaya gaban Urdun. Kai kuma Dan, don me ka ka yi ta zama a wajen jiragen ruwa? Asher ya ci gaba da kasance a bakin teku ya kasance a wuraren zamansa.
गिलाद यर्दनको पारिपट्टि नै बस्‍यो । अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्‍यो? आशेर समुद्र किनारमा नै रह्‍यो र आफ्‍ना बन्दरगाहहरूको नजिक बस्‍यो ।
18 Mutanen Zebulun sun kasai da rayukansu; haka ma Naftali a bakin dāgā.
जबूलून यस्तो कुल थियो जसले मृत्युको सामु आफ्नो प्राण जोखिममा पार्थ्यो, र नप्‍तालीले पनि युद्धको मैदानमा त्‍यसै गर्‍यो ।
19 “Sarakuna suka zo, suka yi yaƙi; sarakunan Kan’ana sun yi yaƙi a Ta’anak a gefen ruwan Megiddo, amma ba su ɗauki azurfa, ko ganima ba.
राजाहरू आए, तिनीहरू युद्ध लडे । कनानका राजाहरू मगिद्दोका खोलाहारू नजिक तानाकमा युद्ध लडे । तर तिनीहरूले लुटको रूपमा कुनै चाँदी लगेनन् ।
20 Daga sama taurari suka yi faɗa, daga bakin tekuna suka yi yaƙi da Sisera.
आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे ।
21 Kogin Kishon ya kwashe su, tsohon kogi, kogin Kishon. Ci gaba raina; ka ƙarfafa!
कीशोन खोलाले तिनीहरूलाई बगायो, त्यो पुरानो खोला, कीशोन खोला । ए मेरो प्राण, निरन्‍तर हिंड, शाहसी हो!
22 Sa’an nan kofatan dawakai suka ƙwaƙula, suna sukuwa, haka dawakansa masu ƙarfi suke tafiya.
तब घोडाहरूका टापहरूका आवाज, त्‍यसका शक्तिशालीहरू कुदेको आवाज आयो ।
23 Mala’ikan Ubangiji ya ce, ‘Ka la’anci Meroz.’ ‘Ka la’anci mutanensa sosai, domin ba su kawo wa Ubangiji taimako ba, su kawo wa Ubangiji taimako a kan masu ƙarfi ba.’
परमप्रभुका दूतले भन्‍छन्, ‘मेरोजलाई सराप!’ ‘त्यसमा बसोबास गर्नेहरूलाई निश्‍चय नै सराप! किनभने शक्तिशाली योद्धाहरूसँगको युद्धमा, तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन् ।’
24 “Mafi albarka a ciki mata ta zama Yayel matar Heber Bakene, mafi albarka na mata masu zama a alfarma.
सबै स्‍त्रीहरूमा याएल धेरै आशिषित छिन्, याएल (केनी हेबेरकी पत्‍नी), पालहरूमा बस्‍ने सबै स्‍त्रीहरूमा तिनी धेरै आशिषित छिन् ।
25 Ya nemi ruwa, ta kuwa ta ba shi madara; a ƙwaryar da ta dace da sarakuna ta kawo masa kindirmo.
त्यो मानिसले तिनीसँग पानी माग्यो, र तिनले उसलाई दूध दिईन् । तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन् ।
26 Hannunta ya ɗauki turken tenti, da hannunta na dama ta ɗauko guduma. Ta bugi Sisera, ta ragargaza kansa, ta ragargaza ta huda kunnensa.
तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्‍याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् ।
27 A ƙafafunta ya fāɗi, ya fāɗi; a can ya kwanta. A ƙafafunta ya fāɗi, ya fāɗi; a can ya fāɗi, matacce.
तिनका पाउनेर त्यो मर्‍यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्‍यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।
28 “Ta taga mahaifiyar Sisera ta leƙa; a bayan madogarar ƙofa ta yi ta ihu, ‘Me ya sa keken yaƙinsa ta daɗe ba tă dawo ba? Me ya sa dawakan keken yaƙinsa ba su dawo da wuri ba?’
सीसराकी आमाले झ्यालबाट हेरिन् र पीडामा चिच्याएर तिनले भनिन्, ‘उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्‍ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?’
29 Mafi hikima cikin’yan matanta suka amsa mata, tabbatacce, ta ci gaba ta ce wa kanta,
तिनका राजकुमारीमध्‍ये सबैभन्दा बुद्धिमान्ले जवाफ दिइन्, र तिनले आफैंलाई उही जवाफ दिइन् ।
30 ‘Ba nema suke su raba ganima ba, yarinya guda ko biyu wa kowane mutum, riguna masu launi a matsayin ganima don Sisera, riguna masu ado, riguna masu ado sosai don wuyata, dukan wannan a matsayin ganima?’
‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्‍गाइएका कपडाहरू, र बुट्टा भएका रङ्‍गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्‍गाइएका कपडाहरू?’
31 “Ta haka bari dukan abokan gābanka su hallaka, ya Ubangiji! Amma bari waɗanda suke ƙaunarka su zama kamar rana sa’ad da ta fito da ƙarfinta.” Sa’an nan ƙasar ta sami zaman lafiya shekara arba’in.
यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्‍यसपछि देशमा चालिस वर्षसम्‍म शान्ति भयो ।

< Mahukunta 5 >