< Yoshuwa 21 >
1 To, a lokacin, sai shugabannin iyalan Lawiyawa suka je wurin Eleyazar firist, Yoshuwa ɗan Nun da kuma shugabannin sauran iyalan kabilu na Isra’ila a
त्यसपछि लेवी कुलका कुलनायकहरू पुजारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका मानिसहरूभित्रका तिनीहरूका पुर्खाहरूको परिवारहरूका अगुवाहरूकहाँ आए ।
2 Shilo cikin Kan’ana, suka ce musu, “Ubangiji ya yi umarni ta wurin Musa cewa a ba mu garuruwan da za mu zauna a ciki, da wurin kiwo mai kyau don dabbobinmu.”
तिनीहरूले कनानको भूमिमा शीलोमा तिनीहरूलाई भने, “परमप्रभुले मोशाद्वारा हाम्रा गाईवस्तुहरूका निम्ति खर्कसहितका बसोबास गर्न हामीलाई सहरहरू दिन आज्ञा गर्नुभएको थियो ।”
3 Saboda haka kamar yadda Ubangiji ya umarta, sai Isra’ilawa suka ba wa Lawiyawa waɗannan garuruwa da wuraren kiwo daga cikin gādonsu.
त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुको आज्ञाद्वारा लेवीहरूलाई तिनीहरूका खर्कहरूसहित तिनीहरूको उत्तराधिकारबाट निम्न सहरहरू दिए ।
4 Ƙuri’a ta farko ta fāɗa a kan Kohatawa bisa ga iyalansu. Sai aka ba wa Lawiyawa waɗanda suke’yan zuriyar Haruna, firist, garuruwa goma sha uku daga kabilan Yahuda, Simeyon da Benyamin.
कहातीहरूका निम्ति हालेको चिट्ठाको परिणाम यस्तो आयोः लेवीबाट जन्मेका हारूनका सन्तानहरू, पुजारीहरूले यहूदाको कुलबाट, शिमियोनका कुलबाट र बेन्यामीनको कुलबाट दिइएका तेह्रवटा सहर पाए ।
5 Sauran Kohatawan kuma aka ba su garuruwa goma daga iyalan kabilar Efraim, Dan da kuma rabi kabilar Manasse.
बाँकी कहातीहरूलाई एफ्राइम, दान र मनश्शेको आधा कुलबाट दश सहर दिइयो ।
6 Aka kuma ba wa zuriyar Gershon garuruwa goma sha uku daga iyalan kabilan Issakar, Asher, Naftali, da kuma rabin kabilar Manasse a Bashan.
त्यसपछि गेर्शोनबाट जन्मेका मानिसहरूलाई चिट्ठाद्वारा इस्साखार, आशेर, नप्तली र बाशानमा मनश्शेको आधा कुलबाट तेह्रवटा सहर दिइयो ।
7 Aka ba wa zuriyar Merari bisa ga iyalansu, garuruwa goma sha biyu daga kabilan Ruben, Gad da Zebulun.
मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।
8 Haka Isra’ilawa suka ba wa Lawiyawa waɗannan garuruwa da wuraren kiwo masu kyau, yadda Ubangiji ya umarta ta wurin Musa.
त्यसैले इस्राएलका मानिसहरूले परमप्रभुले मोशाद्वारा आज्ञा दिनुभएमुताबिक लेवीहरूलाई यी सहरहरू (तिनीहरूका खर्कहरूसहित) चिट्ठा हालेर दिए ।
9 Daga kabilan Yahuda da Simeyon ne aka ba su waɗannan garuruwan da aka ambata,
यहूदा र शिमियोनका कुलहरूबाट तिनीहरूले यहाँ नाउँद्वारा सूची बनाएअनुसार दिए ।
10 (ga garuruwan da aka ba wa zuriyar Haruna waɗanda suke daga iyalan Kohatawa na Lawiyawa, domin ƙuri’a ta farko ta fāɗa a kansu),
यी सहरहरू हारूनका सन्तानहरूलाई दिइयो, जो कहाती कुलका थिए र लेवी वंशबाटका थिए । किनभने पहिले हालेको चिट्ठा तिनीहरूलाई पर्यो ।
11 an ba su, Kiriyat Arba (wato, Hebron), da wurin kiwon da yake kewaye da ƙasar kan tudu ta Yahuda. (Arba shi ne kakan Anak.)
इस्राएलीहरूलाई किर्यत-अर्बा (अर्बा अनाका पिता थिए) अर्थात् जुन हेब्रोन हो यहूदाको पहाडी देशमा यसका खर्कहरूसहित तिनीहरूलाई दिए ।
12 Amma sai aka ba Kaleb ɗan Yefunne filayen da kuma ƙauyukan da suke kewaye da birnin, su zama nasa.
तर तिनीहरूका गाउँहरूसहित सहरका खेतहरू यपुन्नेका छोरा कालेबलाई पहिले नै तिनको अधिकारको रूपमा दिइएको थियो ।
13 Sai aka ba zuriyar Haruna firist, ƙasar Hebron (garin masu neman mafaka don sun yi kisa), da Libna,
तिनीहरूले पुजारी हारूनका सन्तानहरूलाई यसका खर्कहरूसहित हेब्रोन, जुन अरूलाई अनजानमा मार्ने मानिसको निम्ति शरण-नगर थियो, र यसको खर्कसहित लिब्ना,
14 da Yattir, da Eshtemowa,
यसको खर्कसहित यत्तीर, र यसको खर्कसहित एश्तमो दिए ।
तिनीहरूले यसको खर्कसहित होलोन, यसको खर्कसहित दबीर,
16 da Ayin, da Yutta, da kuma Bet-Shemesh, tare da wuraren kiwonsu, garuruwa tara ke nan daga kabilun nan biyu, Yahuda da Simeyon.
यसको खर्कसहित ऐन, यसको खर्कसहित युत्ता र यसको खर्कसहित बेथ-शेमेश दिए । यी दुई कुलबाट दिइएका नौवटा सहर थिए ।
17 Daga kabilar Benyamin kuwa aka ba su, Gibeyon, Geba,
बेन्यामीनको कुलबाट यसको खर्कसहित गिबोन, यसको खर्कसहित गेबा,
18 Anatot da Almon, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan.
यसको खर्कसहित अनातोत, र यसको खर्कसहित चारवटा सहर दिइयो ।
19 Duka-duka garuruwan firistoci, zuriyar Haruna, su goma sha uku ne tare da wuraren kiwonsu.
हारूनका सन्तानहरू, पुजारीहरूलाई दिइएका सहरहरू तिनीहरूका खर्कहरूसहित तेह्रवटा थिए ।
20 Aka kuma ba wa sauran Kohatawa, iyalan Lawiyawa, garuruwa daga kabilar Efraim.
बाँकी कहातीहरू जो लेवी कुलको कहाती थिए, तिनीहरूले चिट्ठा हालेर एफ्राइमको कुलबाट तिनीहरूलाई दिएका थिए ।
21 A ƙasar kan tudu ta Efraim, aka ba su, Shekem (garin masu neman mafaka don sun yi kisa) da Gezer,
तिनीहरू कसैलाई अनजानमा मानिस मार्ने व्यक्तिको निम्ति शरण-नगरको निम्ति एफ्राइमको पहाडी देशमा यसको खर्कसहित शकेम, गेजेर,
22 Kibzayim da Bet-Horon, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan.
यसको खर्कसहित किब्सैम र यसको खर्कसहित बेथ-होरोन गरी चाटवटा सहर दिइयो ।
23 Haka kuma daga kabilar Dan, aka ba su, Elteke, Gibbeton,
दानको कुलबाट कहातको कुललाई यसको खर्कसहित एल्तके, यसको खर्कसहित गिब्बतोन,
24 Aiyalon da Gat-Rimmon, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan.
यसको खर्कसहित अय्यालोन र यसको खर्कसहित गात-रिम्मोन गरी चारवटा सहर दिइयो ।
25 Daga rabin kabilar Manasse kuwa aka ba su, Ta’anak da Gat-Rimmon, tare da wuraren kiwonsu, garuruwa biyu ke nan.
मनश्शेको कुलबाट कहातको कुललाई यसको खर्कसहित तानाक र यसको खर्कसहित गात-रिम्मोन गरी दुईवटा सहर दिइयो ।
26 Dukan garuruwan nan goma tare da wuraren kiwonsu ne aka ba sauran iyalan Kohatawa.
तिनीहरूका खर्कसहित बाँकी कहाती कुलका निम्ति दसवटा सहर थिए ।
27 Aka ba wa zuriyar Gershon, waɗanda suke Lawiyawa, rabo. Daga rabin kabilar Manasse, Golan a cikin Bashan (garin masu neman mafaka don sun yi kisa), da Be’eshtera, tare da wuraren kiwonsu, garuruwa biyu ke nan;
मनश्शेको आधा कुलबाट अन्य लेवी कुल अर्थात् गेर्शोनको कुललाई तिनीहरूले यसको खर्कसहित गोलान अनजानमा मानिसलाई मार्ने व्यक्तिको निम्ति शरण-नगर हुनलाई साथै यसको खर्कसहित बे-एश्तरा गरी दुईवटा दिए ।
28 daga kabilar Issakar kuma aka ba su Kishiyon, Daberat,
गेर्सोनका कुललाई तिनीहरूले इस्साखारको कुलबाट यसको खर्कसहित किश्योन, यसको खर्कसहित दाबरत,
29 Yarmut da En Gannim, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan;
यसको खर्कसहित यर्मूत र यसको खर्कसहित एन-गन्नीम गरी चारवटा सहर दिए ।
30 daga kabilar Asher kuwa aka ba su, Mishal, Abdon,
आशेरको कुलबाट तिनीहरूले यसको खर्कसहित मिशाल, यसको खर्कसहित अब्दोन,
31 Helkat da Rehob, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan;
यसको खर्कसहित हल्केत र यसको खर्कसहित रहोब गरी चाटवटा सहर दिए ।
32 daga kabilar Naftali kuma aka ba su, Kedesh a cikin Galili (garin masu neman mafaka don sun yi kisa), Hammon-Dor da kuma Kartan, tare da wuraren kiwonsu, garuruwa uku ke nan.
नप्तलीको कुलबाट, तिनीहरूले गेर्शोनको कुललाई यसको खर्कसहित गालीलमा केदेश, कसैलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा; यसको खर्कसहित हम्मोत-डोर र यसको खर्कसहित कर्तान गरी जम्मा तिनवटा सहर दिए ।
33 Duka-duka, garuruwan iyalan Gershonawa goma sha uku ne, tare da wuraren kiwonsu.
गेर्शोनको कुलबाट तिनीहरूका खर्कसहित जम्मा तेह्रवटा सहर थिए ।
34 Aka ba wa iyalan Merari (sauran Lawiyawa) garuruwa, daga kabilar Zebulun, wato, Yokneyam, Karta,
बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्नाम, यसको खर्कसहित कर्तह,
35 Dimna da kuma Nahalal, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan;
यसको खर्कसहित दिम्ना र यसको खर्कसहित नहलल गरी जम्मा चारवटा सहर दिइयो ।
36 daga kabilar Ruben kuma aka ba su, Bezer, Yahza,
मरारीको कुललाई यी सहरहरू दिइयोः यसको खर्कसहित बेसेर,
37 Kedemot da kuma Mefa’at, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan;
यसको खर्कसहित यहसा, यसको खर्कसहित कदेमोत, र यसको खर्कसहित मेपात गरी चारवटा सहर ।
38 daga kabilar Gad kuwa aka ba su, Ramot Gileyad (garin masu neman mafaka don sun yi kisa), Mahanayim,
गादको कुलबाट तिनीहरूले यसको खर्कसहित गिलादमा रामोतलाई अरूलाई अनजानमा मार्ने व्यक्तिको निम्ति शरण-नगरको रूपमा, र यसको खर्कसहित महनोम दिए ।
39 Heshbon da kuma Yazer, tare da wuraren kiwonsu, garuruwa huɗu ke nan.
मरारीका कुललाई यसको खर्कसहित हेश्बोन र यसको खर्कसहित याजेर पनि दिइयो । यी चारवटा सहर थिए ।
40 Duka-duka garuruwan da aka ba iyalan mutanen Merari, waɗanda su ne sauran Lawiyawa, garuruwa goma sha biyu ne.
यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।
41 Jimillar birane da wurarensu na kiwon da aka ba Lawiyawa daga cikin mallakar jama’ar Isra’ila guda arba’in da takwas ne.
लेवीका सहरहरू इस्राएलका मानिसहरूको अधीनमा रहेको भू-भागको बिचबाट लिइएका सहरहरू तिनीहरूका खर्कसहित अठचालिसवटा थिए ।
42 Dukan garuruwan nan kowannensu yana kewaye da wurin kiwo.
यी हरेक सहरको आ-आफ्नै खर्कहरू थिए । सबै सहरको यस्तै नै थियो ।
43 Ubangiji kuwa ya ba Isra’ilawa dukan ƙasar da ya yi wa kakanninsu alkawari, suka kuwa mallake ta, suka zauna a cikinta.
यसरी परमप्रभुले इस्राएलका पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गर्नुभएको सबै भू-भाग दिनुभयो । इस्राएलीहरूले यो कब्जा गरे र त्यहाँ बसोबास गरे ।
44 Ubangiji ya ba su hutawa a kowane gefe kamar yadda ya yi wa kakanninsu alkawari, ba ko ɗaya daga cikin abokan gābansu da ya iya cinsu da yaƙi.
त्यसपछि परमप्रभु तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएबमोजिम नै तिनीहरूलाई चारैतिर विश्राम दिनुभयो । तिनीहरूका एक जना शत्रुले पनि तिनीहरूलाई पराजित गर्न सकेन । परमप्रभुले तिनीहरूका सबै शत्रुलाई तिनीहरूका हातमा सुम्पिदिनुभयो ।
45 Ubangiji kuwa ya cika kowane alkawarin alherin da ya yi wa mutanen Isra’ila.
परमप्रभुले इस्राएलको घरानालाई भन्नुभएका सबै असल प्रतिज्ञाहरूमध्ये एउटा पनि सत्य हुन आउनबाट चुकेन । ती सबै नै पुरा हुन आए ।