< Ayuba 9 >
तब अय्यूबले जवाफ दिए र भने,
2 “Lalle, na san wannan gaskiya ne. Amma ta yaya mutum zai iya zama mai adalci a gaban Allah?
“यो यस्तै हो भनी म साँच्चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्वसित ठिक हुन सक्छ?
3 Ko da mutum yana so yă yi gardama da shi, ba zai taɓa amsa masa ba ko da sau ɗaya cikin dubu.
उसले परमेश्वरसित तर्क गर्न चाह्यो भने, उसले हजारपल्टमा एकपल्ट पनि जवाफ दिन सक्दैन ।
4 Hikimarsa tana da zurfi, ikonsa yana da yawa. Wane ne ya taɓa yin faɗa da shi har ya yi nasara?
परमेश्वर हृदयमा बुद्धिमान् र बलमा शक्तिशाली हुनुहुन्छ । उहाँको विरुद्धमा कसले आफूलाई कहिलै कठोर पारेको अनि सफल भएको छ र?
5 Yana matsar da manyan duwatsu kafin su sani kuma yana juya su cikin fushinsa.
जब उहाँले आफ्नो क्रोधमा पर्वतहरूलाई पल्टाउनुहुन्छ, तब उहाँले कसैलाई चेताउनी नदिइएर ती हटाउनुहुन्छ ।
6 Yana girgiza ƙasa, yana girgiza harsashenta.
उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
7 Yana magana da rana sai ta ƙi yin haske; yana hana taurari yin haske.
उहाँ उही परमेश्वर हुनुहुन्छ जसले सूर्यलाई नउदाउन भन्नुहुन्छ, र त्यो उदाउँदैन, र जसले ताराहरूलाई ढाक्नुहुन्छ,
8 Shi kaɗai ya shimfiɗa sammai ya kuma yi tafiya a kan raƙuman ruwan teku.
जो आफैले आकाशलाई तन्काउनुहुन्छ, र समुद्रका छालहरूलाई कुल्चिनुहुन्छ,
9 Shi ne ya halicci Mafarauci da Kare da Zomo, da Kaza, da’Ya’yanta da tarin taurari a sama, da taurarin kudu.
उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारापुञ्जहरू बनाउनुहुन्छ ।
10 Yana yin abubuwan banmamaki waɗanda ba a iya ganewa, mu’ujizai waɗanda ba a iya ƙirgawa.
उहाँले महान् र अगम्य कुराहरू, अनि अनगिन्ती उदेकका कामहरू गर्नुहुन्छ ।
11 Ba na iya ganinsa lokacin da ya wuce ni; ba na sani ya wuce lokacin da ya wuce.
हेर, उहाँ मेरो छेउबाट जानुहुन्छ, र पनि म उहाँलाई देख्दिनँ । उहाँ आफ्नो बाटो हिंड्नुहुँदा मलाई पत्तै हुँदैन ।
12 Wane ne ya isa yă hana shi in ya ƙwace abu? Wa zai ce masa, ‘Me kake yi?’
उहाँले कुनै कुरो खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ? कसले उहाँलाई भन्न सक्छ, 'तपाईं के गर्दै हुनुहुन्छ?'
13 Allah ba ya danne fushinsa; ko dodannin ruwan da ake kira ayarin Rahab ya tattake su.
परमेश्वरले आफ्नो रिस रोक्नुहुन्न । राहाबका सहयोगीहरू उहाँको मुनि झुक्छन् ।
14 “Ta yaya zan iya yin faɗa da shi? Ina zan iya samun kalmomin da zan yi gardama da shi?
कति थोरै जवाफ मैले उहाँलाई दिन सक्छु, उहाँसित तर्क गर्न म शब्दहरू छान्न सक्छु र?
15 Ko da yake ba ni da laifi, ba zan iya amsa masa ba; sai dai roƙon jinƙai zan iya yi ga mahukuncina.
म धर्मी भए तापनि मैले उहाँलाई जवाफ दिन सक्दिन । मेरा न्यायकर्तासँत मैले कृपाको लागि बिन्ती मात्र चढाउन सक्छु ।
16 Ko da na yi kira gare shi ya amsa mini, ban yarda cewa zai saurare ni ba.
मैले उहाँलाई पुकारेँ, र उहाँले मलाई जवाफ दिनुभयो भने पनि, उहाँले मेरो आवाज सुन्नुभयो भनेर म विश्वास गर्दिनँ ।
17 Zai sa hadari yă danne ni yă ƙara mini ciwona ba dalili.
किनकि उहाँले मलाई आँधीले तोड्नुहुन्छ, र विनाकारण मेरा घाउहरू बढाउनुहुन्छ ।
18 Ba zai bari in yi numfashi ba, sai dai yă ƙara mini azaba.
उहाँले मलाई फेरि सास फेर्ने दिनुहुन्न, तर उहाँले मलाई तिक्तताले भर्नुहुन्छ ।
19 In maganar ƙarfi ne, shi babban mai ƙarfi ne! In kuma maganar shari’a ne, wa zai kai kararsa?
ताकतको विषय हो भने, उहाँ शक्तिशाली हुनुहुन्छ । न्यायको विषय हो भने, कसले उहाँलाई बोलाउन सक्छ?
20 Ko da ni marar ƙarfi ne, bakina ya isa yă sa in zama mai laifi; in ba ni da laifi, zai sa in yi laifi.
म ठिक भए पनि मेरो आफ्नै मुखले मलाई दोषी ठहराउँछ । र म दोषरहित भए पनि मेरा वचनले मलाई दोषी प्रमाणित गर्छन् ।
21 “Ko da yake ba ni da laifi, ban damu da kaina ba; na rena raina.
म दोषरहित छु, तर अब फेरि म आफ्नै बारेमा वास्ता गर्दिनँ । मेरो आफ्नै जीवनलाई म घृणा गर्छु ।
22 Ba bambanci; shi ya sa na ce, ‘Yana hallaka marasa laifi da kuma mugaye.’
यसले मलाई केही फरक पार्दैन । त्यसैले म भन्छु, उहाँले दोषरहित र दुष्ट मानिसलाई सँगसँगै नष्ट गर्नुहुन्छ ।
23 Lokacin da bala’i ya kawo ga mutuwa, yakan yi dariyar baƙin cikin marasa laifi.
जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।
24 Lokacin da ƙasa ta faɗa a hannun mugaye, yakan rufe idanun masu shari’a. In ba shi ba wa zai yi wannan?
पृथ्वी दुष्ट मानिसको हातमा दिइएको छ । परमेश्वरले यसका न्यायकर्ताहरूका मुहार ढाक्नुहन्छ । यसो गर्ने उहाँ हुनुहुन्न भने त्यो को हो त?
25 “Kwanakina sun fi mai gudu wucewa da sauri; suna firiya babu wani abin jin daɗi a cikinsu.
मेरा दिनहरू कुद्ने दूतभन्दा पनि द्रुत गतिमा दौडन्छन् । मेरा दिनहरू भाग्छन् । तिनले कतै पनि भलो देख्दैनन् ।
26 Suna wucewa kamar jirgin ruwan da aka yi da kyauro, kamar jahurma da ta kai wa namanta cafka.
ती निगालोको डुङ्गाजस्तै चाँडो बगेर छन्, र आफ्नो सिकारलाई वेगसित झम्टने चीलझैं छन् ।
27 ‘In na ce zan manta da abin da yake damu na, zan yi murmushi in daina nuna ɓacin rai,’
आफ्ना गुनासाहरूको विषयमा म बिर्सन्छु, आफ्नो निराश अनुहार म हटाउँछु र खुसी हुन्छु भनें पनि,
28 duk da haka ina tsoron duk wahalata, domin na san ba za ka ɗauke ni marar laifi ba.
आफ्ना सबै शोकदेखि म डराउँछु, किनकि तपाईंले मलाई निर्दोष ठहराउनुहुने छैन भनी म जान्दछु ।
29 Tun da an riga an ɗauke ni mai laifi, duk ƙoƙarina a banza yake.
म दोषी ठहराइने छु । तब मैले किन व्यर्थैमा कोसिस गर्ने?
30 Ko da na wanke jikina duka da sabulu, na wanke hannuwana kuma da soda,
आफैलाई मैले हिउँको पानीले धोएँ, र आफ्ना हात अत्यन्तै सफा बनाए पनि,
31 duk da haka za ka jefa ni cikin ƙazamin wuri, yadda ko rigunan jikina ma za su ƙi ni.
परमेश्वरले मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा आफ्नै लुगाहरूले मलाई घृणा गर्छन् ।
32 “Shi ba mutum ba ne kamar ni wanda zan iya amsa masa, har da za mu yi faɗa da juna a wurin shari’a.
किनकि परमेश्वर मजस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
33 In da akwai wanda zai iya shiga tsakaninmu, ya ɗora hannunsa a kanmu tare,
हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्ना हात पसार्न सक्छ ।
34 wani wanda zai sa Allah yă daina duka na, don yă daina ba ni tsoro.
अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्न सक्छ ।
35 Sa’an nan ne zan iya yin magana ba tare da jin tsoronsa ba, amma a yadda nake a yanzu ba zan iya ba.
तब म बोल्नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।