< Ayuba 6 >

1 Sa’an nan Ayuba ya amsa,
तब अय्यूबले जवाफ दिए र भने,
2 “Da kawai za a iya auna wahalata a kuma sa ɓacin raina a ma’auni!
“हाय, मेरो वेदना जोखिएको भए, मेरा सबै विपत्ति तराजुमा राखिएको भए,
3 Ba shakka da sun fi yashin teku nauyi, shi ya sa nake magana haka.
किनकि अहिले त्‍यो समुद्रका बालुवाभन्दा पनि गह्रौं हुनेथियो, त्यसकारण मेरा वचन समझहीन छन् ।
4 Kibiyoyin Maɗaukaki suna a kaina, ruhuna yana shan dafinsa; fushin Allah ya sauka a kaina.
सर्वशक्तिमान्‌का काँडहरू ममा गाडिएका छन्, र मेरो आत्माले विष सेवन गर्छ । परमेश्‍वरको त्रास आफै मेरो विरुद्धमा तैनाथ छन् ।
5 Jaki yakan yi kuka sa’ad da ya sami ciyawar ci, ko saniya takan yi kuka in ta sami abincinta?
के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?
6 Akan cin abinci marar ɗanɗano ba tare da an sa gishiri ba, ko akwai wani ƙanshin daɗi a cikin farin ruwan ƙwai?
के स्वाद नभएको खानेकुरालाई नुनविना खान सकिन्छ र? वा अण्डाको सेतो भागको कुनै स्वाद हुन्छ र?
7 Na ƙi in taɓa shi; irin wannan abinci zai sa ni rashin lafiya.
म तिनलाई छुन पनि इन्कार गर्छु । मेरा लागि ती घृणित खानेकुरा हुन् ।
8 “Kash, da ma Allah zai ba ni abin da nake fatar samu, da ma Allah zai biya mini bukatata,
हाय! मैले बिन्ती गरेको कुरा मसित भए! हाय, मैले चिताएको कुरा परमेश्‍वरले दिनुभए!
9 wato, Allah yă kashe ni, yă miƙa hannunsa yă yanke raina!
मलाई एकैचोटी धुलो पार्न परमेश्‍वर खुसी हुनुपर्छ! उहाँले आफ्‍नो हात उठाउनुपर्छ र यो जीवनबाट मलाई खतम पार्नुपर्छ!
10 Da sai in ji daɗi duk zafin da nake sha ban hana maganar Mai Tsarkin nan cika ba.
यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।
11 “Wane ƙarfi nake da shi, har da zan ci gaba da sa zuciya? Wane sa zuciya ne zai sa in yi haƙuri?
मैले पर्खन कोसिस गर्नुपर्ने मेरो बल के हो र? मैले आफ्‍नो जीवनलाई लम्‍ब्‍याउनुपर्ने मेरो अन्त्य के हो?
12 Da ƙarfin dutse aka yi ni ne? Ko jikina tagulla ne?
के मेरो बल ढुङ्गाहरूका बल हो र? अर्थात् मेरो मासु काँसाबाट बनेको छ?
13 Ina da wani ikon da zan iya taimakon kai na ne, yanzu da aka kore nasara daga gare ni?
म आफैलाई मदत गर्न सक्‍दिन भन्‍ने कुरा सत्‍य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?
14 “Duk wanda ya ƙi yă yi alheri ga aboki ya rabu ta tsoron Maɗaukaki.
मूर्छा खानै लागेको व्यक्तिलाई, त्यसको साथीले विश्‍वसनीयता देखाउनु, उसलाई पनि जसले सर्वशक्तिमान्‌को भयलाई त्याग्‍छ ।
15 Amma’yan’uwana sun nuna ba zan iya dogara gare su ba, kamar rafin da yakan bushe da rani,
तर मरुभूमिको नहरझैं मेरा दाजुभाइ मसित विश्‍वासयोग्य भएका छन्, बगेर कतै पनि नपुग्‍ने पानीको नहरझैं,
16 kamar rafin da yakan cika a lokacin ƙanƙara, yă kuma kumbura kamar ƙanƙarar da ta narke,
तीमाथि बरफ जमेको हुनाले, र तिनमा लुकेर बस्‍ने हिउँको कारणले अँध्‍यारो भएका छन् ।
17 amma da rani sai yă bushe, lokacin zafi ba a samun ruwa yana gudu a wurin.
जब ती पग्लिन्छन्, ती बिलय हुन्छन् । तातो हुँदा ती आफ्नो ठाउँबाट पग्लेर जान्छन् ।
18 Ayari sukan bar hanyarsu; sukan yi ta neman wurin da za su sami ruwa, su kāsa samu har su mutu.
आफ्नो बाटोमा हिंड्ने यात्रु-दल पानी खोज्‍न पाखा लाग्‍छन् । तिनीहरू बाँझो भू-भागमा भौंतारिन्छन्, र नष्‍ट हुन्छन् ।
19 Ayarin Tema sun nemi ruwa, matafiya’yan kasuwa Sheba sun nema cike da begen samu.
तेमाबाट आएका यात्रु-दलले त्‍यहाँ हेरे, जबकि शेबाका सहयात्रीहरूले तिनमा आशा राखे ।
20 Ransu ya ɓace, domin sun sa zuciya sosai; sa’ad da suka kai wurin kuwa ba su sami abin da suka sa zuciyar samu ba.
तिनमा पानी भेट्टाउने निश्‍चयता भएको हुनाले तिनीहरू निरुत्साही भए । तिनीहरू त्यहाँ गए, तर तिनीहरू धोकामा परे ।
21 Yanzu kuma kun nuna mini ba ku iya taimako; kun ga abin bantsoro kuka tsorata.
किनकि अब तपाईं मित्रहरू त मेरा लागि केही होइन । तपाईंहरू मेरो डरलाग्दो अवस्था देख्‍नुहुन्‍छ र डराउनुहुन्‍छ ।
22 Ko na taɓa cewa, ‘Ku ba da wani abu a madadina, ko na roƙe ku, ku ba da wani abu domina daga cikin dukiyarku,
के मैले तपाईंलाई यसो भनें, 'मलाई केही कुरा दिनुहोस्?' अथवा ‘आफ्‍नो धन-सम्पत्तिबाट मलाई एउटा उपहार दिनुहोस्?’
23 ko kuma kun taɓa kuɓutar da ni daga hannun maƙiyina, ko kun taɓa ƙwato ni daga hannun marasa kirki’?
अथवा ‘मलाई मेरा वैरीको हातबाट बचाउनुहोस्?' अथवा 'मेरो थिचोमिचो गर्नेहरूको हातबाट मलाई मोल तिरेर छुटाउनुहोस्?'
24 “Ku koya mini, zan yi shiru; ku nuna mini inda ban yi daidai ba.
मलाई सिकाउनुहोस्, र म आफू शान्‍त रहनेछु । मैले कहाँ गल्ती गरें, मलाई प्रष्‍ट पार्नुहोस् ।
25 Faɗar gaskiya tana da zafi! Amma ina amfanin gardamar da kuke yi?
इमानदार वचन कति पीडादयक हुन्छन्! तर तपाईंका तर्कहरू, कसरी तिनले मलाई साँच्‍चै हप्काउँछन् र?
26 Ko kuna so ku gyara abin da na faɗi ne, ku mai da magana wanda yake cikin wahala ta zama ta wofi?
मेरा वचनलाई बेवास्ता गर्ने योजना गर्नुहुन्‍छ, निराश मानिसका वचनलाई बतासझैं तपाईं गर्नुहुन्‍छ?
27 Kukan yi ƙuri’a a kan marayu ku kuma sayar da abokinku.
वास्तवमा, तपाईं अनाथको लागि चिट्ठा हाल्‍नुहुन्‍छ, र बेच्ने सामनझैं आफ्नो मित्रको मूल्‍य तोक्‍नुहुन्‍छ ।
28 “Amma yanzu ku dube ni da kyau, zan yi muku ƙarya ne?
त्यसकारण अब कृपया मलाई हेर्नुहोस्, किनकि म निश्‍चय नै तपाईंको सामु झुट बोल्दिनँ ।
29 Ku bi a hankali, kada ku ɗora mini laifi; ku sāke dubawa, gama ba ni da laifi.
मेरो बिन्ती छ, कोमल हुनुहोस् । तपाईंसित कुनै अन्याय नहोस् । वास्तवमै कोमलो हुनुहोस्, किनकि मेरो समस्‍या न्‍यायोचित छ ।
30 Ko akwai wata mugunta a bakina? Bakina ba zai iya rarrabewa tsakanin gaskiya da ƙarya ba?
के मेरो जिब्रोमा खराबी छ र? के मेरा मुखले दूर्भावपूर्ण कुराहरू छुट्ट्याउन सक्दैन र?

< Ayuba 6 >