< Ayuba 5 >

1 “Ka yi kira in kana so, amma wa zai amsa maka? Wurin waɗanne tsarkaka za ka juya?
अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्‍यक्‍ति छ? पवित्र मानिसहरूमध्‍ये कुनतिर तपाईं फर्कनुहुनेछ?
2 Fushi yana kashe wawa, ƙyashi kuma yana kashe marar azanci.
किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
3 Ni ma na ga wawa yana cin gaba, amma nan da nan gidansa ya zama la’ananne.
मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्‍कासि त्यसको घरलाई सराप दिएँ ।
4 ’Ya’yansa suna cikin hatsari, ba wanda zai tsaya musu a gaban alƙali,
त्यसका छोराछोरी बिल्‍कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
5 mayunwata sun kwashe girbinsa, har abubuwan da suke cikin ƙaya, masu jin ƙishirwa kuma suna zuba ido ga dukiyarsa.
भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्‍यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्‍नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
6 Gama ba daga cikin ƙasa wahala take fitowa ba, ko kuma bala’i daga ƙasa.
किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्‍या उम्रन्छ ।
7 Duk da haka an haifi mutum don wahala ne, kamar yadda ba shakka tartsatsin wuta yake tashi.
बरु, मानव-जाति कष्‍टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
8 “Amma da a ce ni ne, da zan roƙi Allah; zan gaya masa damuwata.
तर मेरो बारेमा, स्‍वयम् परमेश्‍वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्‍नो गुनासो समर्पित गर्छु—
9 Yana yin abubuwan al’ajabi waɗanda ba a ganewa, mu’ujizai waɗanda ba a ƙirgawa.
महान् अनि अगम्‍य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
10 Yana zuba ruwan sama a ƙasa; yana zuba ruwa a gonaki.
उहाँले पृथ्वीमा वृष्‍टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।
11 Yana ɗaukaka masu sauƙinkai, yana kāre waɗanda suke makoki.
नम्रहरूलाई उच्‍च स्‍थानमा राख्‍नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्‍नलाई उहाँले यसो गर्नुहुन्छ ।
12 Yana dagula shirye-shiryen masu wayo don kada su yi nasara cikin abubuwan da suke shirin yi.
धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।
13 Yana kama masu wayo cikin wayonsu, yana kawar da shirye-shiryensu ba za su yi nasara ba.
उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
14 Da rana sukan yi karo da duhu; da rana ma suna lallube kamar a duhun dare suke.
तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
15 Yana ceton matalauta daga takobin da za tă kashe su da shi; yana cetonsu daga hannun waɗanda suka fi su ƙarfi.
तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
16 Saboda haka matalauta suna da bege, rashin gaskiya kuma ta yi shiru.
त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
17 “Mai albarka ne wanda Allah yake yi masa gyara in mutumin ya yi kuskure; saboda haka kada ka guje wa horon Maɗaukaki.
हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।
18 Ko da yake yana sa ciwo, shi ne kuma yake warkar da ciwon; ciwon da ya ji maka, shi da kansa zai warkar da shi.
किनकि उहाँले चोट पुर्‍याउनुहुन्छ, र पट्टी बाँध्‍नुहुन्छ । उहाँले चोट पुर्‍याउनुहुन्छ र आफ्‍नै हातले निको पार्नुहुन्‍छ ।
19 Zai cece ka daga bala’o’i guda shida; har bakwai ma ba abin da zai same ka.
उहाँले तपाईंलाई छवटा कष्‍टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्‍टमा पनि कुनै दुष्‍ट्याइँले तपाईंलाई छुँदैन ।
20 Lokacin yunwa yana tsare ka daga mutuwa, a cikin yaƙi kuma yana kāre ka daga sarar takobi.
अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
21 Zai kāre ka daga ɓata suna, kuma ba ka bukata ka ji tsoro in hallaka ta zo.
झूट बोल्‍ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्‍यसबाट डराउनुहुनेछैन ।
22 Za ka yi wa hallaka da yunwa dariya; kuma ba ka bukata ka ji tsoron manyan namun jeji.
विनाश र अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ, अनि पृथ्‍वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।
23 Gama za ka zauna lafiya da duwatsu a gonaki, kuma manyan namun jeji za su yi zaman salama da kai.
किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्‍नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।
24 Za ka zauna lafiya a cikin tenti naka, za ka ƙirga kayanka za ka samu kome na nan.
तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्‍नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
25 Za ka san cewa’ya’yanka za su zama da yawa, zuriyarka kuma kamar ciyawa a ƙasa.
तपाईंले यो जान्‍नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।
26 Za ka yi kyakkyawan tsufa kafin ka mutu, kamar yadda ake tara dammuna a lokacin girbi.
तपाईं आफ्‍नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्‍नका मुट्ठाहरूको चाङ हुनेछ ।
27 “Mun yi nazarin wannan, kuma gaskiya ne. Saboda haka ka ji, ka kuma yi amfani da shi.”
हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्‍तो छ । यसलाई सुन्‍नुहोस् र आफ्‍नै निम्‍ति यसलाई चिन्‍नुहोस् ।”

< Ayuba 5 >