< Ishaya 25 >

1 Ya Ubangiji, kai ne Allahna; zan ɗaukaka ka in kuma yabi sunanka, gama cikin cikakken aminci ka yi abubuwa masu banmamaki, abubuwan da aka shirya tun da.
हे परमप्रभु, तपाईं मेरो परमेश्‍वर हुनुहुन्छ । तपाईंलाई म उच्‍च पार्नेछु, तपाईंको नाउँको म प्रशंसा गर्नेछु । किनकि धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू तपाईंले पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएको छ ।
2 Ka mai da birnin tsibin tarkace, ka lalatar da gari mai katanga, birnin baƙi mai ƙarfi, ta ɓace; ba za a ƙara gina ta ba.
किन तपाईंले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभएको छ ।
3 Saboda haka mutane masu ƙarfi za su girmama ka; biranen mugayen al’ummai za su ji tsoronka.
यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्‍नेछन् ।
4 Kai ka zama mafakar matalauta, mafaka don mabukata cikin damuwa, wurin ɓuya daga hadari, inuwa kuma daga zafin rana. Gama numfashin mugaye yana kamar da hadari mai bugun bango
किनकि गरीबको निम्ति तपाईं सुरक्षाको ठाउँ, खाँचोमा परेकाको निम्ति शरणस्थान— हुरीबाट बच्‍ने घर र तापबाट बच्‍ने छहारी हुनुभएको छ । जब निर्दयीहरूको सास पर्खालविरुद्ध आँधीजस्तै थियो,
5 kuma kamar zafin hamada. Ka kwantar da hayaniyar baƙi; kamar yadda inuwar girgije kan rage zafin rana, haka ake kwantar da waƙar mugaye.
र सुख्‍खा जमिनको ताप जस्‍तो थियो, तपाईंले विदेशीहरूका आवाजलाई निस्तेज गर्नुभयो, जसरी तापलाई बादलको छायाले निस्तेज पार्छ, त्यसरी नै निर्दयीको गीतको जवाफ दिइन्छ ।
6 A kan wannan dutse Ubangiji Maɗaukaki zai shirya bikin abinci mai kyau don dukan mutane, liyafar ajiyayyen ruwan inabi da nama mafi kyau da ruwan inabi mafi kyau.
यस पर्वतमाथि सर्वशक्तिमान् परमप्रभुले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरू, उत्तम मद्यहरू, स्वदिष्‍ट मासु र मिठो मद्यको भोज तयार पार्नुहुनेछ ।
7 A wannan dutse zai kawar da baƙin cikin da ya lulluɓe dukan mutane, ƙyallen da ya rufe dukan al’ummai;
उहाँले मानिसहरूमाथिका छकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू यही पर्वतमाथि नाश गर्नुहुनेछ ।
8 zai haɗiye mutuwa har abada. Ubangiji Mai Iko Duka zai share hawaye daga dukan fuskoki; zai kawar da kunyar mutanensa daga dukan duniya. Ubangiji ne ya faɗa.
उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, र परमप्रभु परमेश्‍वरले सबैको मुहारको आँसु पुछ्नुहुनेछ । उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई सबै पृथ्वीबाट हटाउनुहुनेछ, किनकि यो परमप्रभुले भन्‍नुभएको छ ।
9 A wannan rana za su ce, “Tabbatacce wannan shi ne Allah; mun dogara a gare shi, ya kuma cece mu. Wannan shi ne Ubangiji, mun dogara a gare shi; bari mu yi murna mu kuma yi farin ciki a cikin cetonsa.”
त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
10 Hannun Ubangiji zai zauna a kan wannan dutse; amma za a tattake Mowab a ƙarƙashinsa kamar yadda ake tattaka kara a cikin taki.
किनकि यो पर्वतमा परमप्रभुको हातले विश्रमा लिनेछ, अनि गोबरले भरिएको खाल्डोमा पराललाई कुल्चेझैं मोआबलाई त्यसकै ठाउँमा कुल्चिइनेछ
11 Za su buɗe hannuwansa a cikinsa, yadda mai iyo kan buɗe hannuwansa don yă yi iyo. Allah ya ƙasƙantar da girmankansu duk da wayon hannuwansu.
पौडी खेल्‍नेले पौडनलाई आफ्नो हात फैलाएझैं तिनीहरूले त्‍यसको माझमा आफ्‍ना हातहरू फैलाउनेछन् । तर तिनीहरूका हातहरूका सीपहरूको बाबजुत पनि परमप्रभुले तिनीहरूका घमण्डलाई तल झार्नुहुनेछ ।
12 Zai rurrushe manyan katangar kagaru ya kuma ƙasƙantar da su; zai rushe su har ƙasa, su zama ƙura.
तेरा किल्लाहरूका अग्‍ला पर्खालहरूलाई उहाँले तल जमिनमा माटोमा ढाल्‍नुहुनेछ ।

< Ishaya 25 >