< Ezekiyel 35 >

1 Maganar Ubangiji ta zo mini cewa,
त्‍यसपछि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 “Ɗan mutum, ka fuskanci Dutsen Seyir; ka yi annabci a kansa
“ए मानिसको छोरो, सेइर पर्वतको विरुद्धमा आफ्‍नो मुख फर्का र त्यसको विरुद्धमा अगमवाणी गर् ।
3 ka ce, ‘Ga abin da Ubangiji Mai Iko Duka yana cewa ina gāba da kai, Dutsen Seyir, zan kuma miƙa hannuna gāba da kai in mai da kai kango.
त्यसलाई भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: हेर्, सेइर पर्वत, म तेरो विरुद्धमा छु, र तँलाई म आफ्‍नो हातले प्रहार गर्नेछु र तँलाई निर्जन र उजाड बनाउनेछु ।
4 Zan mai da garuruwanka kufai za ka kuma zama kango. Sa’an nan za ka san cewa ni ne Ubangiji.
तेरा सहरहरूलाई म भग्‍नावशेष बनाउनेछु, र तँ आफैचाहिं उजाड हुनेछस् । तब म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
5 “‘Domin ka riƙe ƙiyayya ta tun dā, ka kuma ba da mutanen Isra’ila domin a kashe su da takobi a lokacin masifarsu, lokacin da adadin horonsu ya cika,
किनभने तैंले सधैं इस्राएलका मानिसहरूसँग शत्रुतापूर्ण व्यवहार गरिस्, र किनभने तिनीहरूका निराशाको समयमा, र तिनीहरूका ठुलो दण्‍डको समयमा तैंले तिनीहरूलाई तरवारको हातहरूमा सुम्पिस् ।
6 saboda haka muddin ina raye, in ji Ubangiji Mai Iko Duka, zan sa a zub da jininka zan kuwa fafare ka. Da yake ba ka ƙi zub da jini ba, zub da jini zai fafare ka.
यसकारण, यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, म तँलाई रक्तपातको निम्ति तयार गर्नेछु, र रक्तपातले तँलाई खेद्‍नेछ । तैंले रक्तपातलाई घृणा नगरेको कारणले रक्तपात तँलाई खेद्‍नेछ ।
7 Zan mai da Dutsen Seyir kango in kuma yanke dukan waɗanda suke shiga da fita a cikinka.
सेइर पर्वतको नजिकबाट जाने र फेरि फर्किने कुनै पनि व्‍यक्‍तिलाई जब म हटाउँछु तब म त्यसलाई पूरा उजाड बनाउनेछु ।
8 Zan cika duwatsunka da matattu; waɗanda aka kashe da takobi za su fāɗi a kan tuddanka, da cikin kwarurukanka, da cikin dukan kwazazzabanka.
मारिएकाहरूले म त्यसका पर्वतहरूलाई भरिदिनेछु । तरवारद्वारा मारिएकाहरूचाहिं तेरा अग्ला पहाडहरू र बेसीहरू र तेरा सबै खोलाहरूमा ढल्‍नेछन् ।
9 Zan mai da kai kango har abada; ba za a zauna a cikin garuruwanka ba. Sa’an nan za ka san cewa ni ne Ubangiji.
तँलाई म सधैंको निम्ति उजाड बनाउनेछु । तेरा सहरहरूमा कोही बास गर्नेछैनन्, तर म नै परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् ।
10 “‘Domin kun ce, “Waɗannan al’ummai biyu da ƙasashe za su zama namu za mu kuma mallake su,” ko da yake Ni Ubangiji ina a can,
तैंले यसो भनेको छस्, “यी दुई जाति र यी दुई देश मेरा हुनेछन्, र हामी तीमाथि अधिकार गर्नेछौं ।” तापनि परमप्रभु तिनीहरूसँग हुनुभयो ।
11 saboda haka muddin ina raye, in ji Ubangiji Mai Iko Duka, zan sāka maka gwargwadon fushi da kuma kishin da ka nuna a ƙiyayyarsu da ka yi zan kuma sanar da kaina a cikinsu sa’ad da na hukunta ka.
यसकारण यो परमप्रभु परमेश्‍वरको घोषणा हो, जस्‍तो म जीवित छु, इस्राएलको बारेमा तेरो घृणामा भएको तेरो डाहअनुसार र तेरो रिसअनुसार म व्यवहार गर्नेछु, र मैले तेरो न्याय गर्दा म आफैलाई तिनीहरूकहाँ प्रकट गर्नेछु ।
12 Sa’an nan za ka san cewa Ni Ubangiji na ji duk abubuwan banzan da ka faɗa a kan duwatsun Isra’ila. Ka ce, “An mai da su kango an kuma ba mu su mu cinye.”
यसरी म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । तैंले इस्राएलका पर्वतहरूको विरुद्धमा सबै अपमान्‌साथ यसो भन्‍दा, “तिनीहरू नष्‍ट भएका छन्, र तिनीहरूलाई सखाप पार्न हामीलाई सुम्पिएको छ,” मैले सुनेको छु ।
13 Ka yi fariya a kaina, ka kuma yi magana a kaina ba gaggautawa, na ji shi sarai.
तैंले जे भनिस् त्‍यसले तैंले आफैलाई मेरो विरुद्ध उचालिस्, र मेरो विरुद्धमा तैंले भनेका कुरामा तैंले धेरै बढाइस् । अनि मैले ती सबै सुनें ।
14 Ga abin da Ubangiji Mai Iko Duka yana cewa yayinda dukan duniya take farin ciki, zan mai da kai kango.
परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: सारा पृथ्वीले खुशी मनाइरहँदा म तँलाई उजाड बनाउनेछु ।
15 Domin ka yi farin ciki sa’ad da gādon gidan Isra’ila ya zama kufai, haka zan yi da kai, ya Dutsen Seyir, kai da dukan Edom. Sa’an nan za ka san cewa ni ne Ubangiji.’”
इस्राएलका मानिसको उत्तराधिकार उजाड भएको हुनाले जसरी तँ आनन्‍दित भइस्, तँलाई म त्यस्तै गर्नेछु । ए सेइर पर्वत, र सारा एदोम, तिमीहरू उजाड हुनेछस् । तब म परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’”

< Ezekiyel 35 >