< Ezekiyel 2 >

1 Ya ce mini, “Ɗan mutum, tashi ka tsaya a ƙafafunka zan kuma yi maka magana.”
उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, आफ्‍ना गोडामा खडा हो । तब म तँसित कुरा गर्नेछु ।”
2 Yayinda yake magana, sai Ruhu ya sauko mini ya kuma tā da ni a ƙafafuna, na kuma ji shi yana mini magana.
तब उहाँ मसित बोल्‍नुहुँदा, तब मभित्र आत्‍मा प्रवेश गर्नुभयो र मलाई आफ्‍ना खुट्टामा खडा गराउनुभयो, र उहाँले मसित कुरा बोलिरहनुभएको मैले सुनें ।
3 Ya ce, “Ɗan mutum, ina aikan ka zuwa ga Isra’ilawa, zuwa ga al’ummar’yan tawayen nan da suka yi mini tayarwa; su da kakanninsu sun yi mini tawaye har yă zuwa yau.
उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तँलाई म इस्राएलका मानिसहरूकहाँ पठाउँदैछु, एउटा विद्रोही जातिकहाँ, जसले मेरो विरुद्धमा विद्रोह गरेको छ—तिनीहरू र तिनीहरूका पुर्खाहरू दुवैले आजको दिनसम्‍मै मेरो विरुद्धमा पाप गरेका छन् ।
4 Mutanen da nake aikan ka masu ƙin ji ne da kuma taurinkai. Ka faɗa musu cewa, ‘Ga abin da Ubangiji Mai Iko Duka ya faɗa.’
तिनका सन्तानहरूका हठी अनुहारहरू र कठोर हृदयहरू छन् । तँलाई म तिनीहरूकहाँ पठाउँदैछु, र तैंले तिनीहरूलाई भन्‍नेछस्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।'
5 Kuma ko su ji ko kada su ji, gama su gida ne mai tawaye, za su san cewa akwai annabi a cikinsu.
तिनीहरूले सुन्‍नेछन् वा सुन्‍नेछैनन् । तिनीहरू विद्रोही घराना हुन्, तर तिनीहरूले कमसेकम आफ्‍ना बिचमा एक जना अगमवक्ता छन्‌ भनी जान्‍नेछन्‌ ।
6 Kai kuwa, ɗan mutum, kada ka ji tsoro, ko da sarƙaƙƙiya da ƙayayyuwa duk sun kewaye ka kana kuma zama a cikin kunamai. Kada ka ji tsoron abin da za ka faɗa ko ka firgita ta wurinsu, ko da yake su gida ne mai tawaye.
ए मानिसको छोरो, तँचाहिं तिनीहरूदेखि अथवा तिनीहरूका कुरादेखि नडरा । तँ सिउँडी र काँढा भए, अथवा तँ बिच्‍छीहरूका बिचमा बसे तापनि तँ नडरा । तिनीहरूका वचनहरूदेखि नडरा वा तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो, किनकि तिनीहरू विद्रोही घराना हुन्‌ ।
7 Dole ka yi maganata gare su, ko su ji ko kada su ji, gama su’yan tawaye ne.
तर तिनीहरूले सुनुन् वा नसुनुन् तिनीहरूलाई मेरो वचन तैंले बोल्‍नेछस्, किनकि तिनीहरू ज्‍यादै विद्रोही छन् ।
8 Amma kai, ɗan mutum, ka saurari abin da zan faɗa maka. Kada ka yi tawaye kamar wannan gidan’yan tawaye; ka buɗe bakinka ka kuma ci abin da na ba ka.”
तर ए मानिसको छोरो, मैले तँलाई भनिरहेको कुरा सुन् । त्‍यो विद्रोही घरानाझैं तँ विद्रोही नहो । तेरो मुख खोल्, र मैले तँलाई जे दिन गइरहेको छु त्यो खा!”
9 Sai na duba, na kuma ga hannu ya miƙe zuwa wurina. A cikinsa akwai littafi,
तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।
10 wanda ya nannaɗe a gabana. A kowane gefensa akwai rubutun kalmomin makoki da kuka da kuma kaito.
उहाँले त्यसलाई मेरै सामु फिंजाउनुभयो । त्‍यसको अगाडि र पछाडि दुवैतिर लेखिएको थियो, र त्‍यसमा शोक, विलाप र विपत्तिका कुरा लेखिएका थिए ।

< Ezekiyel 2 >