< Fitowa 31 >

1 Sai Ubangiji ya ce wa Musa,
तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
2 “Duba, na zaɓi Bezalel ɗan Uri, ɗan Hur, na kabilar Yahuda,
“हेर्, मैले यहूदाको कुलबाट हूरको नाति, ऊरीको छोरो बजलेललाई डाकेको छु ।
3 na kuma cika shi da Ruhun Allah, fasaha, azanci, da kuma sani cikin kowace irin sana’a,
सबै किसिमका कारीगरीको काम गर्नका लागि त्यसलाई बुद्धि, समझशक्ति, ज्ञान दिन मेरा आत्माले भरिपूर्ण पारेको छु ।
4 don yin zāne-zāne na aikin zinariya, azurfa da tagulla,
त्यसले सुन, चाँदी, काँसाका कलापूर्ण रचनाहरू बनाउनेछ ।
5 don yanka da shirya duwatsu, yin aikin katako, da kuma yin kowane irin aikin sana’ar hannu.
सबै किसिमका कारीगरीका काम गर्न त्यसले पत्थर काट्ने, जड्ने र काठ खोप्‍ने गर्छ ।
6 Ban da haka, na zaɓi Oholiyab ɗan Ahisamak, na kabilar Dan, don yă taimake shi. Na kuma ba da fasaha ga dukan masu aikin sana’ar hannu, don yin duk abin da na umarce ka.
त्योबाहेक मैले दानको कुलबाट अहीसामाकको छोरो ओहोलीआबलाई नियुक्त गरेको छु । मैले तिनीहरूलाई आज्ञा गरेमुताबिक तिनीहरूले बनाउन सकून् भनेर सबै बुद्धिमानीहरूका ह्रदयमा मैले सिप हालिदिएको छु । तिनीहरूले बनाउने सामग्रीहरू यिनै हुन्:
7 Tentin Sujada, akwatin Alkawari tare da murfin kafara a bisansa, da dukan kayan aiki na tentin,
भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्‍चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
8 tebur da kayansa, wurin ajiye fitila na zinariya zalla, da dukan kayansa, bagaden ƙona turare,
टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,
9 bagaden hadaya ta ƙonawa da dukan kayansa, daro tare da mazauninsa,
होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।
10 da kuma saƙaƙƙun riguna, tsarkakan riguna don Haruna firist da rigunan’ya’yansa maza, sa’ad da suke hidima a matsayin firistoci,
यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।
11 da man shafewa, da turare mai ƙanshi don Wuri Mai Tsarki. Za a yi su kamar yadda na umarce ka.”
पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।”
12 Sa’an nan Ubangiji ya ce wa Musa,
तब परमप्रभुले मोशालाई भन्‍नुभयो,
13 “Ka faɗa wa Isra’ilawa, ‘Dole ku kiyaye Asabbataina. Wannan zai zama alama tsakanina da ku daga tsara zuwa tsara, saboda ku sani ni ne Ubangiji, wanda ya mai da ku masu tsarki.
“इस्राएलीहरूलाई भन्, 'तिमीहरूले निश्‍चय नै परमप्रभुको शबाथ-दिन मान्‍नू किनकि तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो तिमीहरू र मेरो बिचमा एउटा चिन्ह हुनेछ ताकि तिमीहरूलाई मेरो निम्ति अलग गर्ने परमप्रभु म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।
14 “‘Ku kiyaye Asabbaci, domin yă zama mai tsarki a gare ku. Duk wanda ya ƙazantar da shi, za a kashe shi; duk wanda ya yi wani aiki a ranar, za a ware shi daga mutane.
त्यसैले तिमीहरूले शबाथ मान्‍नू किनभने यो मेरो लागि अलग गरिएको तिमीहरूद्वारा मान्‍नुपर्ने पवित्र दिन हो । यसलाई अशुद्ध गर्ने कुनै पनि व्यक्ति निश्‍चय नै मारिनेछ । जसले शबाथमा काम गर्छ, त्यो व्यक्ति निश्‍चय नै आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।
15 Kwana shida, za a yi aiki, amma a rana ta bakwai, Asabbaci ne na hutu, mai tsarki ga Ubangiji. Duk wanda ya yi wani aiki a Asabbaci, za a kashe shi.
छ दिनसम्म काम गर्नू, तर सातौँचाहिँ दिन परमप्रभुको सामु पूर्ण विश्रामको पवित्र शबाथ हुनेछ । शबाथ-दिनमा काम गर्ने जोसुकै पनि निश्‍चय मारिनेछ ।
16 Isra’ilawa za su kiyaye Asabbaci, suna bikinsa daga tsara zuwa tsara a matsayin madawwamin alkawari.
त्यसकारण, इस्राएलीहरूले शबाथलाई मान्‍नैपर्छ । एउटा स्थायी विधिको रूपमा तिनीहरूका पुस्तौँ-पुस्तासम्म तिनीहरूले यसको पालना गर्नुपर्छ ।
17 Zai zama alama tsakanina da Isra’ilawa har abada, gama cikin kwana shida Ubangiji ya yi sama da ƙasa, a rana ta bakwai kuma ya daina aiki, ya kuma huta.’”
शबाथ सधैँ म परमप्रभु र इस्राएलीहरूका बिचमा एउटा चिन्ह हुनेछ किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले कामबाट विश्राम लिनुभयो ।”
18 Sa’ad da Ubangiji ya gama yin wa Musa magana a kan Dutsen Sinai, sai ya ba shi alluna biyu na Alkawari, allunan duwatsu rubutattu da yatsan Allah.
सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।

< Fitowa 31 >