< Maimaitawar Shari’a 32 >

1 Ku saurara, ya ku sammai, zan yi magana; bari duniya ta ji maganar bakina.
हे आकाश, सुन्, र मलाई बोल्न दे । पृथ्वीले मेरा मुखका वचन सुनोस् ।
2 Bari koyarwata tă zubo kamar ruwan sama kalmomina kuma su sauko kamar raɓa, kamar yayyafi a kan sabuwar ciyawa, kamar ruwan sama mai yawa a kan tsirai marasa ƙarfi.
मेरो शिक्षा झरीको थोपाझैँ खसोस्, मेरो बोली शीतझैँ झरोस्, कलिलो घाँसमाथि सिमसिमे पानीझैँ, र बिरुवाहरूमाथि झरीझैँ बर्सोस् ।
3 Zan yi shelar sunan Ubangiji. Ku yabi girman Allahnmu!
किनकि म परमप्रभुको नाउँको घोषणा गर्ने छु, र हाम्रा परमेश्‍वरको महान्‌ता वर्णन गर्ने छु ।
4 Shi Dutse ne, ayyukansa cikakku ne, dukan hanyoyinsa kuwa masu adalci ne. Allah mai aminci, wanda ba ya yin rashi gaskiya, shi mai adalci ne, nagari ne kuma.
उहाँ चट्टान हुनुहुन्छ, उहाँको काम सिद्ध छ । किनकि उहाँका सबै मार्ग न्यायोचित छन् । उहाँ अधर्म नभएको विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ । उहाँ न्यायी र सत्य हुनुहुन्छ ।
5 Sun aikata mugunta a gabansa; saboda abin kunyarsu, su ba’ya’yansa ba ne, amma wata muguwar tsara ce, karkatacciya.
तिनीहरूले उहाँको विरुद्धमा भ्रष्‍टतापूर्वक काम गरेका छन् । तिनीहरू उहाँका छोराछोरी होइनन् । यो तिनीहरूको अपमान हो । तिनीहरू बाङ्गो र टेडो पुस्ता हुन् ।
6 Haka za ku biya Ubangiji, Ya ku wawaye da kuma mutane marasa hikima? Shi ba Ubanku ba ne, Mahaliccinku, wanda ya yi ku, ya kuma siffanta ku?
हे मूर्ख र बुद्धि नभएका मानिसहरू हो, के तिमीहरूले यसरी नै परमेश्‍वरलाई कृतज्ञता देखाउँछौ? के उहाँ नै तिमीहरूलाई सृजनुहुने तिमीहरूका पिता हुनुहुन्‍न र? उहाँले नै तिमीहरूलाई बनाउनुभयो, र स्थापित गर्नुभयो ।
7 Ku tuna da kwanakin dā, ku tuna da tsararrakin da suka wuce tun tuni, Ku tambayi iyayenku, za su faɗa muku, dattawanku, za su kuma bayyana muku.
प्राचीन समयलाई सम्झ, धेरै पहिलेका वर्षहरूको बारेमा सोच । तिमीहरूका पितालाई बिन्ती चढाओ र उहाँले तिमीहरूलाई देखाउनुहुने छ, तिमीहरूका धर्म-गुरुहरूलाई उहाँले बताउनुहुने छ ।
8 Sa’ad da Mafi Ɗaukaka ya ba da al’ummai gādonsu, sa’ad da ya raba dukan’yan adam, ya kafa iyakoki wa mutane bisa ga yawan’ya’yan Isra’ila maza.
जब सर्वोच्‍चले जाति-जातिहरूलाई तिनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, र जाति-जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो, उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो ।
9 Gama rabon Ubangiji shi ne mutanensa, Yaƙub shi ne rabon gādonsa.
किनकि परमप्रभुको हिस्सा नै उहाँका जाति हुन् । याकूब उहाँको अलग गरिएको अंश हो ।
10 A cikin hamada ya same shi, a jeji marar amfani, inda namomi suke kuka. Ya tsare shi, ya kuma lura da shi; ya bi da shi kamar ƙwayar idonsa,
उहाँले तिनलाई मरुभूमिमा फेला पार्नुभयो, र निर्जन-स्थान र गर्जने उजाड-स्थानमा । उहाँले तिनको रक्षा गर्नुभयो, र तिनको वास्ता गर्नुभयो । उहाँले तिनलाई आँखाको नानीझैँ सुरक्षा दिनुभयो ।
11 kamar gaggafar da take yawo a kan sheƙarta tana rufe’ya’yanta, ta buɗe fikafikanta don tă kwashe su tă ɗauke su a kafaɗunta.
आफ्नो गुँडलाई रक्षा गर्ने र आफ्ना बचेराहरूमाथि पखेटा फटफटाउने गरुडले झैँ परमप्रभुले आफ्ना पखेटा फैलाई तिनीहरूलाई थाम्‍नुभयो र तिनीहरूलाई आफ्ना प्वाँखमा बोक्‍नुभयो ।
12 Ubangiji kaɗai ya jagorance shi; babu wani baƙon gunkin da yake tare da shi.
परमप्रभुले मात्रै तिनीहरूलाई अगुवाइ गर्नुभयो । कुनै विदेशी देवता उहाँसित थिएन ।
13 Ya sa shi ya hau ƙwanƙolin dutse ya ciyar da shi da amfanin gona. Ya shayar da shi da zuma daga dutse, da kuma mai daga dutsen ƙanƙara,
उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरूमा सवार गराउनुभयो, र बारीको फल खुवाउनुभयो । उहाँले तिनलाई चट्टानबाट निस्केको मह र दर्शन-ढुङ्गाको भीरको तेलले पालन-पोषण गर्नुभयो ।
14 da kindirmo da madara daga shanu da tumaki da ƙibabbun tumaki da awaki, da zaɓaɓɓun ragunan Bashan da kuma ƙwayoyin alkama mafi kyau. Ka sha ruwan inabi ja wur mai kumfa.
तिनले गाई-गोरुको बथान र भेडा-बाख्राको बथानाबाट दूध र दही अनि मोटा-मोटा थुमा अनि बाशानका भेडाहरू र बाख्राहरूको बोसोसाथै सर्वोत्तम गहुँ खाए । तिमीहरूले फिँज उठेको दाखरस पियौ ।
15 Yeshurun ya yi ƙiba, ya yi kauri; cike da abinci, ya zama da nauyi, ya kuma zama sumul. Ya yashe Allahn da ya yi shi, ya ƙi Dutse Cetonsa.
तर मोटाएर यशूरूनले लात हान्यो । तिमी अति धेरै मोटायौ र भरपेट खायौ । तिनले आफैलाई सृजनुहुने परमेश्‍वरलाई त्यागे, र आफ्नो उद्धारको चट्टानलाई इन्कार गरे ।
16 Suka sa shi kishi saboda baƙin allolinsu, suka husata shi da gumakan banƙyamarsu.
तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।
17 Suka yi hadaya ga aljanu, waɗanda ba Allah ba, ga allolin da ba su sani ba, ga allolin da aka shigo da su daga baya, allolin da kakanninku ba su ji tsoronsu ba.
तिनीहरूका घृणित कामहरूले तिनीहरूले उहाँलाई क्रोधित तुल्याए । तिनीहरूले भूतात्माहरूलाई बलि चढाए जो देव होइनन्, जसलाई तिनीहरूले चिनेका थिएनन्, जो भर्खरै देखा परेका थिए, जोदेखि तिमीहरूका पिता-पुर्खाहरू डराउँदैनथ्ये ।
18 Kuka rabu da Dutsen da ya zama mahaifi gare ku; kuka manta da Allahn da ya haife ku.
तिमीहरूले ती चट्टानलाई त्याग्यौ जो तिमीहरूका पिता बन्‍नुभयो, र तिमीहरूलाई जन्म दिने परमेश्‍वरलाई भुल्यौ ।
19 Ubangiji ya ga wannan ya kuma ƙi su, domin’ya’yansa maza da mata sun husata shi.
परमप्रभुले यो देख्‍नुभयो र तिनीहरूलाई इन्कार गर्नुभयो किनकि उहाँका छोराछोरीहरूले उहाँलाई चिढ्याए । उहाँले भन्‍नुभयो,
20 Ya ce, “Zan ɓoye fuskata daga gare su, in ga ƙarshensu; gama su muguwar tsara ce,’ya’ya ne marasa aminci.
“म तिनीहरूबाट मेरो मुहार लुकाउने छु, र तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु किनकि तिनीहरू भ्रष्‍ट पुस्ता हुन्, अविश्‍वासयोग्य सन्तान हुन् ।
21 Sun sa ni kishi ta wurin abin da ba allah ba, suka kuma husata ni da gumakansu na wofi. Zan sa su yi kishi ta wurin waɗanda ba mutane ba; zan sa su yi fushi ta wurin al’ummar da ba ta da sani.
जे ईश्‍वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु ।
22 Gama fushina ya kama wuta, tana ci har ƙurewar zurfin lahira. Za tă cinye duniya da girbinta, tă kuma sa wuta a tussan duwatsu. (Sheol h7585)
किनकि मेरो रिसद्वारा आगो सल्केको छ र त्यसले तल्लो पातालसम्मै जलाउँछ । यसले पृथ्वी र यसको फसललाई भस्म पार्दै छ । यसले पहाडहरूका जगमा आगो लगाउँदै छ । (Sheol h7585)
23 “Zan tula masifu a kansu in kuma gama kibiyoyina a kansu.
म तिनीहरूमाथि विपत्तिको थुप्रो ल्याउने छु । म तिनीहरूमा मेरा सबै काँड चलाउने छु ।
24 Zan aika da yunwa mai tsanani a kansu, zazzaɓi mai zafi da muguwar annoba; zan aika da haƙoran namun jeji a kansu, da dafin mesa masu ja da ciki.
तिनीहरू भोकले नष्‍ट हुने छन्, र प्रचण्ड ताप र डरलाग्दो विनाशले भस्म हुने छन् । भुइँमा घस्रने जन्तुहरूको विषसहित म तिनीहरूकहाँ जङ्गली जनावरहरूको दाह्रा, पठाउने छु ।
25 Waɗanda suke a waje, takobi zai kashe su, a cikin gidajensu kuma tsoro zai mamaye su.’Yan maza da’yan mata za su hallaka, haka ma jarirai da maza masu furfura.
बाहिर तरवारले तिनीहरूलाई मार्ने छ, र सुत्‍ने कोठाभित्र त्रासले तिनीहरूलाई नष्‍ट गर्ने छ । यसले युवा र कन्या दुवै अनि दूधे-बालक र कपाल फुलेको वृद्धलाई नष्‍ट पार्ने छ ।
26 Na ce zan watsar da su in sa a manta da su a tunanin’yan adam.
म तिनीहरूलाई टाढा-टाढासम्म तितर-बितर पारिदिने छु र मानव-जातिको बिचबाट तिनीहरूको सम्झना मेटिदिने छु भनी मैले भनेँ ।
27 Amma ina tsoron tsokanar abokin gāba, don kada abokan gāba su kāsa ganewa har su ce, ‘Hannunmu ne ya yi nasara; ba Ubangiji ne ya aikata dukan wannan ba.’”
म शत्रुको खिसीदेखि डराइनँ, र तिनीहरूका शत्रुहरूले गल्ती गरेर भन्लान्, 'हाम्रो हात माथि उचालिएको छ ।' मैले यी सबै गरेको भए सक्थेँ ।
28 Al’ummai ne marasa azanci, babu ganewa a cikinsu.
किनकि इस्राएल बुद्धि नभएको जाति हो, र तिनीहरूमा कुनै समझशक्ति छैन ।
29 A ce su masu hikima ne har su gane wannan su gane abin da ƙarshensu zai zama!
ओहो, तिनीहरू बुद्धिमानी भएर तिनीहरूले यो बुझेका भए त तिनीहरूले तिनीहरूको अन्तलाई विचार गर्नेथिए!
30 Yaya mutum guda zai kore dubu, mutum biyu su sa dubu goma su gudu, sai ko Dutsensu ya sayar da su, sai ko Ubangiji ya bashe su.
तिनीहरूका चट्टानले तिनीहरूलाई नबेचेको भए र परमप्रभुले तिनीहरूलाई नत्याग्‍नुभएको भए कसरी एक जनाले एक हजारलाई वा दुई जनाले दस हजारलाई खेद्‍न सक्थ्यो?
31 Gama dutsensu ba kamar Dutsenmu ba ne, abokan gābanmu sun san da haka.
किनकि हाम्रा शत्रुहरूका चट्टान हाम्रो चट्टानजस्तो छैन जुन कुरा हाम्रै शत्रुहरूले पनि स्वीकार गर्छन् ।
32 Kuringarsu ta fito daga kuringar Sodom ne, daga gonakin Gomorra kuma.’Ya’yan inabinsu dafi ne, nonnansu masu ɗaci ne.
किनकि तिनीहरूको अङ्गुरको लहरा सदोमबाट र गमोराका बारीहरूबाट आएको हो ।
33 Ruwan inabinsu dafin macizai ne, mugun dafin gamshaƙa ne.
तिनीहरूका दाखहरू विषालु दाखहरू हुन् । तिनीहरूका झुप्पाहरू तिता छन् । तिनीहरूको दाखमद्य सर्पहरूको विष हो र कडा गोमनको विष हो ।
34 “Ban jibge wannan a ma’ajiya na kuma yimƙe shi a taskokina ba?
के यो मैले साँचेर राखेको र मेरो भण्डारणमा छाप लगाएर राखेको योजना होइन र?
35 Sakayya nawa ne, zan kuwa ɗau fansa. A cikin lokaci, ƙafarsu za tă yi santsi; ranar masifarsu ta yi kusa hallakarsu kuma tana gaggautawa a kansu.”
बदला लिने काम मेरो हो र तिनीहरूको खुट्टा चिप्लिएको ठिक समयमा म नै प्रतिशोध लिने छु ।
36 Ubangiji zai shari’anta mutanensa yă kuma ji tausayin bayinsa sa’ad da ya ga ƙarfinsu ya ƙare babu kowa kuma da ya rage, bawa ko’yantacce.
किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।” किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने छ ।
37 Zai ce, “To, ina allolinsu, dutsen da suka yi mafaka a ciki,
तब उहाँले भन्‍नुहुने छ, “तिनीहरूका देवताहरू कहाँ छन्? तिनीहरूले शरण लिने चट्टान कहाँ छ?
38 allolin da suka ci kitsen hadayunsu suka kuma sha ruwan inabin hadayunsu? Ku sa su tashi su taimake ku mana! Bari su ba ku mafaka!
तिनीहरूका बलिहरूको बोसो खाने र तिनीहरूका अर्घबलि पिउने देवताहरू खोई? ती उठेर तिनीहरूको मदत गरून् । तिनीहरू नै तिनीहरूको सुरक्षा होऊन् ।
39 “Ku duba yanzu cewa ni ne Shi! Ba wani allah in ban da ni. Nakan kashe in kuma rayar, nakan sa rauni in kuma warkar, ba wanda yake da iko yă cece wani daga hannuna.
अब हेर, म नै परमेश्‍वर हुँ, र मबाहेक अर्को कुनै ईश्‍वर छैन । म नै मार्छु, र जीवित पार्छु । म नै चोट पुर्‍याउँछु, र निको पार्छु । तिमीहरूलाई मेरो शक्तिबाट बचाउने कोही छैन ।
40 Na ɗaga hannu sama na kuma furta. Muddin ina raye har abada,
किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु ।
41 sa’ad da na wasa takobi mai walƙiya hannuna kuwa ya cafke shi don yin hukunci, zan ɗau fansa a kan abokan gābana in sāka wa waɗanda suke ƙina.
जब म मेरो चम्कने तरवारमा शान लगाउँछु, र जब मेरा हातले न्याय ल्याउन सुरु गर्छ, तब म मेरा शत्रुहरूमाथि प्रतिशोध ल्याउने छु, र मलाई अवहेलना गर्नेहरूलाई म बदला लिने छु ।
42 Zan sa kibiyoyina su bugu da jini, yayinda takobina yana cin nama, jinin kisassu da na kamammu, kawunan shugabannin abokan gāba.”
म मेरा काँडहरूलाई रगतले मत्याउने छु, र मेरो तरवारले मारिएकाहरू र निर्वासितहरूको रगतसितै मासु र शत्रुहरूका शिर खाने छ ।”
43 Ku yi farin ciki, ya ku al’ummai, tare da mutanensa, gama zai rama ɗau fansar jinin bayinsa; zai ɗau fansa a kan abokan gābansa yă kuma yi kafara domin ƙasarsa da mutanensa.
हे जातिहरू हो, परमेश्‍वरका मानिसहरूसँगै आनन्द मनाओ, किनकि उहाँले आफ्ना दासहरूको रगतको बदला लिनुहुने छ । उहाँले आफ्ना शत्रुहरूमाथि प्रतिशोध लिनहुने छ, र उहाँले आफ्नो देशसाथै आफ्नो जातिको निम्ति प्रायश्‍चित्त गर्नुहुने छ ।
44 Sai Musa ya zo da Yoshuwa ɗan Nun suka faɗa dukan waɗannan kalmomi wannan waƙa a kunnen mutane.
मोशा र नूनका छोरा यहोशू आएर यस गीतका सबै शब्द मानिसहरूले सुन्‍ने गरी पाठ गरे ।
45 Sa’ad da Musa ya gama karanta waɗannan kalmomi ga dukan Isra’ila,
तब मोशाले यी सबै शब्द सारा इस्राएलीलाई भनी सिद्ध्याए ।
46 ya ce musu, “Ku riƙe dukan kalmomin da na furta muku a yau, don ku umarce’ya’yanku su lura, su yi biyayya da dukan kalmomin wannan doka.
तिनले मानिसहरूलाई भने, “आज मैले तिमीहरूलाई साक्षी दिएका सबै वचन मनमा राख ताकि तिमीहरूका आफ्ना छोराछोरीहरूलाई यो व्यवस्थाका सबै वचन पालन गर्न आज्ञा दिन सक ।
47 Ba kalmomi kurum ba ne dominku, amma har ranku ma. Ta wurinsu za ku yi tsawon rai a ƙasar da kuke haye Urdun ku ci gādonta.”
यो तिमीहरूको जीवन भएकोले र यसद्वारा नै तिमीहरूले यर्दनपारि अधिकार गर्न लागेको देशमा तिमीहरूको आयु लम्बिने भएकोले यो तिमीहरूका लागि व्यर्थको विषय होइन ।”
48 A wannan rana Ubangiji ya ce wa Musa,
त्यही दिन परमप्रभुले मोशालाई यसो भन्‍नुभयो,
49 “Ka hau Duwatsun Abarim zuwa Dutsen Nebo a Mowab, tsallake daga Yeriko, ka hangi Kan’ana, ƙasar da nake ba wa Isra’ilawa gādo.
“यरीहोको सामु मोआब देशमा भएको अबारीम पहाडको नेबो डाँडामाथि उक्लेर जा । मैले इस्राएलीहरूलाई तिनीहरूको अधिकारस्वरूप दिन लागेको कनान देशलाई हेर् ।
50 A can kan dutsen da ka hau za ka mutu a kuma tara ka ga mutanenka, kamar yadda ɗan’uwanka Haruna ya mutu a Dutsen Hor aka kuma tara shi ga mutanensa.
जसरी तेरो दाजु हारून होर पर्वतमा मरेर आफ्ना मानिसहरूसित मिल्न गए त्यसरी नै तँ उक्लेर गएको डाँडामा तँ मर्ने छस्, र तँ तेरा मानिसहरूसित मिल्न जाने छस् ।
51 Wannan kuwa domin ku biyu kun fid da aminci gare ni a gaban Isra’ilawa a ruwan Meriba ta Kadesh, a Hamadar Zin kuma saboda ba ku riƙe tsarkina a cikin Isra’ilawa ba.
जीनको उजाड-स्थानको कादेशमा मेरीबाको पानीमा इस्राएलीहरूका बिचमा तँ मेरो सामु अविश्‍वासयोग्य भएकोले र इस्राएलीहरूका बिचमा तैँले मलाई आदर र इज्‍जत नगरेकोले तँमाथि यो आइपर्ने छ ।
52 Saboda haka, za ka ga ƙasar daga nesa kawai; ba za ka shiga ƙasar da nake ba wa mutanen Isra’ila ba.”
तेरो सामु भएको देशलाई तैँले देख्‍ने छस्, तर मैले इस्राएलीहरूलाई दिने लागेको देशभित्र तँ प्रवेश गर्ने छैनस् ।”

< Maimaitawar Shari’a 32 >