< Amos 6 >

1 Taku ta ƙare, ku da kuke zaman sakewa a Sihiyona, da ku waɗanda kuke ji zama a Dutsen Samariya lafiya ne, ku manyan mutanen ƙasar da take sananniya, waɗanda mutanen Isra’ila suke zuwa!
सियोनमा आरामसित बस्‍नेहरूलाई धिक्‍कार, र सामरियाको पहाडी मुलुकमा सुरक्षित भएकाहरू, जातिहरूका उत्कृष्‍टहरूमध्ये विशिष्‍ट मानिसहरू, जसकहाँ इस्राएलको घराना सहायताको निम्ति आउँछन् ।
2 Ku je Kalne ku dube ta; ku wuce daga can zuwa Hamat-rabba, sa’an nan ku gangara zuwa Gat a Filistiya. Sun fi masarautunku biyu ne? Ƙasarsu ta fi taku girma?
तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्‍नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्‍तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”
3 Kuna ƙoƙari ku kauce wa wannan muguwar rana kuna kuma jawo mulkin tashin hankali kusa.
विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।
4 Kuna kwanciya a kan gadajen da aka yi musu shimfiɗar hauren giwa kuna mimmiƙe a kan kujerunku. Kuna cin naman ƙibabbun raguna da na ƙosassun’yan maruƙa.
तिनीहरू हस्तिहाडको ओछ्‍यानमा सुत्‍छन् र आ-आफ्‍ना पलङ्हरूमा आराम गर्छन् । तिनीहरू बगालबाट भेडाका पाठाहरू र गोठबाट बाछाहरू खान्छन् ।
5 Kuna kaɗa molayenku yadda Dawuda ya yi kuna ƙirƙiro waƙoƙi a kan kayan kaɗe-kaɗe.
तिनीहरू वीणाको सङ्गीतमा मूर्खताका गीतहरू गाउँछन्, दाऊदले झैं तिनीहरू बाजाहरूले नयाँ सङ्गीत बनाउँछन् ।
6 Da manyan kwanoni kuke shan ruwan inabi kuna kuma shafa mai mafi kyau, amma ba kwa baƙin ciki game da kangon da Yusuf ya zama.
तिनीहरू कचौराबाट दाखमद्य पिउँछन् र उत्तम तेलहरूले आफूलाई अभिषेक गर्छन्, तर योसेफको विनाशमा तिनीहरू शोक गर्दैनन् ।
7 Saboda haka za ku zama na farkon da za su tafi zaman bauta; bukukkuwanku da shagulgulanku za su ƙare.
यसैले सुरुमा निर्वासित हुनेहरूसँगै तिनीहरू निर्वासित हुनेछन्, र मोज-मज्‍जा गर्नेहरूको भोजको अन्‍त हुनेछ ।
8 Ubangiji Mai Iko Duka da kansa ya rantse, Ubangiji Allah Maɗaukaki ya furta, “Ina ƙyamar girman kan Yaƙub, ba na kuma son kagarunsa; zan ba da birnin da duk abin da yake cikinta.”
“म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु ।”
9 Ko da mutum goma ne suka ragu a gida guda, su ma za su mutu.
यस्‍तो हुनेछ कि एउटा घरमा दश जना मानिस बाँकी छन् भने तिनीहरू सबै मर्नेछन् ।
10 In kuma wani dangi ya shiga don yă fitar da gawawwakin yă ƙone ya kuwa tambayi wani wanda yake ɓoye a can, yana cewa, “Akwai wani tare da kai?” Ya kuwa ce, “Babu,” sai yă ce, “Kul! Kada mu ambaci sunan Ubangiji.”
जब कुनै मानिसको आफन्‍त तिनीहरूका लासहरू निकाल्‍न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्‍यस घरमा भएको मानिसलाई सोध्‍छ, “के तिमीसँग अरू कोही बाँकी छ?” तब त्‍यो मानिसले भन्छ, “छैन ।” त्‍यसपछि उसले भन्‍नेछ, “चुप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।”
11 Gama Ubangiji ya ba da umarni, zai kuma ragargaza babban gidan nan kucu-kucu ƙaramin gidan kuwa zai yi rugu-rugu da shi.
किनकि, हेर, परमप्रभुले एउटा आज्ञा दिनुहुनेछ, र ठुलो घर टुक्रा-टुक्रा हुनेछ, र सानो घरचाहिं धूलोपिठो हुनेछ ।
12 Dawakai sukan yi gudu a kan duwatsu? Wani yana iya yin noma a teku da shanun noma? Amma ga shi kun mai da gaskiya ta zama dafi amfanin adalci kuma ya zama ɗaci,
के घोडाहरू ठाडो चट्टानहरूमा दौडन्‍छन् र? के कसैले त्यहाँ गोरू जोत्‍छ? तापनि तिमीहरूले न्यायलाई विष अनि धार्मिकताको फललाई तिक्‍ततामा परिणत गरेका छौ ।
13 ku da kuke murna saboda an ci Lo Debar da yaƙi kuka kuma ce, “Ba da ƙarfinmu ne muka ƙwace Karnayim ba?”
लो-देबारको पराजयमा आनन्द मनाउनेहरू, जसले भन्छन्, “के हामीले आफ्नै शक्तिले कार्नैमलाई लिएनौं र?”
14 Gama Ubangiji Allah Maɗaukaki ya ce, “Zan sa wata ƙasa ta tayar muku, ya ku gidan Isra’ila, wadda za tă matsa muku tun daga Lebo Hamat zuwa kwarin Araba.”
“तर ए इस्राएलका घराना, हेर, म तिमीहरूका विरुद्धमा एउटा जातिलाई खडा गर्नेछु— परमप्रभु सर्वशक्‍तमान् परमेश्‍वरको घोषणा हो । तिनीहरूले तिमीहरूलाई लेबो-हमातदेखि अराबाको खोलासम्मै पीडा दिनेछन् ।”

< Amos 6 >