< 2 Tarihi 23 >

1 A shekara ta bakwai Yehohiyada ya nuna ƙarfinsa. Ya yi alkawari da shugabanni na ɗari-ɗari, Azariya ɗan Yeroham, Ishmayel ɗan Yehohanan, Azariya ɗan Obed, Ma’asehiya ɗan Adahiya, da Elishafat ɗan Zikri.
सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे ।
2 Suka ratsa cikin Yahuda suka tattara Lawiyawa da shugabannin iyalan Isra’ilawa daga dukan garuruwa. Sa’ad da suka zo Urushalima,
तिनीहरू यहूदाका चारैतिर गए र यहूदाका सबै सहरबाट लेवीहरूका साथै इस्राएलका पुर्ख्‍यौली घरानाका मुखियाहरूलाई भेला गरे र तिनीहरू यरूशलेममा आए ।
3 dukan taron suka yi alkawari da sarki a haikalin Allah. Yehohiyada ya ce musu, “Ɗan sarki zai yi mulki yadda Ubangiji ya yi alkawari game da zuriyar Dawuda.
सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।
4 Yanzu ga abin da za ku yi, shi ne, kashi ɗaya bisa uku na firistoci da Lawiyawa waɗanda za su yi aiki a Asabbaci su yi tsaro a ƙofofi,
तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
5 kashi ɗaya bisa ukunku a fadan sarki, kashi ɗaya bisa uku kuma, a Ƙofar Harsashi, sai kuma dukan sauran mutane su kasance a filayen haikalin Ubangiji.
अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ ।
6 Babu wanda zai shiga haikalin Ubangiji sai firistoci da Lawiyawan da suke a aiki; za su iya shiga domin su tsarkaku ne, amma sauran mutane za su kiyaye abin da Ubangiji ya sa su yi.
सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।
7 Lawiyawa za su tsaya kewaye da sarki, kowane mutum da makamansa a hannunsa. Duk wanda ya shiga haikali sai a kashe shi. Ku tsaya kusa da sarki a duk inda ya tafi.”
लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।”
8 Lawiyawa da dukan mutanen Yahuda suka yi yadda Yehohiyada firist ya umarta. Kowanne ya ɗauki mutanensa, waɗanda suke aiki a Asabbaci da waɗanda suka gama aiki, gama Yehohiyada firist bai bar waɗansu ɓangarori ba.
यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन्‌ ।
9 Sa’an nan ya ba shugabannin māsu da garkuwoyi manya da ƙanana na sarki Dawuda, waɗanda suke cikin haikalin Allah.
त्‍यसपछि कमाण्‍डरहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका दाऊद राजाका भालाहरू, र साना तथा ठूला ढालहरू ल्‍याइदिए ।
10 Ya kuma sa dukan mutane, kowanne da makaminsa a hannunsa, kewaye da sarki, kusa da bagade da kuma haikali, daga gefen kudu zuwa gefen arewa na haikali.
यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे ।
11 Yehohiyada da’ya’yansa maza suka fitar da ɗan sarki suka sa rawani a kansa; suka miƙa masa alkawarin, suka kuma yi shelarsa a matsayin sarki. Suka shafe shi suka kuma tā da murya suna cewa, “Ran sarki yă daɗe!”
तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
12 Sa’ad da Ataliya ta ji surutun mutane suna gudu suna yabon sarki, sai ta tafi wurinsu a haikalin Ubangiji.
जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌,
13 Ta duba, a can kuwa ga sarki, tsaye kusa da ginshiƙinsa a mashigi. Manyan sojoji da masu bushe-bushe suna kusa da sarki, dukan mutanen ƙasar kuwa suna farin ciki suna busa ƙahoni, mawaƙa kuma da kayan kiɗi suna bi da yabo. Sai Ataliya ta yage rigunanta ta yi ihu tana cewa, “Cin amanar ƙasa! Cin amanar ƙasa!”
र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए । तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”
14 Yehohiyada firist ya fito da shugabanni waɗanda suke shugabancin rundunar sojoji, ya ce musu, “Ku fitar da ita tsakanin sojoji ku kuma kashe duk wanda ya bi ta da takobi.” Gama firist ya ce, “Kada ku kashe ta a haikalin Ubangiji.”
तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए र तिनीहरूलाई भने, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ । तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्‍दिरमा नमार ।”
15 Saboda haka suka kama ta yayinda take kaiwa mashigin Ƙofar Doki a filin fada, a can suka kashe ta.
यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।
16 Sa’an nan Yehohiyada ya yi alkawari cewa shi da mutane da kuma sarki za su zama mutanen Ubangiji.
त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।
17 Dukan mutane suka tafi haikalin Ba’al suka rurrushe shi. Suka farfashe bagadan da gumakan, suka kuma kashe Mattan firist na Ba’al a gaban bagadan.
यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए । बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।
18 Sa’an nan Yehohiyada ya sa aikin lura da haikalin Ubangiji a hannuwan firistoci, waɗanda suke Lawiyawan da Dawuda ya ba su aikin haikali don su miƙa hadayun ƙonawa na Ubangiji kamar yadda yake a rubuce a Dokar Musa, da farin ciki da kuma rerawa, kamar yadda Dawuda ya umarta.
यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।
19 Ya kuma sa matsaran ƙofofi a ƙofofin haikalin Ubangiji don kada wani da ba shi da tsarki yă shiga.
अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।
20 Ya ɗauki shugabannin ɗari-ɗari, manyan gari, shugabannin mutane da dukan mutanen ƙasar tare da shi ya saukar da sarki daga haikalin Ubangiji. Suka shiga fada ta Ƙofar Bisa suka kuma zaunar da sarki a kujerar sarauta,
यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।
21 sai dukan mutanen ƙasar suka yi farin ciki. Birnin kuwa ya samu zaman lafiya domin an kashe Ataliya da takobi.
यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो । अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए ।

< 2 Tarihi 23 >