< 2 Tarihi 19 >

1 Sa’ad da Yehoshafat sarkin Yahuda ya dawo zuwa fadansa a Urushalima lafiya,
यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
2 Yehu mai duba, ɗan Hanani, ya fita don yă tarye shi, ya kuma ce wa sarki, “Ya yi kyau ke nan da ka taimaki mugu ka kuma ƙaunaci waɗanda suke ƙin Ubangiji? Da yake ka yi haka fushin Ubangiji yana a kanka
तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।
3 Duk da haka an sami wani abin kirki a wurinka, gama ka kawar da ginshiƙan Ashera a ƙasar, ka kuma sa zuciyarka a kan neman Allah.”
तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”
4 Yehoshafat ya zauna a Urushalima, ya kuma fita yana shiga cikin mutane daga Beyersheba zuwa ƙasar tudun Efraim ya kuma juyar da su ga Ubangiji Allah na kakanninsu.
यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए ।
5 Ya naɗa alƙalai a kowanne daga cikin biranen katanga na Yahuda a ƙasar.
यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे ।
6 Ya faɗa musu, “Ku lura da abin da kuke yi, gama shari’ar da kuke yi ba ta mutum ba ce, amma ta Ubangiji ce, yana tare da ku sa’ad da kuke yanke shari’a.
तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
7 Yanzu fa ku ji tsoron Ubangiji. Ku yi hankali a kan abin da kuke yi, gama Ubangiji Allahnmu ba ya sonkai ko nuna wariya ko cin hanci.”
यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस्‌ । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्‍वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्‍छ ।”
8 A Urushalima kuma, Yehoshafat ya naɗa waɗansu Lawiyawa, firistoci da kawunan iyalan Isra’ilawa don su tabbatar da an bi dokar Ubangiji, su kuma sasanta tsakanin mutane. A Urushalima za su zauna.
यसबाहेक यहोशापातले यरूशलेममा केही लेवी र पुजारी, र इस्राएलका पुर्ख्‍यौली घरानाका केही अगुवाहरूलाई परमप्रभुको न्याय कायम राख्‍न र झगडाहरू मिलउन नियुक्त गरे । तिनीहरू यरूशलेममा बसे ।
9 Ya ba su waɗannan umarnai, “Ku yi aikinku da aminci da tsoron Ubangiji da dukan zuciyarku.
तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्‍वरको भय राखेर विश्‍वाससित र आफ्‍ना सारा हृदयले काम गर्नुपर्छ ।
10 Cikin kowane batun da ya zo gabanku daga’yan’uwanku waɗanda suke zama a birane, ko batun na kisa ne ko kuwa waɗansu batuttuwan da suka shafi doka, umarnai, ƙa’idodi ko farillai, dole ku ja musu kunne kada su yi wa Ubangiji zunubi; in ba haka ba fushinsa zai sauko a kanku da’yan’uwanku. Ku yi wannan, ta haka ba za ku kuwa yi zunubi ba.
जब आफ्‍ना सहरमा बस्‍ने तिमीहरूका दाजुभाइबाट तिमीहरूका सामु कुनै पनि मुद्दा आउँछन्‌, चाहे ती रक्तपातसम्‍बन्‍धी होउन्, वा व्‍यवस्‍था र आज्ञा, विधिहरू वा आदेशहरूका विरुद्धमा होउन्‌, तिमीहरूले तिनीहरूलाई चेताउनी दिनू, ताकि तिनीहरू परमप्रभुको अगि दोषी नठहरिऊन्, नत्रता तिमीहरू र तिमीहरूका दाजुभाइमा क्रोध आइपर्ने छ । तिमीहरूले यसो गर्नू र तिमीहरू सबै दोषी ठहरिने छैनौ ।
11 “Amariya, babban firist, shi ne zai shugabance ku a kan dukan al’amuran da suke na wajen Ubangiji, Zebadiya ɗan Ishmayel kuwa, shugabanku a kan dukan al’amuran da suka shafi sarki, Lawiyawa kuma za su zama a matsayin manya a gabanku. Ku yi abubuwa da ƙarfin hali, bari kuma Ubangiji yă kasance tare da masu yin gaskiya.”
हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”

< 2 Tarihi 19 >