< 1 Tarihi 6 >

1 ’Ya’yan Lawi maza su ne, Gershon, Kohat da Merari.
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
2 ’Ya’yan Kohat maza su ne, Amram, Izhar, Hebron da Uzziyel.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
3 Yaran Amram su ne, Haruna, Musa da Miriyam.’Ya’yan Haruna maza su ne, Nadab, Abihu, Eleyazar da Itamar.
अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
4 Eleyazar shi ne mahaifin Finehas, Finehas mahaifin Abishuwa,
एलाजार पीनहासका पिता भए, र पीनहास अबीशूका पिता भए ।
5 Abishuwa mahaifin Bukki, Bukki mahaifin Uzzi,
अबीशू बुक्‍कीका पिता भए, बुक्‍की उज्‍जीका पिता भए ।
6 Uzzi mahaifin Zerahiya, Zerahiya mahaifin Merahiyot,
उज्‍जी जरयाहका पिता भए, जरयाह मरायोतका पिता भए ।
7 Merahiyot mahaifin Amariya, Amariya mahaifin Ahitub,
मरायोत अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
8 Ahitub mahaifin Zadok, Zadok mahaifin Ahimawaz,
अहीतूब सादोकका पिता भए, र सादोक अहीमासका पिता भए ।
9 Ahimawaz mahaifin Azariya, Azariya mahaifin Yohanan,
अहीमास अजर्याहका पिता भए, र अजर्याह योहानानका पिता भए ।
10 Yohanan mahaifin Azariya (shi ne ya yi hidima a matsayin firist a haikalin da Solomon ya gina a Urushalima),
योहानान अजर्याहका पिता भए, जसले यरूशलेममा सोलोमनले बनाएको परमप्रभुको मन्‍दिरमा सेवा गरे ।
11 Azariya mahaifin Amariya, Amariya mahaifin Ahitub,
अजर्याह अमर्याहका पिता भए, र अमर्याह अहीतूबका पिता भए ।
12 Ahitub mahaifin Zadok, Zadok mahaifin Shallum,
अहीतूब सादोकका पिता भए, र सादोक शल्‍लूमका पिता भए ।
13 Shallum mahaifin Hilkiya, Hilkiya mahaifin Azariya,
शल्‍लूम हिल्‍कियाहका पिता भए, र हिल्‍कियाह अजर्याहका पिता भए ।
14 Azariya mahaifin Serahiya, Serahiya kuwa mahaifin Yehozadak.
अजर्याह सरायाहका पिता भए, र सरायाह यहोसादाकका पिता भए ।
15 Yehozadak ne aka ɗauka sa’ad da Ubangiji ya tura Yahuda da Urushalima zuwa zaman bauta ta hannun Nebukadnezzar.
परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।
16 ’Ya’yan Lawi maza su ne, Gershom, Kohat da Merari.
लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
17 Waɗannan su ne sunayen’ya’yan Gershom. Libni da Shimeyi.
गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।
18 ’Ya’yan Kohat maza su ne, Amram, Izhar, Hebron da Uzziyel.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।
19 ’Ya’yan Merari maza su ne, Mali da Mushi. Waɗannan suke gidajen Lawiyawan da aka jera bisa ga kakanninsu.
मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
20 Na Gershom su ne, Libni, Yahat, Zimma,
गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।
21 Yowa, Iddo, Zera da Yeyaterai.
तिनका छोरा योआ थिए । तिनका छोरा इद्दो थिए । तिनका छोरा जेरह तिए । तिनका छोरा यातरै थिए ।
22 Zuriyar Kohat su ne, Amminadab, Kora, Assir,
कहातका सन्‍तानहरूः तिनका छोरा अम्‍मीनादाब थिए । तिनका छोरा कोरह थिए । तिनका छोरा अस्‍सीर थिए ।
23 Elkana, Ebiyasaf, Assir,
तिनका छोरा एल्‍काना थिए । तिनका छोरा एब्‍यासाप थिए । तिनका छोरा अस्‍सीर थिए ।
24 Tahat, Uriyel, Uzziya da Shawulu.
तिनका छोरा तहत थिए । तिनका छोरा उरीएल थिए । तिनका छोरा उज्‍जियाह थिए । तिनका छोरा शौल थिए ।
25 Zuriyar Elkana su ne, Amasai, Ahimot,
एल्‍कानाका छोराहरू अमासै, अहीमोत,
26 Elkana, Zofai, Nahat,
अनि एल्‍काना नाउँको एक जना छोरा, तिनका छोरा सोफै, तिनका छोरा नहत,
27 Eliyab Yeroham, Elkana da Sama’ila.
तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए ।
28 ’Ya’yan Sama’ila maza su ne, Yowel ɗan fari da Abiya ɗa na biyu.
शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।
29 Zuriyar Merari su ne, Mali, Libni, Shimeyi, Uzza,
मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए ।
30 Shimeya, Haggiya da Asahiya.
तिनका छोरा शिमेअ थिए । तिनका छोरा हग्‍गियाह थिए । तिनका छोरा असायाह थिए ।
31 Waɗannan su ne mutanen da Dawuda ya sa su lura da waƙa a cikin gidan Ubangiji bayan da aka kawo akwatin alkawari yă huta a can.
सन्‍दूक परमप्रभुको मन्‍दिरमा राखेपछि सङ्गीतको जिम्‍मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन्‌ ।
32 Suka yi hidima da waƙa a gaban tabanakul, Tentin Sujada, sai da Solomon ya gina haikalin Ubangiji a Urushalima. Suka yi ayyukansu bisa ga ƙa’idodin da aka shimfiɗa musu.
सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
33 Ga mutanen da suka yi hidimar, tare da’ya’yansu maza. Daga mutanen Kohat akwai, Heman, mawaƙi ɗan Yowel, ɗan Sama’ila,
आ-आफ्‍ना छोराहरूसँग सेवा गर्नेहरू यी नै थिए । कहातीहरूबाट सङ्गीतकार हेमान आए । तिनका पुर्खा यी नै थिएः हेमान योएलका छोरा थिए । योएल शमूएलका छोरा थिए ।
34 ɗan Elkana, ɗan Yeroham, ɗan Eliyel, ɗan Towa,
शमूएल एल्‍कानाका छोरा थिए । एल्काना यरोहामका छोरा थिए । यरोहाम एलीएलका छोरा थिए । एलीएल तोहका छोरा थिए ।
35 ɗan Zuf, ɗan Elkana, ɗan Mahat, ɗan Amasai,
तोह सूपका छोरा थिए । सूप एल्‍कानाका छोरा थिए । एल्काना महतका छोरा थिए । महत अमासैका छोरा थिए । अमासै एल्‍कानाका छोरा थिए ।
36 ɗan Elkana, ɗan Yowel, ɗan Azariya, ɗan Zefaniya
एल्काना योएलका छोरा थिए । योएल अजर्याहका छोरा थिए । अजर्याह सपन्‍याहका छोरा थिए ।
37 ɗan Tahat, ɗan Assir, ɗan Ebiyasaf, ɗan Kora,
समपन्याह तहतका छोरा थिए । तहत अस्‍सीरका छोरा थिए । अस्सीर एब्‍यासापका छोरा थिए । एब्‍यासाप कोरहका छोरा थिए ।
38 ɗan Izhar, ɗan Kohat, ɗan Lawi, ɗan Isra’ila;
कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।
39 da kuma Asaf’yan’uwan Heman, waɗanda suka yi hidima a hannun damansa. Asaf ɗan Berekiya, ɗan Shimeya,
हेमानका सहयोगी आसाप थिए, जो तिनको दायाँतर्फ खडा रहन्‍थे । आसाप बेरेक्‍याहका छोरा थिए । बेरेक्याह शिमेअका छोरा थिए ।
40 ɗan Mika’ilu, ɗan Ba’asehiya, ɗan Malkiya,
शिमेअ मिखाएलका छोरा थिए । मिखाएल बासेयाहका छोरा थिए । बासेयाह मल्‍कियाहका छोरा थिए ।
41 ɗan Etni, ɗan Zera, ɗan Adahiya
मल्कियाह एत्‍नीका छोरा थिए । एत्‍नी जेरहका छोरा थिए । जेरह अदायाहका छोरा थिए ।
42 ɗan Etan, ɗan Zimma, ɗan Shimeyi,
अदायाह एतानका छोरा थिए । एतान जिम्‍माहका छोरा थिए । जिम्माह शिमीका छोरा थिए ।
43 ɗan Yahat, ɗan Gershom, ɗan Lawi;
शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
44 da kuma daga’yan’uwansu, mutanen Merari, a hannun hagunsa. Etan ɗan Kishi, ɗan Abdi, ɗan Malluk,
हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए ।
45 ɗan Hashabiya, ɗan Amaziya, ɗan Hilkiya,
मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए ।
46 ɗan Amzi, ɗan Bani, ɗan Shemer,
हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।
47 ɗan Mali, ɗan Mushi, ɗan Merari, ɗan Lawi.
शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
48 Aka ba’yan’uwansu Lawiyawa dukan sauran ayyukan tabanakul, gidan Allah.
तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो ।
49 Amma Haruna da zuriyarsa su ne waɗanda suke miƙa hadayu a kan bagaden hadaya ta ƙonawa da kuma a kan bagaden turare haɗe da dukan abin da ake yi a Wuri Mafi Tsarki, suna yin kafara domin Isra’ila, bisa ga dukan abin da Musa bawan Allah ya umarta.
हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
50 Waɗannan su ne zuriyar Haruna, Eleyazar, Finehas, Abishuwa,
हारूनका सन्‍तान निम्‍नानुसार चिनिन्थेः हारूनका छोरा एलाजार थिए । एलाजारका छोरा पीनहास थिए । पीनहासका छोरा अबीशू थिए ।
51 Bukki, Uzzi, Zerahiya,
अबीशूका छोरा बुक्‍की थिए । बुक्‍कीका छोरा उज्‍जी थिए । उज्‍जीका छोरा जरयाह थिए ।
52 Merahiyot, Amariya, Ahitub,
जरयाहका छोरा मरायोत थिए । मरायोतका छोरा अमर्याह थिए । अमर्याहका छोरा अहीतूब थिए ।
53 Zadok da Ahimawaz.
अहीतूबका छोरा सादोक थिए । सादोकका छोरा अहीमास थिए ।
54 Waɗannan su ne wuraren zamansu da aka ba su rabo su zama yankunansu (aka ba wa zuriyar Haruna waɗanda suke daga gidan Kohat, domin rabo na fari nasu ne):
हारूनका सन्‍तानको कहाती वंशलाई तोकेर दिएको इलाकामा तिनीहरूका स्थानहरू यी नै हुन्‌ (किनभने पहिलो चिट्ठा कहातीहरूलाई नै परेको थियो) ।
55 Aka ba su Hebron a Yahuda tare da wuraren kiwon da suke kewayenta.
उनीहरूले तिनीहरूलाई यहूदाको देशमा भएको हेब्रोन र त्‍यसका खर्कहरू दिए,
56 Amma filaye da ƙauyukan da suke kewayen birnin aka ba wa Kaleb ɗan Yefunne.
तर त्‍यस सहरका खेतबारी र त्‍यसका गाउँहरूचाहिं तिनीहरूले यपुन्‍नेका छोरा कालेबलाई दिए ।
57 Saboda haka aka ba wa zuriyar Haruna Hebron (birnin mafaka), da Libna, Yattir Eshtemowa,
हारूनका सन्‍तानहरूलाई तिनीहरूले हेब्रोन (शरणस्‍थानको सहर) र लिब्‍ना, यत्तीर, र एश्‍तमोका खर्कहरूसहित,
58 Hilen, Debir,
खर्कहरूसहित हीलन र खर्कहरूसहित दबीर पनि दिए ।
59 Ashan, Yutta da Bet-Shemesh, tare da wuraren kiwonsu.
अनि तिनीहरूले हारूनका सन्तानलाई खर्कहरूसहित आशानका साथै खर्कहरूसहित युत्ता र बेथ-शमेश दिए ।
60 Daga kabilar Benyamin kuma aka ba su Gibeyon, Geba, Alemet da Anatot, tare da wuraren kiwonsu. Waɗannan garuruwa waɗanda aka raba a tsakanin mutanen gidan Kohat, goma sha uku ne duka.
अनि बेन्‍यामीनको कुलबाट तिनीहरूले खर्कहरूसहित गेबा, खर्कहरूसहित आलेमेत, खर्कहरूसहित अनातोत दिए । तिनीहरूका सहरहरू जम्‍मा तेह्र वटा थिए । यी सहरहरू कहातीका तेह्र वंशहरू माझमा बाँडियो ।
61 Aka ba sauran zuriyar Kohat rabon garuruwa goma daga gidajen rabin kabilar Manasse.
कहातका बाँकी सन्‍तानहरूलाई मनश्‍शेको आधा कुलबाट दश वटा सहरहरू बाँडियो ।
62 Aka ba zuriyar Gershom, gida-gida, rabon garuruwa goma sha uku daga kabilan Issakar, Asher da Naftali, da kuma daga sashen rabi kabilar Manasse da yake a Bashan.
गेर्शोनका सन्‍तानहरूलाई तिनीहरूका वंशहरूमा इस्‍साखार, आशेर, नप्‍ताली र बाशानमा भएको मनश्‍शेका कुलबाट तेह्र वटा सहरहरू दिइयो ।
63 Aka ba zuriyar Merari, gida-gida, rabon garuruwa goma sha biyu daga kabilan Ruben, Gad da Zebulun.
मरारीका सन्‍तानहरूलाई तिनीहरूका वंशअनुसार रूबेन, गाद र जबूलूनका कुलबाट बाह्र सहरहरू दिइए ।
64 Saboda haka Isra’ilawa suka ba Lawiyawa waɗannan garuruwa da wuraren kiwonsu.
यसरी इस्राएलीहरूले लेवीहरूलाई यी सहरहरू तिनका खर्कहरूसहित दिए ।
65 Daga kabilan Yahuda, Simeyon da Benyamin suka ba su rabon sunayen garuruwan da aka ambata.
माथि उल्लेख गरिएका सहरहरू यहूदा, शिमियोन र बेन्‍यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट तिनीहरूलाई दिइयो ।
66 Aka ba wa waɗansu na mutanen gidan Kohat yankin garuruwansu daga kabilar Efraim.
कहातीका केही वंशहरूलाई एफ्राइमको कुलबाट सहरहरू दिइए ।
67 A ƙasar tudun Efraim aka ba su Shekem (birnin mafaka), da Gezer,
तिनीहरूलाई एफ्राइमको पहाडी देशमा शकेमका खर्कहरूसहित (शरणस्‍थानको सहर) गेजेरका खर्कहरूसहित,
68 Yokmeyam, Bet-Horon,
खर्कहरूसहित योक्‍माम र खर्कहरूसहित बेथ-होरोन,
69 Aiyalon da Gat-Rimmon, tare da wuraren kiwonsu.
खर्कहरूसहित अय्‍यालोन र खर्कहरूसहित गात-रिम्‍मोन दिइयो ।
70 Daga rabin kabilar Manasse kuwa, Isra’ilawa suka ba da Aner da Bileyam, tare da wuraren kiwonsu, ga sauran gidajen mutanen Kohat.
मनश्‍शेको आधा कुलले खर्कहरूसहित आनेर र खर्कहरूसहित बिलाम कहातीका बाँकी वंशहरूलाई दिए । यी जमिनहरू बाँकी कोहाती वंशका सम्पत्ति बने ।
71 Mutanen Gershom suka sami waɗannan. Daga gidan rabin kabilar Manasse, sun sami Golan a Bashan da kuma Ashtarot, tare da wuraren kiwonsu;
गेर्शोनीहरूलाई मनश्‍शेका आधा कुलबाट खर्कहरूसहित बाशानमा भएको गोलान र खर्कहरूसहित अस्‍तारोत दिए ।
72 daga kabilar Issakar suka sami Kedesh, Daberat,
इस्‍साखारको कुलले खर्कहरूसहित केदेश, खर्कहरूसहित दाबरत,
73 Ramot da Anem, tare da wuraren kiwonsu;
खर्कहरूसहित रामोत र खर्कहरूसहित अनेम दिए ।
74 daga kabilar Asher suka sami Mashal, Abdon,
इस्साखारले आशेरको कुलबाट खर्कहरूसहित माशाल, खर्कहरूसहित अब्‍दोन,
75 Hukok da Rehob, tare da wuraren kiwonsu;
खर्कहरूसहित हूकोक र खर्कहरूसहित रहोब प्राप्‍त गरे ।
76 daga kabilar Naftali kuwa suka sami Kedesh a Galili, Hammon da Kiriyatayim, tare da wuraren kiwonsu.
तिनीहरूले नप्‍तालीको कुलबाट खर्कहरूसहित गालीलको केदेश, खर्कहरूसहित हम्‍मोन र खर्कहरूसहित किर्यातैम, प्राप्‍त गरे ।
77 Mutanen Merari (sauran Lawiyawan) suka sami waɗannan. Daga kabilar Zebulun suka sami Yokneyam, Karta, Rimmon da Tabor, tare da wuraren kiwonsu;
मरारीका बाँकी सन्‍तानहरूले जबूलूनको कुलबाट खर्कहरूसहित योक्‍माम, कर्तह, रिम्‍मोनो र खर्कहरूसहित तबोर प्राप्‍त गरे,
78 daga kabilar Ruben a hayin Urdun a gabashi Yeriko suka sami Bezer a hamada, Yahza,
अनि यर्दन पारि यरीहोको पूर्वपट्टि रूबेनको कुलबाट मरुभूमिमा भएको बेसेर, यहसाह,
79 Kedemot da Mefa’at, tare da wuraren kiwonsu;
खर्कहरूसहित कदेमोत र खर्कहरूसहित मेपात,
80 daga kabilar Gad kuwa suka sami Ramot a Gileyad, Mahanayim,
लेवीहरूले गादको कुलबाट खर्कहरूसहित गिलादमा भएको रामोत, खर्कहरूसहित महनोम,
81 Heshbon da Yazer, tare da wuraren kiwonsu.
खर्कहरूसहित हेश्‍बोन र खर्कहरूसहित याजेर प्राप्‍त गरे ।

< 1 Tarihi 6 >