< Προς Γαλατας 4 >
1 Λέγω δέ, ἐφ’ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν,
मैले यो भनिरहेको छु, कि उत्तराधिकारी बालकै भएसम्म ऊ सारा सम्पत्तिको मालिक भए तापनि ऊ कमारो भन्दा फरक हुँदैन ।
2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
बरु, उसको बुबाले निर्धारण गरेको समयसम्म ऊ अभिभावकहरू र संरक्षकहरूको मुनि हुन्छ ।
3 οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἤμεθα δεδουλωμένοι·
यसरी नै, हामीहरू पनि जब बालक थियौँ, यस जगत्का आधारभूत सिद्धान्तहरूको बन्धनमा थियौँ ।
4 ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
तर जब ठिक समय आयो, तब परमेश्वरले व्यवस्थाअनुसार स्त्रीबाट जन्मनुभएका उहाँका पुत्रलाई पठाउनुभयो ।
5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
हामी धर्मपुत्रको रूपमा स्वीकारिऔँ भनेर उहाँले व्यवस्थामुनि भएकाहरूलाई छुटकारा दिनको निम्ति यसो गर्नुभयो ।
6 ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον· Ἀββᾶ ὁ πατήρ.
तिमीहरू पुत्रहरू भएका हुनाले परमेश्वरले उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो, त्यो आत्मा जसले, “अब्बा, पिता” भनेर पुकार्नुहुन्छ ।
7 ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ θεοῦ.
यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्वरको एक उत्तराधिकारी पनि हौ ।
8 Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσιν θεοῖς·
तर पहिले जब तिमीहरूले परमेश्वरलाई चिन्दैन थियौ, तिमीहरू तिनीहरूका दास थियौ जो स्वभावैले ईश्वरहरू होइनन् ।
9 νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεῦσαι θέλετε;
तर अहिले तिमीहरूले परमेश्वरलाई चिन्दछौ वा निश्चय नै तिमीहरू परमेश्वरद्वारा चिनिएका छौ भने, किन तिमीहरू फेरि कमजोर र मूल्यहीन आधारभूत सिद्धान्तहरूतर्फ फर्किरहेका छौ? के तिमीहरू फेरि दास हुने चाहना गर्छौ?
10 ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
तिमीहरूले ध्यानपूर्वक विशेष दिनहरू, औँसी, ऋतुहरू र वर्षहरूलाई मान्दछौ ।
11 φοβοῦμαι ὑμᾶς μήπως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
म तिमीहरूका लागि चिन्ता गर्दछु । म यो चिन्ता गर्दछु, कि मैले तिमीहरूमाथि व्यर्थमा मेहनत गरेँ ।
12 Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·
भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।
13 οἴδατε δὲ ὅτι δι’ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।
14 καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
मेरो शारीरिक अवस्थाले तिमीहरूलाई परीक्षा ल्याए तापनि तिमीहरूले मेरो उपेक्षा गरेनौ वा मलाई इन्कार गरेनौ । त्यसको सट्टामा, तिमीहरूले म नै ख्रीष्ट येशू भएझैँ गरी मलाई परमेश्वरका स्वर्गदूतको रूपमा स्वीकार गर्यौ ।
15 ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἐδώκατέ μοι.
त्यसकारण, अब तिमीहरूको आनन्द कहाँ छ? किनकि तिमीहरूको विषयमा म यो गवाही दिन्छु, कि सम्भव भए त तिमीहरूले मलाई आफ्नो आँखा निकालेर दिने थियौ ।
16 ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
मैले तिमीहरूलाई सत्यता बताएको कारण, के म अब तिमीहरूको शत्रु भएँ त?
17 ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
तिनीहरूले तिमीहरूलाई उत्कट इच्छाले खोज्दछन्, तर कुनै भलाइको लागि होइन । तिमीहरूले तिनीहरूलाई पछ्याउनेछौ भनेर तिनीहरूले मबाट तिमीहरूलाई अलग गर्न चाहन्छन् ।
18 καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्नु असल हुन्छ ।
19 τέκνα μου, οὓς πάλιν ὠδίνω μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν,
मेरा साना बालकहरू हो, तिमीहरूभित्र ख्रीष्ट नबनिनुभएसम्म मैले फेरि तिमीहरूका निम्ति प्रसव वेदनाको पीडा भोगिरहेको छु ।
20 ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
म अब तिमीहरूकहाँ उपस्थिति हुन चाहन्छु र मेरो बोलीलाई परिवर्तन गर्न चाहन्छु, किनकि म तिमीहरूको विषयमा अन्योलमा परेको छु ।
21 Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
तिमीहरू जो व्यवस्थाको अधीनमा रहने इच्छा गर्दछौ, मलाई यो बताओ, कि व्यवस्थाले के भन्दछ भन्ने कुरा के तिमीहरूले सुन्दैनौ?
22 γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας.
किनकि यस्तो लेखिएको छ, कि अब्राहामका दुई जना छोरा थिए, एक जना दासी स्त्रीबाट र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट ।
23 ἀλλ’ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας.
तथापि, दासीबाटको चाहिँ केवल शरीरद्वारा जन्मिएको थियो, तर स्वतन्त्र स्त्रीबाटको चाहिँ प्रतिज्ञाद्वारा जन्मिएको थियो ।
24 ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλίαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ.
यी कुराहरूलाई एउटा रूपक दृष्टान्तद्वारा वर्णन गर्न सकिन्छ, किनकि यी दुई स्त्री दुईवटा प्रतिज्ञाझैँ हुन् । तिनीहरूमध्ये एक जनाचाहिँ सीनै पर्वतबाट हो । तिनले यस्ता छोराछोरीहरू जन्माउँछिन्, जो दासहरू हुन् । तिनी हागार हुन् ।
25 τὸ γὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ· συνστοιχεῖ δὲ τῇ νῦν Ἱερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς.
अहिले हागारचाहिँ अरबको सीनै पर्वत हो । तिनले वर्तमान यरूशलेमको सङ्केत गर्छिन्, किनकि तिनी तिनका छोराछोरीहरूसँगै दासत्वमा छिन् ।
26 ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν·
तर माथि रहेको यरूशलेम स्वतन्त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
27 γέγραπται γάρ, εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα· ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
किनकि यस्तो लेखिएको छ, “ए बाँझी स्त्री, जसले जन्म दिन सक्दिनन्, आनन्द मनाओ । तिमी जसले बालक जन्माउने अनुभव पाएकी छैनौ, मन खोल र आनन्दले कराऊ । किनकि त्यस बाँझीका पति भएकाहरूका भन्दा पनि धेरै छोराछोरीहरू छन् ।”
28 ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ.
भाइहरू हो, अब तिमीहरू पनि इसहाकजस्तै प्रतिज्ञाका छोराछोरीहरू हौ ।
29 ἀλλ’ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκεν τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
त्यो समयमा शरीरअनुसार जन्मेकोले आत्माअनुसार जन्मेकोलाई सतायो । अहिले पनि यस्तै नै छ ।
30 ἀλλὰ τί λέγει ἡ γραφή; ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
धर्मशास्त्रले के भन्दछ? “दासी स्त्री र तिनको पुत्रलाई निकालिदेओ । किनकि दासी स्त्रीको पुत्रले स्वतन्त्र स्त्रीको पुत्रसँगै समान उत्तराधिकार प्राप्त गर्नेछैन ।”
31 διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.
त्यसकारण, भाइहरू हो, हामी दासी स्त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्त्र स्त्रीका छोराछोरीहरू हौँ ।