< Ἠσαΐας 44 >
1 νῦν δὲ ἄκουσον παῖς μου Ιακωβ καὶ Ισραηλ ὃν ἐξελεξάμην
ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
2 οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας σε καὶ ὁ πλάσας σε ἐκ κοιλίας ἔτι βοηθηθήσῃ μὴ φοβοῦ παῖς μου Ιακωβ καὶ ὁ ἠγαπημένος Ισραηλ ὃν ἐξελεξάμην
परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
3 ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου
किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
4 καὶ ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ μέσον ὕδατος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ
तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
5 οὗτος ἐρεῖ τοῦ θεοῦ εἰμι καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ιακωβ καὶ ἕτερος ἐπιγράψει τοῦ θεοῦ εἰμι ἐπὶ τῷ ὀνόματι Ισραηλ
कसैले भन्नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
6 οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ισραηλ ὁ ῥυσάμενος αὐτὸν θεὸς σαβαωθ ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα πλὴν ἐμοῦ οὐκ ἔστιν θεός
इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
7 τίς ὥσπερ ἐγώ στήτω καλεσάτω καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν
मजस्तो को छ? आफ्ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
8 μὴ παρακαλύπτεσθε οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ καὶ οὐκ ἦσαν τότε
नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्वर छ र? त्यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
9 οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἃ οὐκ ὠφελήσει αὐτούς ἀλλὰ αἰσχυνθήσονται
मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
10 πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ
कसले देवतालाई आकार दिन्छ वा व्यार्थको मूर्ती खोप्छ?
11 καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν καὶ κωφοὶ ἀπὸ ἀνθρώπων συναχθήτωσαν πάντες καὶ στήτωσαν ἅμα ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα
हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्जित हुनेछन् ।
12 ὅτι ὤξυνεν τέκτων σίδηρον σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ καὶ πεινάσει καὶ ἀσθενήσει καὶ οὐ μὴ πίῃ ὕδωρ ἐκλεξάμενος
सुनारले आफ्ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्यो बनाउँछ । उसले त्यसलाई घनले आकार दिन्छ र आफ्नो बलियो पाखुराले त्यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।
13 τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ καὶ ἐν κόλλῃ ἐρρύθμισεν αὐτό ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου στῆσαι αὐτὸ ἐν οἴκῳ
सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्यसमा चिन्ह लगाउँछ । उसले आफ्ना औजारहरूले त्यसलाई आकार दिन्छ र कम्पासले त्यसमा चिनो लगाउँछ । उसले त्यसलाई आकर्षक मानिसजस्तै मानिसको आकारमा बनाउँछ, ताकि त्यो घरमा नै रहोस् ।
14 ὃ ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ ὃ ἐφύτευσεν κύριος καὶ ὑετὸς ἐμήκυνεν
उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्यसलाई बढाउँछ ।
15 ἵνα ᾖ ἀνθρώποις εἰς καῦσιν καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν τὸ δὲ λοιπὸν εἰργάσαντο εἰς θεούς καὶ προσκυνοῦσιν αὐτούς
अनि मानिसले त्यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्यसपछि उसले त्यसबाट एउटा देउता बनाउँछ र त्यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्यसमा घोप्टो पर्छ ।
16 οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσαν ἐν πυρὶ καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη καὶ θερμανθεὶς εἶπεν ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ εἶδον πῦρ
आफूले खाने मासु पकाउँछ त्यो रूखका केही भागलाई उसले दाउरा बाल्छ । उसले खान्छ र तृप्त हुन्छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।”
17 τὸ δὲ λοιπὸν ἐποίησεν εἰς θεὸν γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων ἐξελοῦ με ὅτι θεός μου εἶ σύ
बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्नो खोपेको मूर्ती बनाउँछ । त्यसमा ऊ घोप्टो पर्छ र त्यसको आदर गर्छ, र यसो भन्दै त्यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्वर हुनुहुन्छ ।”
18 οὐκ ἔγνωσαν φρονῆσαι ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν
तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्न नै सक्दैनन् ।
19 καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ αὐτοῦ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρὶ καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους καὶ ὀπτήσας κρέας ἔφαγεν καὶ τὸ λοιπὸν αὐτοῦ εἰς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ
कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्यसको भुङ्ग्रोमा मैले रोटी पनि पकाएको छु । त्यसको भुङ्ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
20 γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν καὶ πλανῶνται καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὐτοῦ ἴδετε οὐκ ἐρεῖτε ὅτι ψεῦδος ἐν τῇ δεξιᾷ μου
यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”
21 μνήσθητι ταῦτα Ιακωβ καὶ Ισραηλ ὅτι παῖς μου εἶ σύ ἔπλασά σε παῖδά μου καὶ σύ Ισραηλ μὴ ἐπιλανθάνου μου
ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।
22 ἰδοὺ γὰρ ἀπήλειψα ὡς νεφέλην τὰς ἀνομίας σου καὶ ὡς γνόφον τὰς ἁμαρτίας σου ἐπιστράφητι πρός με καὶ λυτρώσομαί σε
तेरा विद्रोहका कामहरूलाई एउटा बाक्लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।
23 εὐφράνθητε οὐρανοί ὅτι ἠλέησεν ὁ θεὸς τὸν Ισραηλ σαλπίσατε θεμέλια τῆς γῆς βοήσατε ὄρη εὐφροσύνην οἱ βουνοὶ καὶ πάντα τὰ ξύλα τὰ ἐν αὐτοῖς ὅτι ἐλυτρώσατο ὁ θεὸς τὸν Ιακωβ καὶ Ισραηλ δοξασθήσεται
ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्नो महिमा प्रकट गर्नुहुनेछ ।
24 οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ ὁ πλάσσων σε ἐκ κοιλίας ἐγὼ κύριος ὁ συντελῶν πάντα ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν τίς ἕτερος
तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
25 διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων
हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्नेलाई घृणा गर्ने म नै हुँ । यस्ता बुद्धिमान्हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।
26 καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων ὁ λέγων Ιερουσαλημ κατοικηθήσῃ καὶ ταῖς πόλεσιν τῆς Ιουδαίας οἰκοδομηθήσεσθε καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ
आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्नावशेषहरूलाई खडा गर्नेछु ।'
27 ὁ λέγων τῇ ἀβύσσῳ ἐρημωθήσῃ καὶ τοὺς ποταμούς σου ξηρανῶ
जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
28 ὁ λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιήσει ὁ λέγων Ιερουσαλημ οἰκοδομηθήσῃ καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω
कोरेसलाई यसो भन्नुहुने परमप्रभु नै हुनुहुन्छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”