< Psalm 67 >

1 Dem Sangmeister. Zum Saitenspiel. Ein Psalm, ein Lied. Gott, sei uns gnädig und segne uns, Er lasse Sein Angesicht leuchten bei uns. (Selah)
परमेश्‍वर हामीप्रति दयालु हुनुभएको होस्, र हामीलाई आशिष्‌‌‌ दिनुभएको होस्, अनि हामीमाथि आफ्‍नो मुहार चम्काउनुभएको होस् । सेला
2 Daß man erkenne Deinen Weg auf Erden, unter allen Völkerschaften Dein Heil.
ताकि तपाईंका मार्गहरू पृथ्वीलाई र तपाईंको मुक्‍ति सबै जातिहरूमा प्रकट होस् ।
3 Dich bekennen, Gott, die Völker, Dich bekennen alle Völker.
हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
4 Die Volksstämme sind fröhlich und lobpreisen, daß die Völker Du richtest in Geradheit, und die Volksstämme führest auf Erden. (Selah)
जातिहरू खुसी होऊन् र आनन्दले गाऊन्, किनकि तपाईंले मानिसहरूको न्‍याय सत्यतामा गर्नुहुनेछ र पृथ्वीका जातिहरूमा शासन गर्नुहुनेछ । सेला
5 Dich bekennen, Gott, die Völker, alle Völker bekennen Dich.
हे परमेश्‍वर, मानिसहरूले तपाईंको प्रशंसा गरून् । सबै मानिसहरूले तपाईंको प्रशंसा गरून् ।
6 Die Erde gibt ihr Gewächs. Es segnet uns Gott, unser Gott.
पृथ्वीले यसको फसल उत्पादन गरेको छ, र परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष्‌ ‌‌दिनुभएको छ ।
7 Gott segne uns, und alle Enden der Erde sollen Ihn fürchten, Dein Heil.
परमेश्‍वरले हामीलाई आशिष्‌‌‌ दिनुभएको छ र पृथ्वीका अन्तिम छेउसम्म भएका सबैले उहाँको आदर गर्छन् ।

< Psalm 67 >