< Psalm 148 >
1 Hallelujah! Lobet den HERRN vom Himmel her, lobet ihn in der Höhe!
परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।
2 Lobet ihn, alle seine Engel; lobet ihn, alle seine Heerscharen!
उहाँका सबै स्वर्गदूत हो, उहाँको प्रशंसा गर । ए उहाँका सबै फौज हो, उहाँको प्रशंसा गर ।
3 Lobet ihn, Sonne und Mond; lobet ihn, alle leuchtenden Sterne!
हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर । ए सबै चम्किने तारा हो, उहाँको प्रशंसा गर ।
4 Lobet ihn, ihr Himmelshöhen und ihr Wasser oben am Himmel!
ए सर्वोच्च स्वर्ग र आकाशमाथिका पानी हो, उहाँको प्रशंसा गर ।
5 Sie sollen loben den Namen des HERRN; denn sie entstanden auf sein Geheiß,
तिनीहरूले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँले आज्ञा दिनुभयो र तिनीहरू सृष्टि भए ।
6 und er verlieh ihnen ewigen Bestand; er gab ein Gesetz, das nicht überschritten wird.
उहाँले तिनलाई सदासर्वदाको निम्ति स्थापित पनि गर्नुभएको छ । उहाँले एउटा आदेश जारी गर्नुभयो जो कहिल्यै बद्लिंदैन ।
7 Lobet den HERRN von der Erde her, ihr Walfische und alle Meeresfluten!
पृथ्वीबाट उहाँको प्रशंसा गर, हे समुद्रका विशाल जन्तुहरू र सागरका गहिराइहरू हो,
8 Feuer und Hagel, Schnee und Dunst, Sturmwind, der sein Wort ausführt;
हे आगो र असिना, हिउँ र बादल, उहाँको वचन पुरा गर्ने आँधी बेहरी हो ।
9 Berge und alle Hügel, Obstbäume und alle Zedern;
उहाँको प्रशंसा गर, हे सबै पहाड र डाँडाहरू, फलका रूखहरू र सबै देवदारुहरू हो,
10 wilde Tiere und alles Vieh, alles, was kriecht und fliegt;
जङ्गली पशुहरू र पाल्तु पशुहरू, घस्रने प्राणीहरू र चराहरू हो ।
11 die Könige der Erde und alle Nationen, die Fürsten und alle Richter auf Erden;
परमप्रभुको प्रशंसा गर, हे पृथ्वीका राजाहरू र सबै जातिहरू, शासकहरू र पृथ्वीमा शासन गर्ने सबैले,
12 Jünglinge und auch Jungfrauen, Greise mitsamt den Knaben;
जवान पुरुषहरू र जवान स्त्रीहरू, वृद्धहरू र बालकहरू दुवैले ।
13 sie sollen loben den Namen des HERRN! Denn sein Name allein ist erhaben, sein Glanz überstrahlt Erde und Himmel.
तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च पारिन्छ र उहाँको महिमाले पृथ्वी र स्वर्गलाई ढाक्छ ।
14 Und er hat das Horn seines Volkes erhöht, allen seinen Frommen zum Ruhm, den Kindern Israel, dem Volk, das ihm nahe ist. Hallelujah!
उहाँले आफ्ना सबै विश्वासयोग्य जनहरू, इस्राएलीहरू, उहाँका नजिकका सबै मानिसबाट प्रशंसाको निम्ति आफ्ना मानिसहरूका सिङ खडा गर्नुभएको छ । परमप्रभुको प्रशंसा गर ।