< 1 Mose 32 >

1 Jakob aber ging seines Weges; da begegneten ihm Engel Gottes.
याकूब पनि आफ्नो बाटो लागे, र परमेश्‍वरका दूतहरूले तिनीसित भेट गरे ।
2 Und als er sie sah, sprach Jakob: Das ist das Heerlager Gottes! Und er nannte jenen Ort Mahanaim.
याकूबले तिनीहरूलाई देखेपछि तिनले भने, “यो त परमेश्‍वरको शिविर हो ।” त्यसैले तिनले त्यस ठाउँको नाउँ महनोम राखे ।
3 Und Jakob sandte Boten vor sich her zu seinem Bruder Esau ins Land Seir, das Gefilde Edom.
याकूबले एदोमको क्षेत्रमा पर्ने सेइर देशमा आफ्ना दाजु एसावकहाँ आफूभन्दा अगिअगि सन्देशवाहकहरू पठाए ।
4 Diesen gebot er und sprach: Also sollt ihr zu meinem Herrn Esau sagen: Solches läßt dir dein Knecht Jakob melden: Ich bin bei Laban in der Fremde gewesen und habe mich bisher bei ihm aufgehalten;
तिनले तिनीहरूलाई यसो भनी आज्ञा दिए, “तिमीहरूले मेरा मालिक एसावलाई यसो भन्‍नेछौः तपाईंका दास याकूब यसो भन्छन्, 'म लाबानसित बस्दै आएकोले अहिलेसम्म आउन ढिलो भएको हो ।
5 und ich habe Rinder, Esel und Schafe, Knechte und Mägde bekommen und lasse dir solches anzeigen, damit ich Gnade vor deinen Augen finde.
मेरा गोरुहरू, गधाहरू, बगालहरू, कमारा-कमारीहरू छन् । तपाईंको दृष्‍टिमा मैले निगाह पाउन सकूँ भनी मैले मेरा मालिकलाई यो खबर पठाएको छु' ।”
6 Die Boten kehrten wieder zu Jakob zurück und berichteten ihm: Wir sind zu deinem Bruder Esau gekommen; der zieht dir auch entgegen und vierhundert Mann mit ihm!
याकूबकहाँ फर्की सन्देशवाहकहरूले यसो भने, “हामी तपाईंका दाजु एसावकहाँ गयौँ । उहाँ चार सय जना मानिससहित तपाईंलाई भेट्न आउँदै हुनुहुन्छ ।”
7 Da fürchtete sich Jakob sehr und es ward ihm bange; und er teilte das Volk, das bei ihm war, und die Schafe, Rinder und Kamele in zwei Lager;
तब याकूब ज्यादै भयभीत भए र आत्तिए । त्यसैले तिनले आफूसित भएका मानिसहरू, बगालहरू, बथानहरू र ऊँटहरूलाई दल-दल गरी दुई भागमा विभाजन गरे ।
8 denn er sprach: Wenn Esau gegen das eine Lager kommt und es schlägt, so kann doch das andere entrinnen.
तिनले भने, “एसावले आएर एउटा दललाई अाक्रमण गरे भने बाँकी रहेको दल भाग्‍नेछ ।
9 Und Jakob sprach: Gott meines Vaters Abraham und Gott meines Vaters Isaak, HERR, der du zu mir gesagt hast: Kehre wieder in dein Land und zu deiner Verwandtschaft zurück; ich will dir wohltun!
याकूबले भने, “मेरा पिता अब्राहामका परमेश्‍वर, मेरा पिता इसहाकका परमेश्‍वर यहोवेले मलाई भन्‍नुभयो, 'तेरो देश र तेरो कुटुम्बकहाँ फर्केर जा, म तेरो उन्‍नति गराउनेछु ।'
10 Ich bin zu gering aller Barmherzigkeit und Treue, die du an deinem Knechte bewiesen hast! Denn ich hatte nur einen Stab, als ich über diesen Jordan ging, und nun bin ich zu zwei Heeren geworden.
तपाईंका दासको निम्ति तपाईंले गर्नुभएका करारको विश्‍वासयोग्यता र भरोसाका सबै कार्यको निम्ति म योग्यको छैनँ । किनकि यही लौरो लिएर मात्र मैले यर्दन तरेँ, र अहिले मेरा दुईवटा दल छन् ।
11 Errette mich doch aus der Hand meines Bruders, aus der Hand Esaus; denn ich fürchte ihn; er könnte kommen und mich schlagen, die Mutter samt den Kindern!
कृपया, मलाई मेरा दाजु एसावको हातबाट छुटकारा दिनुहोस् किनकि तिनी आएर मलगायत मेरी पत्‍नीहरू र छोराछोरीहरूलाई आक्रमण गर्छन् कि भनेर म तिनीदेखि डराएको छु ।
12 Du aber hast gesagt: Ich will dir wohltun und deinen Samen machen wie den Sand am Meere, der vor Menge nicht zu zählen ist!
तर तपाईंले भन्‍नुभयो, 'निश्‍चय नै, म तेरो उन्‍नति गराउनेछु । म तेरा सन्तानहरूलाई गन्‍नै नसकिने गरी समुद्रको बालुवासरह तुल्याउनेछु' ।”
13 Und er brachte die Nacht daselbst zu und nahm von dem, was ihm in die Hände kam, als Geschenk für seinen Bruder Esau:
त्यस रात याकूब त्यहीँ बसे । आफ्ना दाजु एसावलाई उपहारस्वरूप दिनलाई तिनले आफूसित भएका केही थोकहरू अलग गरे जुन यिनै थिएः
14 zweihundert Ziegen, zwanzig Böcke, zweihundert Schafe, zwanzig Widder,
दुई सयवटा बाख्री, बिसवटा बोका,
15 dreißig säugende Kamele mit ihren Füllen, vierzig Kühe und zehn Stiere, zwanzig Eselinnen und zehn Eselsfüllen.
तिसवटा दुध दिने ऊँट र तिनीहरूका बच्‍चा, चालिसवटा गाई र दसवटा साँढे, बिसवटा गधैनी र दसवटा गधा ।
16 Und er gab sie in die Hand seiner Knechte, eine jegliche Herde besonders, und sprach zu seinen Knechten: Geht vor mir hinüber und lasset Raum zwischen den einzelnen Herden!
तिनले बथान-बथान गरी यी सबै आफ्ना कमाराहरूको जिम्मा लगाइदिए । तिनले तिनीहरूलाई भने, “मेरो अगिअगि जाओ र हरेक बथानको बिचमा खाली ठाउँ राख ।”
17 Und er befahl dem ersten und sprach: Wenn mein Bruder Esau dir begegnet und dich fragt: Wem gehörst du und wo willst du hin und wem gehört das, was du vor dir her treibst?
तिनले पहिलो कमारोलाई यसो भन्दै निर्देशन दिए, “मेरा दाजु एसावले तँलाई भेटेर 'तँ कसको होस्? तँ कहाँ जाँदै छस्? तेरो अगिअगि आएका यी पशुहरू कसका हुन्? भनेर सोधे भने
18 So sollst du antworten: Deinem Knecht Jakob! Es ist ein Geschenk, das er seinem Herrn Esau sendet, und siehe, er kommt selbst hinter uns her.
तैँले यसो भन्, 'यी तपाईंका दास याकूबका हुन् । यी मेरा मालिक याकूबलाई उपहारस्वरूप पठाइएका हुन् । हेर्नुहोस्, उहाँ पनि हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।”
19 Desgleichen befahl er auch dem zweiten und dem dritten und allen, die hinter den Herden hergingen, und sprach: So sollt ihr mit Esau reden, wenn ihr ihn antrefft;
दोस्रो दल, तेस्रो दल अनि बगालहरूको पछिपछि लाग्‍ने सबै मानिसलाई पनि याकूबले निर्देशन दिए । तिनले भने, “तिमीहरूले एसावलाई भेट्दा उही कुरो भन्‍नू ।
20 und ihr sollt sagen: Siehe, dein Knecht Jakob kommt auch hinter uns her! Denn er gedachte: Ich will sein Angesicht versöhnen mit dem Geschenk, das vor mir hergeht; darnach will ich sein Angesicht sehen; vielleicht wird er mich gnädig ansehen.
तिमीहरूले यसो पनि भन्‍नू, 'तपाईंका दास याकूब हाम्रो पछिपछि आउँदै हुनुहुन्छ' ।” किनकि तिनले यस्तो सोचे, “मैले मेरो अगिअगि पठाएका उपहारहरूले म तिनलाई खुसी पार्नेछु । त्यसपछि मैले तिनलाई भेट्दा सायद तिनले मलाई स्वीकार गर्नेछन् ।”
21 Und das Geschenk zog vor ihm hinüber; er aber blieb in jener Nacht im Lager.
त्यसैले उपहारहरू तिनको अगिअगि पठाइए । तिनी आफैचाहिँ त्यस रात शिविरमा नै बसे ।
22 Er stand aber noch in derselben Nacht auf und nahm seine beiden Weiber und seine beiden Mägde samt seinen elf Kindern und überschritt mit ihnen die Furt Jabbok;
रातमा याकूब निद्राबाट ब्युँझे । आफ्ना दुई पत्‍नी, तिनीहरूका कमारीहरू र एघार जना छोरा लिएर तिनी प्रस्थान गरे । तिनले तिनीहरूलाई यब्बोक खोला पारि पठाए ।
23 er nahm sie und führte sie über den Fluß und ließ alles, was er hatte, hinübergehen.
यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।
24 Jakob aber blieb allein zurück. Da rang ein Mann mit ihm, bis die Morgenröte anbrach.
याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।
25 Und da dieser sah, daß er ihn nicht übermochte, schlug er ihn auf das Hüftgelenk, so daß Jakobs Hüftgelenk verrenkt ward über dem Ringen mit ihm.
ती मानिसले याकूबलाई जित्‍न नसक्‍ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।
26 Und der Mann sprach: Laß mich gehen; denn die Morgenröte bricht an! Jakob aber sprach: Ich lasse dich nicht, du segnest mich denn!
ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्‍जेलसम्म म तपाईंलाई जान दिन्‍नँ ।”
27 Da fragte er ihn: Wie heißest du? Er antwortete: Jakob!
ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
28 Da sprach er: Du sollst nicht mehr Jakob heißen, sondern Israel; denn du hast mit Gott und Menschen gekämpft und hast gewonnen!
ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्‍वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
29 Jakob aber bat und sprach: Tue mir doch deinen Namen kund! Er aber antwortete: Warum fragst du nach meinem Namen? Und er segnete ihn daselbst.
याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
30 Jakob aber nannte den Ort Pniel; denn er sprach: Ich habe Gott von Angesicht zu Angesicht gesehen, und meine Seele ist gerettet worden!
याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्‍वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
31 Und die Sonne ging ihm auf, als er an Pniel vorüberzog; und er hinkte wegen seiner Hüfte.
याकूबले पनीएल पार गर्दा सूर्योदय भइसकेको थियो । तिनको कम्मरको कारणले गर्दा तिनी खोच्याएर हिँड्दै थिए ।
32 Darum essen die Kinder Israel bis auf den heutigen Tag die Sehne nicht, welche über das Hüftgelenk läuft, weil er Jakobs Hüftgelenk, die Hüftensehne, geschlagen hat.
यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए ।

< 1 Mose 32 >