< 2 Samuel 17 >
1 Und Ahitophel sprach zu Absalom: Ich will doch zwölftausend Mann auslesen, mich aufmachen und David noch in dieser Nacht nachjagen.
त्यसपछि अहीतोपेलले अब्शालोमलाई भने, “अब म बाह्र हजार मानिस छान्ने छु र म उठ्ने छु र दाऊदलाई आज राती नै खेदने छु ।
2 Wenn ich dann über ihn komme, während er müde und matt ist, so kann ich ihn so erschrecken, daß alles Volk, das bei ihm ist, flieht, und dann kann ich den König allein schlagen.
तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्ने छु र तिनलाई भयङ्कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।
3 So werde ich alles Volk dir zuwenden, wenn sich alle von dem Manne abwenden, dem du nachstellst; dann wird das ganze Volk Frieden haben.
दुलही आफ्नो दुलाहाकहाँ आएजस्तै सबै मानिसलाई म तपाईंकहाँ फर्काएर ल्याउने छु र सबै मानिस तपाईंको अधीनमा शान्तिमा रहने छन् ।”
4 Das schien dem Absalom gut und allen Ältesten Israels.
अहीतोपेलले भनेको कुरा अब्शालोम र इस्राएलका सबै धर्म-गुरुलाई मन पर्यो ।
5 Aber Absalom sprach: Rufe doch noch Husai, den Architer, daß wir auch hören, was er zu sagen hat!
त्यसपछि अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाऊ र उनले के भन्छन् हामी सुनौं ।”
6 Als nun Husai zu Absalom kam, sprach Absalom zu ihm: So und so hat Ahitophel geraten! Sollen wir seinen Rat ausführen oder nicht? Was sagst du?
जब हूशै अब्बशालोमकहाँ आए, अब्बशालोमले उनलाई अहीतोपेलले भनेका सबै कुरा बताइदिए र हूशैलाई सोधे, “के हामीले अहीतोपेलले भनेका कुरा गरौं? होइन भने, हामीलाई तपाईंको सल्लाह भन्नुहोस् ।”
7 Da sprach Husai zu Absalom: Es ist kein guter Rat, den Ahitophel diesmal gegeben hat!
त्यसैले हूशैले अब्शालोमलाई भने, “अहीतोपेलले दिएका सल्लाह यस पटक ठिक छैन ।”
8 Und Husai sprach: Du kennst deinen Vater wohl und seine Leute [und weißt], daß sie Helden sind und grimmigen Mutes, wie eine Bärin auf freiem Felde, welche ihrer Jungen beraubt ist; dazu ist dein Vater ein Kriegsmann; er wird nicht bei dem Volke übernachten.
हूशैले थपे, “तपाईंले आफ्नो बुबालाई चिन्नुहुन्छ र उहाँका मानिसहरू बलिया योद्धाहरू छन्, तिनीहरू तितो छन्, र तिनीहरू मैदानका बच्चा खोसिएका भालुहरूजस्ता छन् । तपाईंको बुबा एक योद्धा हुनुहुन्छ । उहाँ आज फौजसँग सुत्नुहुने छैन ।
9 Siehe, er hat sich wohl schon jetzt in irgend einer Schlucht verborgen oder an einem andern Orte. Wenn es dann geschähe, daß etliche von ihnen gleich im Anfang fielen und man es hören würde, so spräche man: Das Volk, das zu Absalom hält, hat eine Niederlage erlitten!
हेर्नुहोस्, यति बेला उहाँ सायद कुनै खाडल वा अर्कै ठाउँमा लुकिरहनुभएको छ । आक्रमणको सुरुमा नै तपाईंका केही मानिसहरू मारिए भने सुन्ने जोसकैले भन्ने छन्, 'अब्शालोमसँग हुनेहरू माझ नरसंहार भएको छ ।'
10 So würde jedermann ganz verzagt werden, wer auch sonst tapfer ist und ein Herz hat wie ein Löwe; denn ganz Israel weiß, daß dein Vater stark ist und daß tapfere Leute bei ihm sind.
त्यसपछि सिंहको जस्तो हृदय हुने सबैभन्दा सिपाही पनि भयभीत हुने छ, किनभने तपाईंको बुबा वीर योद्धा हुनुहुन्छ भनी सारा इस्राएलले जान्दछ र उहाँसँग भएका मानिसहरू धेरै बलिया छन् ।
11 Darum rate ich, daß du ganz Israel, von Dan bis Beerseba, zu dir versammelst so zahlreich wie der Sand am Meer, und daß du selbst mit ihnen in den Krieg ziehest.
त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्ने सल्लाह म तपाईंलाई दिन्छु ।
12 So wollen wir ihn überfallen, an welchem Orte wir ihn finden, und wir wollen über ihn kommen, wie der Tau auf die Erde fällt, daß wir von ihm und all seinen Leuten, die bei ihm sind, nicht einen einzigen übriglassen.
त्यसपछि हामीले उनलाई जहाँ भेट्टाए पनि उनमाथि जाइलाग्ने छौं र जमिनमा शीत परेझैं हामीले उनलाई छोप्ने छौं । हामीले उनका मानिसहरू वा उनी स्वयम् एउटालाई पनि जीवित छोड्ने छेनौं ।
13 Zieht er sich aber in eine Stadt zurück, so soll ganz Israel Stricke an jene Stadt legen und sie in den Bach hinunterschleifen, also daß auch nicht ein Steinchen mehr davon gefunden wird!
उनी सहरमा शरण लिन्छन् भने, त्यस सहरमा सारा इस्राएलले डोरी ल्याउने छन् र त्यहाँ एउटा सानो ढुङ्गा पनि नभेटिने गरी त्यसलाई हामी घिसारेर नदीमा झार्ने छौं ।”
14 Da sprachen Absalom und alle Männer Israels: Der Rat Husais, des Architers, ist besser als der Rat Ahitophels! Aber der HERR fügte es so, daß der gute Rat Ahitophels vereitelt wurde, damit der HERR das Unglück über Absalom brächte.
अनि अब्बशालोम र इस्राएलका मानिसले भने, “आरकी हूशैको सल्लाह अहीतोपेलको सल्लाहभन्दा राम्रो छ ।” परमप्रभुले अब्शालोममाथि विनाश ल्याउनको निम्ति अहीतोपेलको सल्लाह इन्कार गर्ने निश्चय गर्नुभएको थियो ।
15 Aber Husai sprach zu Zadok und Abjatar, den Priestern: So und so hat Ahitophel dem Absalom und den Ältesten Israels geraten; ich aber habe so und so geraten.
तब हूशैले सादोक र अबियाथार पुजारीहरूलाई भने, “अहीतोपेलले अब्शालोम र इस्राएलका धर्म-गुरुहरूलाई यस्तो-यस्तो सल्लाह दिए, तर मैले अरू नै सल्लाह दिएको छु ।
16 So sendet nun eilends hin und lasset David sagen: Bleibe nicht über Nacht bei den Furten in der Wüste, sondern mache dich eilends hinüber, damit nicht der König und alles Volk, das bei ihm ist, verschlungen werde!
अब चाँडो जाओ र दाऊदलाई खबर गर । उनलाई भन, 'आज राती आराबाको जाँघरहरूमा छाउनी नलगाउनुहोस्, तर कुनै पनि उपायले पारि तर्नुहोस्, नत्र राजाका अनि उहाँको साथमा भएका सबै मानिस समेत नाश पारिने छन्' ।”
17 Jonatan aber und Ahimaaz standen beim Brunnen Rogel; und eine Magd ging hin und berichtete es ihnen, und sie gingen hin und zeigten es dem König David an; denn sie durften sich nicht sehen lassen und in die Stadt kommen.
यति बेला जोनाथन र अहीमास एन-रोगेलको पानीको मूलमा पर्खिरहेका थिए । तिनीहरूले जान्नुपर्ने कुरा एक जना दासी गएर तिनीहरूलाई खबर गर्थिन्, किनकि तिनीहरू सहरभित्र गएर देखिने जोखिममा पर्न सक्दैनथे । जब खबर आउँथ्यो, तब तिनीहरू गएर राजालाई भन्थे ।
18 Aber ein Knabe sah sie und hinterbrachte es Absalom. Da liefen die beiden eilends und gingen in das Haus eines Mannes zu Bachurim. Der hatte eine Zisterne in seinem Hofe; daselbst stiegen sie hinunter.
तर योपल्ट एक जना जवान मानिसले तिनीहरूलाई देख्यो र अब्बशालोमलाई बतायो । त्यसैले जोनाथन र अहीमास तुरुन्तै गए र बहूरिममा एक जना मानिसको घरमा आए जसको आँगनमा एउटा इनार थियो, जसभित्र तिनीहरू पसे ।
19 Und das Weib nahm eine Decke und breitete sie über die Öffnung der Zisterne und streute Grütze darüber, so daß man nichts merkte.
ती मानिसकी पत्नीले त्यो इनारको ढकनी ल्याइन् र इनारको मुख ढाकिन् अनि त्यसमाथि बिस्कुन सुकाइन्, त्यसैले इनारमा जोनाथन र अहीमास थिए भनेर कसैले थाहा पाएनन् ।
20 Als nun Absaloms Knechte zu dem Weibe in das Haus kamen, fragten sie: Wo sind Ahimaaz und Jonatan? Das Weib antwortete: Sie sind über den Bach gegangen. Da suchten sie dieselben, konnten sie aber nicht finden und kehrten wieder nach Jerusalem zurück.
अब्शालोमका मानिसहरू त्यो घरकी स्त्रीकहाँ आए र भने, “अहीमास र जोनाथन कहाँ छन्?” ती स्त्रीले भनिन्, “तिनीहरू नदी तरेर गाइसके ।” त्यसैले तिनीहरूले वरिपरि हेरे र तिनीहरूलाई भेट्टउन सकेनन्, तब तिनीहरू यरूशलेम फर्के ।
21 Als aber diese weg waren, stiegen jene aus dem Brunnen herauf und gingen hin und zeigten es dem König David an und sprachen zu ihm: Macht euch auf und geht eilends über das Wasser; denn so und so hat Ahitophel wider euch geraten!
तिनीहरू गएपछि जोनाथन र अहीमास इनारबाट बाहिर निस्के । उनीहरू दाऊद राजालाई खबर दिन गए । तिनीहरूले उनलाई भने, “उठ्नुहोस् चाँडो नदी तर्नुहोस, किनभने अहीतोपेलले तपाईंको बारेमा यस्तो-यस्तो सल्लाह दिएका छन् ।”
22 Da machte sich David auf und alles Volk, das bei ihm war, und setzten über den Jordan; und als es lichter Morgen ward, fehlte keiner, der nicht über den Jordan gegangen wäre.
त्यसपछि दाऊद र तिनीसँग भएका सबै मानिस उठे र तिनीहरूले यर्दन नदी तरे । बिहान उज्यालो हुँदासम्मा तीमध्ये यर्दन तर्न बाँकी कोही पनि थिएन ।
23 Als aber Ahitophel sah, daß sein Rat nicht ausgeführt wurde, sattelte er seinen Esel, machte sich auf, ging heim in seine Stadt, bestellte sein Haus und erhängte sich, starb und ward in seines Vaters Grab gelegt.
जब अहीतोपेलले आफ्नो सल्लाहको अनुसरण नभएको देखे, उनले आफ्नो गधामा जीन-लगाम कसे र विदा भए । उनी आफ्नो सहरमा भएको घरमा गए, आफ्ना सबै कुरा मिलाए र आफूलाई झुण्डाए । यसरी उनी मरे र आफ्नै बुबाको चिहानमा गाडिए ।
24 David aber war nach Mahanaim gekommen, als Absalom über den Jordan zog, er und alle Männer Israels mit ihm.
त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
25 Und Absalom setzte Amasa an Joabs Statt über das Heer. Dieser Amasa war der Sohn eines Mannes, namens Jitra, eines Ismaeliten, welcher zu Abigail gegangen war, der Tochter Nachaschs, der Schwester der Zeruja, der Mutter Joabs.
अब्बशालोमले योआबको सट्टामा अमासालाई फौजका कमाण्डर बनाएका थिए । अमासा इश्माएली येतेरका छोरा थिए, जो अबीगेलसँग सुते जो नाहाशकी छोरी र योआबकी आमा सरूयाहकी बहिनी थिइ ।
26 Und Israel und Absalom lagerten sich im Lande Gilead.
तब इस्राएल र अब्बशालोमले गिलादको जमिनमा छाउनी हाले ।
27 Als nun David nach Mahanaim gekommen war, brachten Schobi, der Sohn des Nahas, von Rabba der Kinder Ammon, und Machir, der Sohn Ammiels von Lodebar, und Barsillai, der Gileaditer von Roglim,
जब दाऊद महनोममा आएका थिए, अम्मोनीहरूको रब्बाका नाहाशका छोरा शोबी अनि लो-देबारका अम्मीएलको छोरा माकीर र रोगेलिमबाट आएका गिलादी बर्जिल्लैले
28 Betten, Becken, irdene Geschirre, Weizen, Gerste, Mehl, geröstetes Korn, Bohnen, Linsen,
सुत्ने ओछ्यान र ओड्ने कम्बलहरू, भाँडाहरू, जौको पिठो भुटेको अन्न, सिमी, दाल
29 Honig und Butter, Schafe und getrocknetes Rindfleisch zur Speise für David und das Volk, das bei ihm war; denn sie sprachen: Das Volk wird hungrig, müde und durstig sein in der Wüste.
मह, नौनी, भेडा र दही ल्याए, ताकि दाऊद र तिनीसँग भएका मसनिहरूले खान सकुन् । यी मानिसले भनेका थिए, “मानिसहरू उजाडस्थानमा भोकाएका, थकित, र तिर्खाएका छन् ।”