< Psalm 137 >
1 An Babels Strömen, da saßen wir und weinten, wenn Zions wir gedachten;
बेबिलोनका नदीहरूका छेउमा बसेर हामीले सियोनको बारेमा विचार गर्दा हामी रोयौं ।
2 an die Weiden, die dort stehen, hängten wir unsre Harfen;
त्यहाँका लहरे पिपलका रूखहरूमा हामीले आफ्ना वीणाहरू झुन्डायौं ।
3 denn Lieder verlangten von uns dort unsre Zwingherrn, und unsre Peiniger hießen uns fröhlich sein: »Singt uns eins von euren Zionsliedern!«
हामीलाई कैद गरेर लानेहरूले त्यहाँ हामीलाई गीत गाउन लगाए र हामीलाई गिल्ला गर्नेहरूले हामीलाई यसो भन्दै खुसी होओ भने, “हाम्रा निम्ति सियोनका गीतमध्ये एउटा गाओ ।”
4 Wie sollten wir singen die Lieder des HERRN auf fremdem Boden?
विदेशी भूमिमा परमप्रभुको बारेमा हामीले कसरी गीत गाउन सक्थ्यौं?
5 Vergesse ich dich, Jerusalem, so verdorre mir die rechte Hand!
हे यरूशलेम, मैले तेरो सम्झनालाई बेवास्ता गर्छु भने, मेरो दाहिने हातले आफ्नो सीप बिर्सोस् ।
6 Die Zunge bleibe mir am Gaumen kleben, wenn ich deiner nicht eingedenk bleibe, wenn ich Jerusalem nicht stelle über alles, was mir Freude macht!
मैले तेरो बारेमा फेरि विचार गरिनँ भने, आफ्ना सबभन्दा ठुलो आनन्दभन्दा बढी मैले तेरो चाह गरिनँ भने, मेरो जिब्रो मेरै तालुमा टाँसियोस् ।
7 Gedenke, HERR, den Söhnen Edoms den Unglückstag Jerusalems, wie sie riefen: »Reißt nieder, reißt nieder bis auf den Grund in ihm!«
हे परमप्रभु, यरूशलेमको पतन भएको दिनमा एदोमीहरूले के गरे सो स्मरण गर्नुहोस् । तिनीहरूले भने, “यसलाई भत्काओ, यसको तल जगैसमेत भत्काओ ।”
8 Bewohnerschaft Babels, Verwüsterin! Heil dem, der dir vergilt dasselbe, was du an uns verübt!
बेबिलोनकी छोरी, चाँडै नष्ट हुन्छ । तैंले हामीलाई जे गरिस् त्यसको बदला लिने व्यक्ति धन्यको होस् ।
9 Heil dem, der deine Kindlein packt und am Felsen sie zerschmettert!
जसले तेरा सा-साना बालबच्चालाई लिएर चट्टानमा पछार्छ, त्यो व्यक्ति धन्यको होस् ।