< Psalm 97 >
1 Der HERR ist König; des freue sich das Erdreich und seien fröhlich die Inseln, soviel ihrer sind.
परमप्रभुले राज्य गर्नुहुन्छ । पृथ्वी आनन्दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।
2 Wolken und Dunkel ist um ihn her; Gerechtigkeit und Gericht ist seines Stuhles Festung.
बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
3 Feuer geht vor ihm her und zündet an umher seine Feinde.
आगो उहाँको अगिअगि जान्छ र उहाँका वैरीहरूलाई हरेकतिर भष्म पार्छ ।
4 Seine Blitze leuchten auf den Erdboden; das Erdreich siehet's und erschrickt.
उहाँको बिजुलीको चमकले संसारलाई उज्यालो बनाउँछ । पृथ्वीले देख्छ र थरथर काम्छ ।
5 Die Berge zerschmelzen wie Wachs vor dem HERRN, vor dem Herrscher des ganzen Erdbodens.
परमप्रभु, सारा पृथ्वीको परमप्रभुको सामु पहाडहरू मैनझैं पग्लिन्छन् ।
6 Die Himmel verkündigen seine Gerechtigkeit, und alle Völker sehen seine Ehre.
आकाशले उहाँको न्यायको घोषणा गर्छ र सबै जातिले उहाँको महिमा देख्छन् ।
7 Schämen müssen sich alle, die den Bildern dienen und sich der Götzen rühmen. Betet ihn an, alle Götter!
कुँदेका आकृतिहरू पुज्नेहरू, व्यर्थका मूर्तिहरूमा घमण्ड गर्नेहरू सबै जना लाजमा पर्नेछन् । हे सबै देवता हो, उहाँमा घोप्टो पर!
8 Zion hört es und ist froh; und die Töchter Juda's sind fröhlich, HERR, über dein Regiment.
हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्दित भए ।
9 Denn du, HERR, bist der Höchste in allen Landen; du bist hoch erhöht über alle Götter.
हे परमप्रभु, तपाईं सारा पृथ्वीभन्दा उच्च हुनुहुन्छ । तपाईं सबै देवताभन्दा उच्च हुनुहुन्छ ।
10 Die ihr den HERRN liebet, hasset das Arge! Der HERR bewahret die Seelen seiner Heiligen; von der Gottlosen Hand wird er sie erretten.
तिमीहरू जसले परमप्रभुलाई प्रेम गर्छौ, खराबीलाई घृणा गर । उहाँले आफ्ना सन्तहरूका जीवन रक्षा गर्नुहुन्छ र उहाँले तिनीहरूलाई दुष्टको हातबाट बाहिर निकाल्नुहुन्छ ।
11 Dem Gerechten muß das Licht immer wieder aufgehen und Freude den frommen Herzen.
धार्मीहरूका निम्ति ज्योति प्रकट हुन्छ र इमानदार हृदय भएकाहरूका निम्ति खुसी आउँछ ।
12 Ihr Gerechten freuet euch des HERRN und danket ihm und preiset seine Heiligkeit!
ए धर्मीहरू हो, परमप्रभुमा खुसी होओ । अनि तिमीहरूले उहाँको पवित्रता सम्झिंदा धन्यवाद देओ ।