< Psalm 12 >

1 Ein Psalm Davids, vorzusingen auf acht Saiten. Hilf, HERR, die Heiligen haben abgenommen, und der Gläubigen ist wenig unter den Menschenkindern.
हे परमप्रभु, मदत गर्नुहोस्, किनकि धर्मीहरू लोप भएका छन् । विश्‍वासीचाहिं हराएको छ ।
2 Einer redet mit dem andern unnütze Dinge und heucheln und lehren aus uneinigem Herzen.
हरेकले आफ्ना छिमेकीलाई फोस्रा कुरा भन्छ । हरेकले चाप्लुसी ओठहरू र झुट मनले बोल्छन् ।
3 Der HERR wolle ausrotten alle Heuchelei und die Zunge, die da stolz redet,
हे परमप्रभु, चाप्लुसी सबै ओठ, ठुला कुरा गर्ने हरेक जिब्रोलाई काट्नुहोस् ।
4 die da sagen: Unsere Zunge soll überhand haben, uns gebührt zu reden; wer ist unser HERR?
यसो भन्‍ने यिनीहरू नै हुन्, “हाम्रो जिब्रोले नै हामीले जित्छौं । जब हाम्रा ओठहरू बोल्‍छन्, तब हामीमाथि को मालिक हुन सक्छ र?”
5 Weil denn die Elenden verstöret werden und die Armen seufzen, will ich auf, spricht der HERR; ich will eine Hilfe schaffen, daß man getrost lehren soll.
परमप्रभु भन्‍नुहुन्छ, “गरीबको विरुद्धमा हिंसा, दरिद्रको सुस्केराले गर्दा म उठ्‍नेछु, म सुरक्षा प्रदान गर्नेछु जसको इच्‍छा तिनीहरू गर्छन् ।”
6 Die Rede des HERRN ist lauter, wie durchläutert Silber im irdenen Tiegel, bewähret siebenmal.
परमप्रभुका वचनहरू पृथ्वीको भट्टिमा सातपल्‍ट शुद्ध पारिएका चाँदीझैं शुद्ध हुन्‍छन् ।
7 Du, HERR, wollest sie bewahren und uns behüten vor diesem Geschlecht ewiglich.
तपाईं परमप्रभु हुनुहुन्छ । तपाईंले तिनीहरूलाई सुरक्षित राख्‍नुहुन्छ । तपाईंले धर्मी मानिसहरूलाई यो दुष्‍ट पुस्ताबाट र सदासर्वदा सुरक्षा दिनुहुन्छ ।
8
मानवजातिका छोराछोरीका माझमा खराब कुराको प्रशंसा हुँदा दुष्‍टहरू चारैतिर हिंड्‍डुल गर्छन् ।

< Psalm 12 >