< 2 Mose 36 >
1 Da arbeiteten Bezaleel und Ahaliab und alle weisen Männer, denen der HERR Weisheit und Verstand gegeben hatte, zu wissen, wie sie allerlei Werk machen sollten, zum Dienst des Heiligtums nach allem, das der HERR geboten hatte.
यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्तिले उहाँको आज्ञामुताबिक काम गरून् ।”
2 Und Mose rief dem Bezaleel und Ahaliab und allen weisen Männern, denen der HERR Weisheit gegeben hatte in ihr Herz, nämlich allen, die sich willig darerboten und hinzutraten, zu arbeiten an dem Werke.
मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए ।
3 Und sie nahmen zu sich von Mose alle Hebe, die die Kinder Israel brachten zu dem Werk des Dienstes des Heiligtums, daß es gemacht würde. Denn sie brachten alle Morgen ihre willige Gabe zu ihm.
पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए ।
4 Da kamen alle Weisen, die am Werk des Heiligtums arbeiteten, ein jeglicher seines Werks, das sie machten,
त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए ।
5 und sprachen zu Mose: Das Volk bringet zu viel, mehr denn zum Werk dieses Dienstes not ist, das der HERR zu machen geboten hat.
शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।”
6 Da gebot Mose, daß man rufen ließ durchs Lager: Niemand tue mehr zur Hebe des Heiligtums! Da hörete das Volk auf zu bringen.
त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे ।
7 Denn des Dinges war genug zu allerlei Werk, das zu machen war, und noch übrig.
सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए ।
8 Also machten alle weisen Männer unter den Arbeitern am Werk die Wohnung, zehn Teppiche von gezwirnter weißer Seide, gelber Seide, Scharlaken, Rosinrot, Cherubim, künstlich.
त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो ।
9 Die Länge eines Teppichs war achtundzwanzig Ellen und die Breite vier Ellen, und waren alle in einem Maß.
हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए ।
10 Und er heftete je fünf Teppiche zusammen, einen an den andern.
बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे ।
11 Und machte gelbe Schläuflein an eines jeglichen Teppichs Ort, da sie zusammengefüget werden.
पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे ।
12 je fünfzig Schläuflein an einen Teppich, damit einer den andern faßte.
तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए ।
13 Und machte fünfzig güldene Häklein; und fügte die Teppiche mit den Häklein einen an den andern zusammen, daß es eine Wohnung würde.
तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे ।
14 Und er machte elf Teppiche von Ziegenhaaren zur Hütte üben die Wohnung,
पवित्र वासस्थान ढाक्ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए ।
15 dreißig Ellen lang und vier Ellen breit, alle in einem Maß.
हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो ।
16 Und fügte ihrer fünf zusammen auf ein Teil und sechs zusammen aufs andere Teil.
तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे ।
17 Und machte je fünfzig Schläuflein an jeglichen Teppich am Ort, damit sie zusammengeheftet würden.
तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए ।
18 Und machte je fünfzig eherne Häklein, damit die Hütte zusammen in eins gefüget würde.
पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए ।
19 Und machte eine Decke über die Hütte von rötlichen Widderfellen und über die noch eine Decke von Dachsfellen.
तिनले पवित्र वासस्थानलाई ढाक्न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि राख्न मसिनो छालाको अर्को छत बनाए ।
20 Und machte Bretter zur Wohnung von Föhrenholz, die stehen sollten,
बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए ।
21 ein jegliches zehn Ellen lang und anderthalb Ellen breit,
हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो ।
22 und an jeglichem zween Zapfen, da mit eins an das andere gesetzt würde. Also machte er alle Bretter zur Wohnung,
फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे ।
23 daß derselben Bretter zwanzig gegen Mittag stunden;
तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए ।
24 und machte vierzig silberne Füße drunter, unter jeglich Brett zween Füße an seinen zween Zapfen.
बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्न चाँदीका चालिसवटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए, अरू सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार थिए ।
25 Also zur andern Seite der Wohnung, gegen Mitternacht, machte er auch zwanzig Bretter
पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि
26 mit vierzig silbernen Füßen, unter jeglich Brett zween Füße.
चाँदीका चालिसवटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुईवटा आधार थिए ।
27 Aber hinten an der Wohnung gegen den Abend machte er sechs Bretter,
पवित्र वासस्थानको पछाडि अर्थात् पश्चिमपट्टि बजलेलले छवटा फल्याक बनाए ।
28 und zwei andere hinten an den zwo Ecken der Wohnung,
पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए ।
29 daß ein jegliches der beiden sich mit seinem Ortbrett von unten auf gesellete und oben am Haupt zusammenkäme mit einer Klammer,
ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए ।
30 daß der Bretter acht würden und sechzehn silberne Füße, unter jeglichem zween Füße.
चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए । जम्माजम्मी सोह्रवटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार, अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुईवटा आधार थिए ।
31 Und er machte Riegel von Föhrenholz, fünf zu den Brettern auf der einen Seite der Wohnung
बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा,
32 und fünf auf der andern Seite und fünf hinten an, gegen den Abend.
र अर्कोपट्टिका फल्याकहरूका लागि पाँचवटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्चिमपट्टिको लागि पाँचवटा बार बनाए ।
33 Und machte die Riegel, daß sie mitten an den Brettern durchhingestoßen würden, von einem Ende zum andern.
तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी बनाए ।
34 Und überzog die Bretter mit Golde; aber ihre Rinken machte er von Gold zu den Riegeln und überzog die Riegel mit Golde.
तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे ।
35 Und machte den Vorhang mit den Cherubim dran künstlich mit gelber Seide, Scharlaken, Rosinrot und gezwirnter weißer Seide.
बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो ।
36 Und machte zu demselben vier Säulen von Föhrenholz und überzog sie mit Gold und ihre Köpfe von Golde; und goß dazu vier silberne Füße.
तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए ।
37 Und machte ein Tuch in der Tür der Hütte; von gelber Seide, Scharlaken, Rosenrot und gezwirnter weißer Seide gestickt,
तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो ।
38 und fünf Säulen dazu mit ihren Köpfen und überzog ihre Köpfe und Reife mit Golde; und fünf eherne Füße dran.
तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।