< Job 5 >
1 Rufe nur! Giebt's einen, der dir Antwort gäbe? und an wen unter den Heiligen wolltest du dich wenden?
अहिले बोलाउनुहोस् । तपाईंलाई जवाफ दिने कुनै व्यक्ति छ? पवित्र मानिसहरूमध्ये कुनतिर तपाईं फर्कनुहुनेछ?
2 Denn den Thoren mordet sein Unmut, und den Albernen tötet sein Eifern.
किनकि मूर्ख मानिसलाई रिसले मार्छ। सजिलै छलमा पर्नेलाई ईर्ष्याले मार्छ ।
3 Ich habe einen Thoren festgewurzelt gesehen, verwünschte aber plötzlich seine Stätte.
मूर्ख व्यक्तिले जरा गाडेको मैले देखेको छु, तर मैले एक्कासि त्यसको घरलाई सराप दिएँ ।
4 Seinen Kindern bleibt die Hilfe fern; sie müssen sich zertreten lassen im Thor, und keiner errettet sie.
त्यसका छोराछोरी बिल्कुलै सुरक्षित छैनन् । तिनीहरू सहरको मूल ढोकामा कुल्चिमिल्ची पारिएका छन् । तिनीहरूलाई छुटकारा दिने कोही छैन ।
5 Seine Ernte verzehrt der Hungrige - selbst aus den Dornen holt er sie heraus - und Durstige schnappen nach seinem Gut.
भोकाएकाहरूले आफ्नो फसल खान्छन् । तिनीहरूले त्यसलाई काँढाहरूका बिचबाट पनि बटुल्छन् । तिर्खाएकाहरूले आफ्नो धन-सम्पत्तिको तृष्णा गर्छन् ।
6 Denn Unheil wächst nicht aus dem Staub hervor, noch sprießt das Elend aus dem Boden:
किनकि कठिनाइ माटोबाट आउँदैन । न त भुइँबाट समस्या उम्रन्छ ।
7 Nein, der Mensch ist zum Elend geboren, so wie der Flamme Kinder aufwärts fliegen.
बरु, मानव-जाति कष्टकै लागि जन्मन्छन्, जसरी आगोको झिल्काहरू माथि उड्छन् ।
8 Ich aber würde mich an den Allmächtigen wenden und meine Sache Gott vorlegen,
तर मेरो बारेमा, स्वयम् परमेश्वरकहाँ नै म फर्कन्छु । उहाँमा नै म आफ्नो गुनासो समर्पित गर्छु—
9 der große Dinge thut, die unerforschlich, und Wunder, die unzählbar sind:
महान् अनि अगम्य कुराहरू गर्नुहुने, अनगिन्ती उदेकका कामहरू गर्नुहुने उहाँ नै हुनुहुन्छ ।
10 Der der Erde Regen schenkt und Wasser auf die Fluren sendet,
उहाँले पृथ्वीमा वृष्टि दिनुहुन्छ, र खेतबारीमा पानी पठाउनुहुन्छ ।
11 der Niedrige hoch emporhebt, und Trauernde erfahren hohes Heil.
नम्रहरूलाई उच्च स्थानमा राख्नलाई अनि शोक गर्नेहरूलाई सुरक्षित उचाल्नलाई उहाँले यसो गर्नुहुन्छ ।
12 Er vereitelt die Pläne der Listigen, daß ihre Hände nichts Beständiges schaffen.
धूर्त मानिसहरूका हातले सफलता नपाओस् भनेर, उहाँले तिनीहरूका योजनाहरूलाई विफल तुल्याउनुहुन्छ ।
13 Er fängt die Klugen in ihrer eignen List, und der Verschlagenen Anschlag überstürzt sich.
उहाँले बुद्धिमान् मानिसहरूलाई तिनीहरूका आफ्नै धूर्त कामहरूमा पासोमा पार्नुहुन्छ । टेडा मानिसहरूका योजनाहरू अन्त्यको लागि हतारिन्छन् ।
14 Am hellen Tage stoßen sie auf Finsternis und wie zur Nachtzeit tappen sie am Mittag.
तिनीहरूले दिउँसै अन्धकार भेट्टाउँछन्, अनि मध्यदिनमा पनि रातमा झैं छामेर हिंड्छन् ।
15 So rettet er vom Schwert, aus ihrem Rachen, und aus der Gewalt des Starken den Armen.
तर उहाँले गरिबहरूलाई तिनीहरूको मुखमा भएको तरवारदेखि र खाँचोमा परेकालाई शक्तिशाली मानिसहरूको हातबाट बचाउनुहुन्छ ।
16 So geht dem Schwachen Hoffnung auf, und die Bosheit schließt ihr Maul.
त्यसैले गरिब मानिसको आशा छ, र अन्यायले त्यसको आफ्नै मुख बन्द गर्छ ।
17 O, glücklich der Mann, den Gott zurechtweist! - so verschmähe nicht die Zucht des Allmächtigen!
हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
18 Denn er verwundet, doch er verbindet auch; er zerschlägt, und seine Hände heilen.
किनकि उहाँले चोट पुर्याउनुहुन्छ, र पट्टी बाँध्नुहुन्छ । उहाँले चोट पुर्याउनुहुन्छ र आफ्नै हातले निको पार्नुहुन्छ ।
19 Aus sechs Nöten errettet er dich, und in sieben trifft dich kein Unheil.
उहाँले तपाईंलाई छवटा कष्टबाट छुटकारा दिनुहुनेछ । वास्तवमा सातौं कष्टमा पनि कुनै दुष्ट्याइँले तपाईंलाई छुँदैन ।
20 Bei Hungersnot errettet er dich vom Tode und im Kriege von den Streichen des Schwerts.
अनिकालको समयमा मृत्युबाट मोल तिरेर, र युद्धमा तरवारको हातबाट उहाँले तपाईंलाई छुटाउनुहुनेछ ।
21 Vor der Zunge Geißel bist du geborgen, hast nichts zu fürchten, wenn Verheerung naht.
झूट बोल्ने जिब्रोको कोर्राबाट तपाईंलाई लुकाइनेछ, र जब विनाश आउँछ, तब तपाईं त्यसबाट डराउनुहुनेछैन ।
22 Der Verheerung und der Teuerung kannst du lachen, die wilden Tiere brauchst du nicht zu fürchten.
विनाश र अनिकाल देखेर तपाईं हास्नुहुनेछ, अनि पृथ्वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।
23 Denn mit des Feldes Steinen bist du im Bunde, und die wilden Tiere sind mit dir befreundet.
किनकि तपाईंको खेतमा भएका ढुङ्गाहरूसित तपाईंले करार बाँध्नुहुनेछ, र वनका पशुहरू तपाईंसित मिलापमा रहनेछन् ।
24 Und so wirst du erfahren, daß wohlbehalten dein Zelt: du musterst deine Behausung und vermissest nichts.
तपाईंको पाल सुरक्षित छ भनी तपाईंले जान्नुहुनेछ । तपाईं आफ्नो भेडी-गोठ हेर्न जानुहुनेछ र एउटा पनि नहराएको तपाईंले पाउनुहुनेछैन ।
25 Du wirst erfahren, daß deine Nachkommen zahlreich sind, und deine Sprossen wie das Gras der Flur.
तपाईंले यो जान्नुहुनेछ, तपाईंको सन्तान महान् हुनेछ, तपाईंका छोराछोरी जमिनको घाँसझैं हुनेछन् ।
26 In Vollreife gehst du zum Grabe ein, gleichwie die Garbe hinaufgebracht wird zu ihrer Zeit.
तपाईं आफ्नो चिहानमा पूरा बढो भएर आउनुहुनेछ । जसरी आफ्नो समयमा अन्नका मुट्ठाहरूको चाङ हुनेछ ।
27 Siehe, das ist's, was wir erforscht, so ist's! Vernimm es und beherzige es wohl!
हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”