< Psalm 67 >

1 Auf den Siegesspender, mit Zithern, ein Lied, ein Gesang. Gott sei uns gnädig, segne uns! Er lasse uns sein Antlitz leuchten. (Sela)
सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, एउटा भजन; एउटा गीत। परमेश्‍वर हामीप्रति अनुग्रही होऊन्, र हामीलाई आशिष् देऊन्; अनि उहाँको मुहार हामीमाथि चम्काऊन्— सेला
2 Wenn man auf Erden Deine Weise kennenlernt, bei all den Heiden Deine hilfereiche Art,
ताकि तपाईंको मार्ग पृथ्वीमाथि प्रकट होस्, अनि तपाईंको मुक्ति सबै राष्ट्रहरूको बीचमा थाहा होस्।
3 dann preisen Dich die Völker, Gott, dann preisen Dich die Völker all.
हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
4 Dann freuen sich und jubeln die Nationen, daß Du gerecht die Völker richtest, auf Erden die Nationen leitest. (Sela)
जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ। सेला
5 Dann preisen Dich die Völker, Gott; dann preisen Dich die Völker all.
हे परमेश्‍वर, तपाईंको प्रशंसा मानिसहरूले गरून्; सबै जाति-जातिहरूले तपाईंको प्रशंसा गरून्।
6 Die Erde spendet ihre Ernte! Uns segnet Gott ja, unser Gott!
भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्‍वर, हाम्रा परमेश्‍वरले हामीलाई आशिष् दिनुहुन्छ।
7 Uns segne fürder Gott, daß sich die Erdenenden alle vor ihm fürchten!
परमेश्‍वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।

< Psalm 67 >