< Psalm 14 >

1 Auf den Siegesspender, von David. - In seinem Herzen spricht der Tor: "Kein Gott ist da." Verkehrt, verrucht sind sie in ihrem Treiben, und keiner ist, der Gutes täte.
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। मूर्खले आफ्नो मनमा भन्छ, “परमेश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट छन्, तिनीहरूले नीच काम गर्दछन्; असल काम गर्ने कोही पनि छैन।
2 Vom Himmel her hat sich der Herr geneigt, hernieder auf die Menschenkinder sieht er, ob jemand der Vernunft gehorcht und Gott aufsucht.
याहवेहले स्वर्गबाट सबै मानिस जातिलाई हेर्नुहुन्छ, यो जान्‍नलाई कि कोही त समझदार होला, जसले परमेश्‍वरको खोजी गर्दछ।
3 Doch alle sind im Frevelwahn verderbt, und keiner ist, der Gutes täte, nicht einer. -
तिनीहरू सबै भड्किगएका छन्, सबै जना भ्रष्‍ट भएका छन्; असल गर्ने कोही छैन; एक जना पनि छैन।
4 Erfuhren's nicht die Übeltäter alle, die meines Volkes Speisen neulich aufgezehrt, und die den Herrn gelassen außer acht?
के यी सबै दुष्‍ट काम गर्नेहरूले केही पनि जान्दैनन्? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई खान्छन्; तिनीहरूले याहवेहलाई कहिल्यै पुकार्दैनन्।
5 Ein Schrecken hatte auf der Stelle sie gepackt; denn Gott war beim Geschlecht der Frommen. -
तर त्यहाँ तिनीहरू डरले काम्छन्; किनकि धर्मीहरूको समूहमा परमेश्‍वर उपस्थित हुनुहुन्छ।
6 Ihr werdet Ehrfurcht haben vor der Elenden Gemeinde; denn ihre Zuflucht ist der Herr. -
तिमी दुष्‍ट काम गर्नेहरूले गरिबका योजनाहरूलाई विफल पार्छौ; तर याहवेह नै तिनीहरूका शरणस्थान हुनुहुन्छ।
7 Von Sion komme Heil für Israel! Ach, wendete der Herr doch seinem Volke das Geschick! Dann würde Jakob fröhlich sein und Israel frohlocken. -
अहो, इस्राएलको मुक्ति सियोनबाट आएको भए त कति असल हुनेथियो! जब याहवेहले आफ्नो मानिसहरूको सुदिन फर्काइदिनुहुन्छ, तब याकोब रमाओस्, र इस्राएल आनन्दित होस्।

< Psalm 14 >